Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

यसरी सिकेका थिए सन्दीपले क्रिकेट

\"\"काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्‍याएको हो । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्का सोमबार चितवन क्रिकेट एकेडेमीमा । सन्दीप लामिछानेको ‘फेयरी टेल’ यात्राले खड्काको प्रशिक्षक–छवि पनि चर्चामा छ । अाजको कान्तिपुरका खबर छ-खड्कासँग तीन वर्ष एकेडेमीमा प्रशिक्षण लिएका सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा पुगेका छन् । जब सन्दीप भारतबाट आएर नवलपरासीको रजहरमा बसेका थिए, उनले चितवनको क्याम्पाचौरमा एउटा एकेडेमी भएको र त्यसमा मैले प्रशिक्षण दिन्छु भन्ने थाहा पाएर सीधै भेट्न आए । आउनेबित्तिकै सीधै मेरो खुट्टा छोए । म एकछिन अकमक्क परें । मैले प्रशिक्षण दिएको खेलाडी त होइन, को हो भनेर प्रश्न गरें । उनले मलाई गुरु मानिसकेका थिए सायद । उनको व्यवहार र अनुशासन देखेर अचम्म परें । खेलाडीमा हुनुपर्ने तीन गुण समर्पण, मिहिनेत र अनुशासन पहिलो भेटमै देखाएका थिए, जसले मेरो मनमा छोयो । उनले सोधे ‘मैले यहाँ अभ्यास गर्न के गर्नुपर्छ ?’ भनेर । अर्को दिनदेखि उनी निरन्तर अभ्यासमा आए । उनले फालेको पहिलो बल टर्न भएको देख्दा लुकेको प्रतिभा भेटेजस्तो महसुस गरें मैले । यो खेलाडीमा केही न केही त छ भन्ने लाग्यो । ‘ग्रुम’ गर्न सक्यो भने के थाहा मैले, जिल्लाले मात्र नभई देशले नै एउटा राम्रो खेलाडी पाउँछ भन्ने मलाई त्यति नै बेला लाग्यो । त्यसपछि उनका लागि निकै मिहिनेत गरें । जतिखेर उनी आएका थिए, त्यत्तिखेर उनको स्लो स्पिन थियो । ‘अलिकति बलिङ स्पिड बढायौ भने नेपालको कुनै पनि ब्याट्सम्यानलाई ट्रयापमा पार्न सक्छौं, किनभने नेपाली ब्याट्सम्यानको स्तर अहिले राम्रो छ’ भनें मैले । उनले त्यसपछि थप मिहिनेत गरे । मैले ब्याटिङ गरेर उनलाई बलिङ गर्न लगाएँ । २५ वटा जति बलमा मैले ८/९ वटा छक्का प्रहार गरेको थिएँ । उनलाई महसुस गराउन खोजेको थिएँ कि, यो स्थितिमा यस्तो बलले गाह्रो हुन्छ भनेर । एकेडेमीमा अन्य खेलाडीको तुलनामा उनको स्तर माथि नै थियो । तर पनि माथिल्लो स्तरमा यतिले मात्र पुग्दैन भनेर उनलाई महसुस गराएँ । पछि उनले मिहिनेत मात्र गरेनन्, बलिङमा गति बढाएर विविधता ल्याए । त्यसैको प्रतिफल उनी आज आईपीएल खेल्न सफल भएका छन् । उनी यहाँ आउँदै प्रतिभा लिएर आएका थिए । उनले पहिलो बलमै त्यो खुबी देखाएका थिए । सन्दीप फर्किएर आएपछि फेरि उनको बलिङमा ब्याटिङ गर्ने मेरो धोको छ । त्यसपछि म कतिको ट्रयापमा पर्छु, अनि मलाई थाहा हुन्छ उनको बलिङ सुधारिएको छ भनेर । नयाँ खेलाडीलाई सन्दीपको आईपीएल यात्राले धेरै प्रभाव पार्नेछ । धेरै स्कुलले सन्दीपको प्रशिक्षक भन्दै ‘हाम्रा विद्यार्थीलाई सिकाइदिनुपर्‍यो’ भनेर आग्रह गरिरहेका छन् । सन्दीपसँगै यहाँ एकेडेमीमा खेलेका खेलाडीले के बुझेका छन् भने भाग्यका साथै मिहिनेत पनि चाहिन्छ भनेर । आईपीएल नै मात्र नभई नेपालको टिमसम्म पुग्न पनि यो आवश्यक छ । अस्ट्रेलिया खेल्न जाँदा उनले मसँग केही टिप्स चाहियो भनेर मागेका थिए । मैले तिमीसँग माइकल क्लार्क जस्तो खेलाडी छन् भनेर जिस्काएको थिएँ । मैले एउटा कन्डिसन र अर्को स्थिति हेर्नु भनेको थिएँ । मैले यो बल, यस्तो बल, गुगली फाल भनेर भन्न जरुरी थिएन किनेभने उनीसँग पहिल्यै प्रतिभा थियो । कन्डिसन फरक भन्नाले क्लाइमेट हेर्नु, स्थिति भन्नाले त्यहाँको ब्याट्सम्यानहरूको उचाइ हेर्नु । उनीहरू ६ फिट माथि छन् भने तिमीले नेपालमा जस्तो गुड लेन्थ फाल्दा ओभर पिच हुन सक्छ त्यो हेर्नु भनेको थिएँ । त्यसपछिको खेलमा २/३ विकेट लिएपछि उनले अस्ट्रेलियाबाटै फोन गरेर मलाई धन्यवाद दिएका थिए । उनी सम्पर्कमा रहिरहन्छन् । काठमाडौंबाट फर्किनेबित्तिकै समय मिल्यो भने यहाँ क्याम्पाचौरमा आएर प्रशिक्षण गरेर मात्र घर जान्छन् । उनमा क्रिकेट खेल र आफ्नो टिमप्रति लगाब छ । आईपीएल उनका लागि ट्रायल जस्तै हो । उनले धेरै सिक्ने अवसर पाउँछन् । त्यसले उनको सपना अस्ट्रेलियाको बिग बाससम्म पनि पुर्‍याउन सक्छ । जब सन्दीप आईपीएलमा परेको समाचार सुनें, आश्चार्य लागेको थियो । एकछिन अन्योलमै परें । सामाजिक सञ्जालमा खबर भाइरल भइरहँदा कतै सपना नै देखें कि जस्तो पनि लाग्यो । उनी यति चाँडै आईपीएल जस्तो प्रतियोगितामा छानिन्छन् भनेर मैले चिताएको थिइनँ । वास्तवमा टेस्ट नखेल्ने राष्ट्रका खेलाडीलाई खासै मौका पनि आउँदैन । अफगानिस्तान र आयरल्यान्डजस्ता राष्ट्रको दाँजोमा नेपालले एसोसिएट राष्ट्रमा त्यत्ति उपलब्धि पाइरहेको पनि छैन । उनको क्षमता हेर्दा नेपाली टिममा राम्रो खेलाडीका रूपमा उदाउँछन् भन्ने सुरुमै लागे पनि आईपीएलमा छनोट हुँदा चकित नै बनें । हाम्रो स्तर हेर्दा हामीले आईपीएलमा पुग्न अझै १०/१५ वर्ष कुर्नुपर्ला जस्तो लागेको थियो । हामी अहिले विश्वकप र एकदिवसीय मान्यताका लागि संघर्ष गरिरहेका छौं । त्यसैले भोलिका दिनमा राम्रो गरेमा हाम्रा खेलाडी आईपीएलमा पुग्न सक्छन् भन्ने ठाने पनि यति चाँडो नेपाली खेलाडीलाई यो सफलता हात पर्छ भन्ने मैले ठानेको थिइनँ  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies