पश्चिम नवलपरासी। नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योजनाका साथ जनताको घरदैलोमा पुगेको छन् । यसअघि बागलुङबाट पटक–पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति जनाएका पौडेल यसपटक पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं। २ बाट चुनावी मैदानमा उत्रिएको हो ।
फेरिएको कार्यक्षेत्र, उही विकासको सङ्कल्प
लामो समय बागलुङको राजनीतिमा सक्रिय पौडेलले यसपटक पश्चिम नवलपरासीलाई आफ्नो राजनीतिक र सामाजिक कर्मथलो बनाउने निर्णय गरेको छन् । उनले विगत १५ वर्षदेखि सुनवल नगरपालिकाको वडा न।११, जर्गाहमा आफ्नै कृषि फार्म सञ्चालन गर्दै आएको छन् । केवल राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै कृषि क्रान्तिको वकालत गर्ने पौडेल अब यसै जिल्लामा बसोबास गरी स्थानीयवासीसँगै सुख–दु:खमा साथ रहने योजनामा छन्। १० वर्षे जनयुद्धमा समेत यस अवधक्षेत्रको इन्चार्जको रुपमा रहेर जिम्मेवारी लिएका पौडेल नवलपरासी पश्चिमको चुनावी भूगोलका लागि स्पष्ट जानकार छन्।
शिक्षा क्षेत्रमा पुर्याएको योगदान
पौडेल शिक्षामन्त्री हुँदा देशैभरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा काम गरे। विशेषगरी पश्चिम नवलपरासी क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरूको भवन निर्माण, प्रयोगशाला र प्रविधिमैत्री शिक्षाका लागि उनले पुर्याएको योगदानलाई स्थानीय स्तरमा निकै महत्त्वका साथ हेरिएको छ । सोही अनुभवलाई उनले अहिले आफ्नो चुनावी पुँजीको रूपमा समेत अघि सारेको छन् ।
मुख्य चुनावी एजेण्डा: भौतिक पूर्वाधार र समृद्धि
यस पटकको निर्वाचनमा पौडेलले “फरक शैली र नयाँ सोच’’ लाई प्राथमिकता दिएको छन् । उनका मुख्य एजेण्डाहरूमा भौतिक पूर्वाधार: जिल्लाका सडक, ढल, र सिँचाइ आयोजनाहरूको गुरुयोजना बनाई कार्यान्वयन गर्ने, कृषि आधुनिकीकरण: जगार्हमा सञ्चालित आफ्नै मोडेलको कृषि फार्म जस्तै देशभर व्यावसायिक कृषिलाई प्रोत्साहन गर्ने, शिक्षा र स्वास्थ्य: सामुदायिक विद्यालयहरूको स्तरोन्नति र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने र स्थानीय रोजगारी: उद्योग र कृषिलाई जोडेर स्थानीय युवाहरूलाई जिल्लामै स्वरोजगार बनाउने रहेका छन् ।
जनअनुमोदित हुने विश्वास
“राजनीति केवल पदका लागि होइन, जनताको जीवनस्तर बदल्नका लागि हुनुपर्छ । म नवलपरासीको माटोमा पसिना बगाइरहेको छु र यहीँको विकासका लागि समर्पित हुनेछु ।’’ देवेन्द्र पौडेलको भनाइ छ ।
नयाँ निर्वाचन क्षेत्र भए तापनि लामो समयदेखि यसै क्षेत्रमा कृषि कर्ममार्फत स्थानीयसँग जोडिनुभएकाले पौडेल आफूलाई ‘पाहुना उम्मेदवार’ नभई ‘घरदैलोको साथी’ का रूपमा प्रस्तुत गरिरहेको छन्। राष्ट्रिय राजनीतिमा स्थापित व्यक्तित्व र विकासप्रेमी नेताको छवि भएका कारण उनी यसपटक नवलपरासी–२ का जनताबाट अनुमोदित हुनेमा विश्वस्त देखिन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १३:१७
काठमाडौँ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन्। उनी त्यहाँ विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने ...
माघ १२ गते, २०८२ - १३:०९
भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपाल...
माघ १२ गते, २०८२ - १२:३०
काठमाडौँ । नेकपा एमालेले आफ्ना पार्टी सदस्यहरूलाई आगामी निर्वाचनमा सक्रिय हुन अपिल गर्दै पत्र पठाएको छ। पत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ र ...
माघ १२ गते, २०८२ - १२:१६
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य चयनका लागि मतदान देशभरका प्रदेश सदरमुकाममा जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशका रा...
माघ १२ गते, २०८२ - १२:०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ अभियोग हटाउने महान्यायाध...
माघ १२ गते, २०८२ - ११:५१
काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा १२८ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहमा प्रमुख–अध्यक्ष तथा उपप्रम...
माघ १२ गते, २०८२ - ११:२६
पश्चिम नवलपरासी। नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योज...
माघ १२ गते, २०८२ - ११:१०
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्या...
माघ १२ गते, २०८२ - ११:००
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा...
माघ १२ गते, २०८२ - १०:४७
काठमाडौँ। राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान जारी छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बज...




प्रतिकृया लेख्नुहोस्: