पुनर्निर्माण प्राधिकरणको प्रश्नः जग समेत नहाल्नेलाई दोस्रो किस्ता कसरी दिने ?
पौष २९ गते, २०७४ शनिवार 13th January, 2018 Sat०८:३८:३२ मा प्रकाशित
[caption id=\"attachment_105638\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption]
काठमाडाैं । निजी आवास निर्माणका लागि पहिलो किस्ता लिएका तर यो महिनाको अन्त्यसम्म दोस्रो किस्ता लिनका लागि प्रकृयामा नआएका भूकम्प पीडितलाई थप समय नदिइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । गत वर्षको पुस मसान्तसम्ममा पहिलो किस्ता लिएकाहरुलाई यो वर्षको पुसभित्र अन्तिमसम्म दोस्रो किस्ता लिनका लागि प्रकृयामा आउन समयसीमा तोकिएको थियो ।
त्यस अवधिमा दोस्रो किस्ताको माग गर्नुपर्ने करिब साढे ४ लाख पीडित परिवारमध्ये हालसम्म आधाजति पनि प्रकृयामा नआएको बताइएको छ ।
प्राधिकरणको दुई वर्ष ‘निराशाजनक’
भूकम्प पछिको तेस्रो वर्षको हिउँदसम्म पनि भूकम्प पीडितमध्ये सरकारी अनुदानबाट र सरकारबाट एकमुष्ट अनुदान लिनेगरी आफ्नो घर बनाइ सकेकाहरुको संख्या १ लाख पनि पुगेको छैन । २ लाखको हाराहारीमा घरहरु बन्दै गरेको तथ्याङक पुनर्निर्माण प्राधिकरणसँग छ ।
तर पहिलो किस्ता लिएका र दोस्रो किस्ता लिनका लागि पुस मसान्तसम्मको समय सीमा तोकिएका साढे चार लाख पीडितमध्ये १ लाख ८३ हजारले मात्रै दोस्रो किस्ता लिन आवेदन दिएको प्राधिकरणले जनाएको छ । अब उनीहरुलाई दोस्रो किस्ता लिन समय थप नगर्ने मनस्थितिमा आफूहरु पुगेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।
\'किन चुप ?\'
भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता भीष्म भुसालले भने, \"पैसा लिएर गएर १ वर्षसम्म जगसम्म पनि नहाल्ने परिवारका लागि सरकारले कुरेर बस्ने भन्ने हुँदैन । सरकारले पैसा र प्राविधिक सहयोग गर्दा पनि कोही १ वर्षसम्म चुप लाग्छ भने उसलाई घर आवश्यक छैन भनेर बुझ्नुपर्ने हुन्छ ।\"
पीडित मध्ये कसैले सरकारले उपलब्ध गराउनुपर्ने प्राविधिक लगायतका सुविधा नपाएका कारण काम अगाडी बढाउन नसकेको पुष्टि गरेमा भने प्रकृयामा ल्याउन सकिने बताइएको छ ।
तर त्यसबारेमा थप निर्णय भने पहिले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले गर्ने छ । सहायक प्रवक्ता भुसालले असार मसान्तसम्म पहिलो किस्ता लिएकाहरुका लागि भने दोस्रो किस्ता लिने समय अझै रहेको बताए ।
उनले भने, \"गएको असार मसान्तभित्र पहिलो किस्ता लिएकाले पनि चैत मसान्तसम्म घरको जग बसालेर दोस्रो किस्ताको दाबी गरिसक्नु पर्ने हुन्छ ।\" लाभग्राहीको सूचीमा रहेका मध्ये झन्डै १ लाख मानिसहरु पहिलो किस्ताको रकमका लागि गरिनुपर्ने सम्झौता नै गर्न आएका थिएनन् ।
दोस्रो किस्ता वितरणपछि पीडित परिवारको संख्या अझै घट्ने बताइएको छ । प्राधिकरणले शुरुमा झन्डै पौने आठलाख परिवारलाई लाभग्राहीको सूचीमा राखेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: