काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘फेक रेस्क्यू’ मार्फत बीमा रकम असुली गर्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।
सीआईबीका प्रमुख तथा एआईजी मनोज केसीका अनुसार, अदालतबाट पक्राउ अनुमति लिएर जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई आजै नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
तीन कम्पनी, सयौँ ‘रेस्क्यू’, करोडौँ डलरको दाबी
अनुसन्धानअनुसार जयराम रिमाल र विवेक पाण्डे ‘माउन्टेन रेस्क्यू सर्भिस प्रालि’ का सञ्चालक हुन्। उक्त कम्पनीले १,२४८ जनाको उद्धार गरेको देखाउँदै त्यसमध्ये १७१ जनाको ‘फेक रेस्क्यू’ गरेको पाइएको सीआईबीले जनाएको छ। यसमार्फत कम्पनीले १ करोड अमेरिकी डलरभन्दा बढी बीमा दाबी गरेको खुलासा भएको छ।
त्यसैगरी, ‘नेपाल चार्टर सर्भिस प्रालि’ का रविन्द्र अधिकारी र विवेकराज थपलियाले ४७१ वटा उद्धारमध्ये ७५ वटा फेक रेस्क्यू गरेको पाइएको छ। उनीहरूले यसबापत ८२ लाख अमेरिकी डलर बराबरको बीमा रकम दाबी गरेको अनुसन्धानमा खुलेको छ।
तेस्रो कम्पनी ‘एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालि’ का मुक्ति पाण्डे र सुभाष केसीले ६०१ जनाको उद्धार देखाए पनि ७१ वटा रेस्क्यू शंकास्पद रहेको सीआईबीको निष्कर्ष छ। उनीहरूले ११ लाख ५३ हजार अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ।
पर्यटन क्षेत्रमै प्रश्न
सीआईबीका अनुसार यी फेक रेस्क्यू घटनाले नेपालकै पर्यटन छवि र अन्तर्राष्ट्रिय बीमा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। साहसिक पर्यटनमा विश्वभर चिनिएको नेपालमा उद्धार प्रक्रियाको दुरुपयोग गर्दै संगठित रूपमा ठगी गरिएको देखिनु चिन्ताजनक भएको अनुसन्धान अधिकारीहरू बताउँछन्।
पक्राउ परेकामाथि थप कागजात, बीमा कम्पनीसँगको कारोबार, हेलिकप्टर उडान विवरण र पर्यटक विवरणका आधारमा अनुसन्धान तीव्र बनाइएको सीआईबीले जनाएको छ। अनुसन्धानको दायरामा अन्य व्यक्ति र कम्पनी पनि तानिन सक्ने संकेत गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: