Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

हतियार प्रदर्शन गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

खबरडबली संवाददाता

काठमाडाैं ।  सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उनीहरू राइफल, पेस्तोल र खुकुरीजस्तो देखिने सामग्री बोकेर खुला रूपमा आवतजावत गरिरहेको देखिएपछि सम्भावित आपराधिक जोखिमको आसंकामा निगरानी बढाइएको थियो । शनिबार राति आसपासका क्षेत्रको सीसीटीभी दृश्य विश्लेषण गरेपछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।

नियन्त्रणमा लिइएका व्यक्तिहरू बागमती प्रदेश ०२-०१२ प ५८५२ नम्बरको एफजेट मोटरसाइकल प्रयोग गरिरहेका थिए। पक्राउ परेकामध्ये किरण घिमिरेविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइने ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

अर्का एक जना १५ वर्ष उमेरका किशोर रहेकाले आवश्यक सोधपुछपछि अभिभावकको जिम्मामा बुझाइएको प्रहरीले जनाएको छ।  प्रहरीले उनीहरूको साथबाट नक्कली थ्री नट थ्री राइफल, दुई थान नक्कली कटुवा पेस्तोल र एक थान नक्कली खुकुरी बरामद गरेको छ । सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने खालका गतिविधिप्रति निगरानी र कारबाही निरन्तर रहने प्रहरीको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: