Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

बिरामी जाँच्दै छन् लाइसेन्स परीक्षामा फेल भएकाहरू

\"\"काठमाडाैं । मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनैपर्ने नियम छ । तर, पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई ‘प्राक्टिस गर्ने’ स्वदेशी डाक्टरहरूको संख्या भने बढो छ । बिरामी सुरक्षाको हिसाबले यो संवेदनशील मुद्दा भए पनि हालसम्म यसबारे खासै निगरानी गरिएको छैन । आजको कान्तिपुरमा खबर छ-चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएस पास गरेकाले पनि लाइसेन्स परीक्षा पास गरेपछि मात्र डाक्टरी पेसा सञ्चालन गर्नयोग्य मानिन्छन् । लाइसेन्स नलिएका चिकित्सकले उपचार गरेका बिरामीको ज्यान गएमा डाक्टरमाथि ज्यान मार्ने मुद्दा चल्न सक्छ । मेडिकल काउन्सिल स्रोतका अनुसार लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये धेरैजसोले चिकित्सकीय अभ्यास जारी राखेका छन् । तर, उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन । ‘लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये अधिकांशले बिरामी जाँचिरहेका छन्,’ काउन्सिलका एक पूर्वसदस्यले भने, ‘यो निकै संवेदनशील कुरा हो तर यसमा खासै निगरानी र कारबाही हुन सकेको देखिँदैन ।’ ‘काउन्सिलको लाइसेन्स परीक्षा पास नगरी चिकित्सा अभ्यास गर्नु गैरकानुनी हो, यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा..मुक्तिराम श्रेष्ठ भन्छन्, ‘यस्ता चिकित्सकबारे उजुरी आयो भने खोजबिन गरी कारबाही हुन्छ । अनुगमन एकाइको अभावले उनीहरूले काम गरिरहेका छन् ।’ हालसम्म यसबारे कुनै ठोस अनुसन्धान नगरिए पनि लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये करिब ८० प्रतिशतले बिरामीको परीक्षण गरेर उपचार गरिरहेको आँकलन काउन्सिलका एक पूर्वपदाधिकारीको छ । पटक–पटक लिइने लाइसेन्स परीक्षामा फेल हुनेहरूको संख्या बर्सेनि बढदो छ । करिब दुई महिनाअघि लिइएको पछिल्लो लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ६२ प्रतिशत डाक्टर फेल भएका थिए । लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार २ सय २ जना सरिक भएकामा ४ सय ६१ जना मात्र पास भएका थिए । यो परीक्षामा ७ सय ४१ जना डाक्टर फेल भएका थिए । दन्त विज्ञानमा स्नातक अर्थात् बीडीएस गर्ने ८५ जना डाक्टर परीक्षामा सहभागी भए पनि ४३ जना पास र ४२ जना फेल भए । अर्थात् ४९ प्रतिशत फेल भएका थिए । यो परीक्षामा नेपालकै मेडिकल कलेजमा एमबीबीएस गरेका ६ सय ८३ जना सरिक भएकामा ४ सय ३ जना मात्र पास भएका थिए । ‘कुनै केस तल–माथि भयो भने मात्र लाइसेन्स खोजिने चलनले अनुत्तीर्ण डाक्टरहरूले समेत आफ्नो प्राक्टिस जारी राखेका छन्,’ काउन्सिलका अर्का एक पदाधिकारीले भने । ‘यदि कसैले लाइसेन्स परीक्षा पास नगरेर प्राक्टिस गर्छ भने हाम्रो रजिस्टरमा नचढुन्जेलसम्म जतिसुकै ठूलो डिग्री ल्याए पनि त्यो डाक्टर होइन । त्यस्तो व्यक्तिले लेख्ने पुर्जा (प्रेसकिप्सन) गैरकानुनी हुन्छ,’ काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बास्कोटाले कान्तिपुरसँग भने । यस्तो प्राक्टिस गर्ने व्यक्तिलाई ३ वर्ष जेल, ३ हजार रुपैयाँ जरिवाना वा दुवै सजायसमेत हुन सक्ने प्रावधान छ । लाइसेन्स नलिएकाहरूले चिकित्सा अभ्यास गरिरहेको सूचना कतैबाट पाइए काउन्सिल एक्सनमा जाने पनि उनले बताए । डाक्टरहरूलाई इन्टर्नसिप गरुन्जेल प्रोभिजनल (अस्थायी) दर्ता गरिएको हुन्छ । अस्थायी दर्ता भनेको अन्डर सुपरभिजन (कुनै विज्ञको देखरेखमा गर्ने गरी) हुन्छ । यस्ता व्यक्तिले पुर्जा लेखेपछि आफनो प्रोफेसर, शिक्षकलाई देखाउनुपर्छ । मुलुकमा दर्ता नभएर चिकित्सकीय अभ्यास गरिरहेको व्यक्तिको एमबीबीएस वा अन्य कुनै सक्कली डिग्री भए पनि त्यो नक्कली चिकित्सक नै मानिने उनी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending