Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

‘सामूहिक बलात्कार’ प्रहरीद्वारा गुपचुप

\"\"काठमाडौं । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो । अाजको कान्तिपुरमा खबर छ-स्रोतका अनुसार राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए । शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ड्राइभरलाई आग्रह गरेकी थिइन् ।
  • केटा साथीसँग होटलमा बसेकी युवती उनकै ३ साथीबाट ‘बलात्कृत’ भएको घटनाको उजुरी नलिई दरबारमार्ग प्रहरीले ‘लेनदेन गरेको’ आशंका

ट्याक्सीका चालकले युवतीको अनुरोधपछि उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुर्‍याइदिएका थिए । ‘मलाई केटाहरुले ५ सय रुपैयाँ थमाई ठेगाना दिएर पुऱ्याइदिनू भने । ट्याक्सीमा बसेपछि ती युवती रुन–कराउन थालिन्,’ टेलिफोन सम्पर्कमा आएका ती चालकले कान्तिपुरसँग भने, ‘उनले नजिकैको प्रहरी कार्यालयमा पुर्‍याइदिन अनुरोध गरिन् । उनी आत्तिएकी थिइन् । भक्कानिँदै रोएपछि मैले प्रहरी चौकीमा छाडिदिएँ । त्यसपछि के भयो, मलाई थाहा भएन ।’
स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेपछि युवतीले प्रहरीसामु आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । घटना सुनेलगत्तै कमलपोखरी वृत्तका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्‍याए । स्रोतका अनुसार दरबारमार्ग वृत्तका प्रहरीले शुक्रबार बिहान होटलसम्म पुगेर घटनास्थलको अवलोकन गरेका थिए । युवतीसहित बसेको कोठामा मदिराका बोतल थिए ।
कान्तिपुरको सम्पर्कमा आएकी युवतीले आफू पुराना कुरा सम्झिन नचाहने र ठूलो मानसिक तनाबमा रहेको बताइन् । उनले यति मात्रै भनिन्, ‘मैले दिएको लिखित निवेदन दर्ता भएन ।’ कमलपोखरी वृत्तका एक प्रहरीका अनुसार प्रहरी टोली होटल पुग्दा चारै जना केटा त्यहाँ थिएनन् । प्रहरीले ४ मध्ये चक्रपथ क्षेत्रमा बस्ने २ जनाको नाम पहिचान गरेको थियो भने १ जना मंगोलियन अनुहार र झट्ट हेर्दा प्रहरीजस्तै हुलियाको रहेको भन्ने सूचना मात्रै पाएको थियो ।
घटनाको ४ दिनपछि सोमबार मात्रै प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे जानकारी पाएको थियो । उच्च स्रोतका अनुसार बालाजु प्रहरी वृत्तमा दरबन्दी भई दरबारमार्ग वृत्तमा काम गरिरहेका लक्ष्मणसिंह ठकुरी उक्त घटनालाई दर्ता गर्नभन्दा ‘मिलाउन’ तिर लागेका हुन् । स्रोतका अनुसार घटना सार्वजनिक भए सामाजिक अवगाल आइपर्ने र मुद्दामामिलाको झन्झट ब्यहोर्नुपर्ने भन्दै मोटो रकमको आश्वासन दिइएको थियो । युवतीलाई २० लाख रुपैयाँ बराबरको पसल खोलिदिने र ३० लाख नगदै दिने सर्तमा कुरा थामथुम पारिएको थियो । त्यसमा प्रहरीलाई पनि ‘राम्रै लाभ हुने’ सहमति भएको स्रोतले बतायो ।
स्रोतका अनुसार उच्च शक्तिकेन्द्रको पारिवारिक सदस्य रहेका एक युवकको पहुँचका भरमा दरबारमार्ग वृत्तले घटना गुपचुप राखेको थियो । घटनाबारे वृत्तले तालुकदार निकाय प्रहरी परिसरलाई कुनै जानकारी दिएको थिएन । वृत्तका डिएसपी तिलक भारतीले त्यस्तो कुनै घटनाबारे आफूहरुकहाँ कुनै उजुरी नपरेको बताए । कान्तिपुरसँग उनले आफू ३ दिनदेखि बिदामा रहेको बताए । उनका अनुसार घटनाको कुरा सुनेपछि प्रहरी होटलसम्म गएको हो । तर उक्त घटनाबारे युवतीले कुनै लिखित उजुरी दिइनन् । उनले भने, ‘खै के भयो थाहा भएन । उनीहरु आफैं–आफैं मिले होलान् । कसरी मिले भन्ने पनि थाहा भएन ।’
उनले युवती दरबारमार्ग वृत्तसम्मै नआएको समेत दाबी गरे । तर कमलपोखरी वृत्तका एक प्रहरीका अनुसार युवतीलाई प्रहरीले नै दरबारमार्ग वृत्तको जिम्मा लगाएर फर्केको थियो । डिएसपी भारतीले यो घटनाबारे प्रहरी परिसर, काठमाडौंले छानबिन सुरु गरेकोबारे पनि आफूलाई थाहा नभएको बताए ।
मिलेमतोको यो घटना थामथुम पारिएको र पैसाको चलखेल भएको भन्ने सूचनाका आधारमा प्रहरी परिसर, काठमाडौंले अनुसन्धान समिति गठन गरेको हो । घटनामा दरबारमार्ग वृत्तको शंकास्पद भूमिका देखिएको भन्दै एसपी जोशीको नेतृत्वमा गठित समितिमा डिएसपीत्रय बेलबहादुर पाण्डे, शिखर खनाल र बसन्त रजौरे तथा इन्स्पेक्टर अनिल अधिकारी सदस्य छन् । परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले घटना गम्भीर प्रकृतिको रहेकाले गम्भिर रुपले छानबिन थालिएको बताए । उनले भने, ‘घटना किन गुपचुप राखियो र यसका पछाडि के रहस्य थियो भनेर अनुसन्धानपछि विस्तृतमा थाहा लाग्नेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending