Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

राष्ट्रिय सभा निर्वाचन: कुन प्रदेशमा कुन दलको कति मत ?

\"\"काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते तय गरिएको राष्ट्रिय सभाको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा ७५३ स्थानीय तहका १५०६ र प्रदेश सभा सदस्य ५५० गरी २०५६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। जसमा महिला मतदाता ९०७ र पुरुष मतदाता ११४९ रहेका छन् । अाजको अन्नपूर्णमा खबर छ-आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष मतदाता रहेका छन् भने प्रदेश सभामा १८९ महिला र ३६१ पुरुष मतदाता छन् । सातवटै प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक, कम्तिमा ३ महिलासहित ८ जनाको दरले ५६ जना राष्ट्रिय सभा सदस्य चुनिनेछन् । १/१ दलित र अल्पसंख्य वा अपांगता भएका गरी १४ जनाको बहुमतीय प्रणालीबाट निर्वाचन हुनेछ भने ३ महिला र ३ खुलाको गरी जम्मा ४२ जना एकल संक्रमणीय प्रणालीको आधारमा निर्वाचित हुनेछन् । मन्त्रिपरिषदको सिफारिसमा कम्तिमा १ महिलासहित ३ जना राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष वा प्रमुख/उपप्रमुख तथा प्रदेश सभा सदस्य राष्ट्रियसभा निर्वाचनमा मतदाता हुनेछन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ भने प्रदेश सभा सदस्यको मतभार ४८ छ । प्रत्येक प्रदेशको मतसंख्या र मतभार फरक फरक हुनेछ । स्थानीय तहमा १५०६ मतदाताको २७१०८ मतभार हुन्छ । प्रदेश सभाको ५५० मतदाताको २६४०० मतभार रहेको छ । राष्ट्रिय सभा निर्वाचनको कुल ५३५०८ मतभार हुन्छ ।
प्रदेश १  नेकपा एमाले-१५४ नेपाली कांग्रेस-८९ नेकपा माअोवादी केन्द्र-१६ संघीय फोरम-४ अन्य-११
प्रदेश १ का १३७ स्थानीय तहका २७४ र प्रदेश सभा सदस्य ९३ गरी ३६७ मतदाता हुनेछन् । प्रदेश १ मा स्थानीय तहको ४९३२ र प्रदेश सभाको ४४६४ गरी ९३९६ मतभार हुनेछ । प्रदेश २ नेकपा एमाले-३७ नेपाली कांग्रेस-७५ नेकपा माअोवादी केन्द्र-४५ संघीय फोरम-५१ राजपा-५५ अन्य-९ प्रदेश २ मा १३६ स्थानीय तह छन् । जसमा स्थानीय तहबाट २७२ र प्रदेश सभाबाट १०७ गरी ३७९ मतदाता हुनेछन् । प्रदेश २ मा स्थानीय तहको मतभार ४८९६ छ भने प्रदेश सभा सदस्यको मतभार ५१३६ रहेको छ । प्रदेश २ को कुल मतभार १००३२ हुनेछ । प्रदेश २ मा सबैभन्दा बढी मतभार छ । प्रदेश ३ नेकपा एमाले-१३३ नेपाली कांग्रेस-६७ नेकपा माअोवादी केन्द्र-३३ ११९ स्थानिय तह रहेको प्रदेश ३ मा ११० प्रदेश सभा सदस्य छन् । यो प्रदेशमा स्थानीय तहको २३८ र प्रदेश सभाको ११० गरी ३४८ मतदाता रहेका छन् । स्थानीय तहमा ४२८४ र प्रदेश सभा सदस्यमा ५२८० गरी ९५६४ मतभार रहेको छ । प्रदेश ४ नेकपा एमाले-७० नेपाली कांग्रेस-८१ नेकपा माअोवादी केन्द्र-१२ अन्य-७ प्रदेश ४ मा ५ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको १७० र प्रदेश सभाको ६० गरी २३० मतदाता रहेका छन्। स्थानीय तहको ३०६० र प्रदेश सभातर्फ २८० गरी ५९४० मतभार रहेको छ । प्रदेश ५ नेकपा एमाले-९० नेपाली कांग्रेस-६४ नेकपा माअोवादी केन्द्र-४१ संघीय फोरम-११ अन्य-१२ प्रदेश ५ मा १०९ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहका २१८ र प्रदेश सभाका ८७ गरी ३०५ मतदाता रहेका छन्। जसमा स्थानीय तहको ३९२४ र प्रदेश सभाको ४१७६ गरी ८१०० मतभार हुनेछ । प्रदेश ६ नेकपा एमाले-५८ नेपाली कांग्रेस-४१ नेकपा माअोवादी केन्द्र-५१ प्रदेश ६ मा स्थानीय तहको १५८ र प्रदेश सभा ४० गरी १९८ मतदाता रहेका छन् । प्रदेश ६ मा ७९ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको २८४४ र प्रदेश सभाको १९२० गरी ४७६४ मतभार रहेको छ । प्रदेश ७ नेकपा एमाले-८३ नेपाली कांग्रेस-७२ नेकपा माअोवादी केन्द्र-१९ अन्य-२ प्रदेश ७ मा ८८ वटा स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको १७६ र प्रदेश सभाका ५३ गरी २२९ मतदाता रहेका छन् । प्रदेश ७ मा स्थानीय तहको ३१६ र प्रदेश सभाको २५४४ गरी ५७१२ मतभार रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending