Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका

\"\"चितवन । चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । दुई वर्षको हुँदा उनलाई आगोले पोलेको हो । जाडोबाट जोगिन अँगेनाछेउमा सुत्दा खुइली पोलिएकी हुन् । आगोले पोलेपछि कपाल डढेको थियो । टाउको खुइलो भएका कारण उनको नाम नै खुइली रह्यो । दाहिने हातको औंलाले खासै काम गर्दैन, देब्रे हातको कुमदेखि पाखुरासम्म पोलेको छ । ‘आगोछेउ सुत्दा राति अँगेनामा परी’, श्यामले भने, ‘लुगा ओढ्न नपाउँदा जाडो छल्न अगेनामा सुत्नुपर्छ ।’ आगोले पोलेपछि पनि खुइलीले उपचार पाइनन् । श्यामले बाख्राको बड्कौला पिनेर लगाए । अाजको अन्नपूर्णमा खबर छ-थाप्राङकै विष्णु चेपाङले आफ्नो छोराको नाम गौखुट्टे राखेका छन् । आगोले पोलेर खुट्टामा असर गरेपछि गाईको जस्तो खुट्टा भएकाले ‘गौखुट्टे’ नाम राखेको विष्णुले बताए । आफ्नो बुवाको घरमा गफ गरेर बस्दा गौखुट्टे अँगेनामा परेका हुन् । उनको दुवै खुट्टाको पैतला डढेको छ । आगोको छेवैमा भएको छोरा पोलिँदा सँगै रहेकी आमा निदाएकीले थाहा पाइनन् । छोरो चिच्याएपछि विष्णुले तानेर जोगाए । ‘म अलि टाढा भएको भए कोइला बन्थ्यो होला’, उनले भने । एक महिना भरतपुर अस्पतालमा उपचार गराएपछि ठीक भयो तर शरीरका विभिन्न भागमा आगोले पोलेको डाम बाँकी नै छ । जन्मेको केही महिनामै आगोले पोलेपछि उनको पिसाब नै बन्द भएको थियो । शरीरका विभिन्न भाग पोलिएको छ । ‘खुट्टा राम्रो भए त राम्रै नाम राख्न हुन्थ्यो नि’, विष्णुले भने, ‘यसको भाग्य नै यस्तै रै’छ के भन्नु ? ’
जाडोबाट जोगिनका लागि अँगेनाछेउमा सुत्दा चार महिनादेखि पाँच वर्षसम्मका बालबालिका आगोको जोखिममा पर्ने गरेका छन् ।
चेपाङ बालबालिका जाडो छल्न अँगेनामा सुत्ने बाध्यताको सिकार बन्ने गरेका छन् । सानुमाया चेपाङको छोरालाई पनि आगोले पाल्यो । आगोले पोलेर दुवै खुट्टाको औंला नै डढेको छ । निदाएको बेला छोरो आगोमा परेको सानुमायाले बताइन् । पोलेको पीडाले कराएको धेरै बेरपछि थाहा पाउँदा खुट्टा जलिसकेको थियो । घर साँघुरो भएकाले अँगेनाछेउमा सुत्दा आगोले पोलेको उनले बताइन् । दुई छोरामध्ये जेठो जीवनलाई आगोले पोलेको हो । ‘अँगेनाछेउमा सुत्दा आगोमा परेको हो’, उनले भनिन्, ‘छोरालाई आगोले पोलेपछि आगोछेउमा सुत्नै छाडेँ ।’ चार महिनादेखि पाँच वर्षसम्मका बालबालिका बढी जोखिममा हुन्छन् । जाडोबाट जोगिनकै लागि आगोको वरिपरि सुत्ने गर्छन् । ओढ्ने लुगा नहुँदा आगोछेउमा सुत्नु उनीहरूको बाध्यता हो । जाडोसँगै सिरेटो बढेपछि अँगेनावरिपरि झुम्मिएर सुत्ने गर्छन् । दाउरा प्रशस्त पाइने हँुदा उनीहरूका लागि जाडोबाट बच्ने विकल्प नै आगो हो । ‘ओढ्ने-ओछ्याउने लुगा नभएपछि आगोको सहारा लिन बाध्य छन्’, चेपाङ अभियन्ता केपीकिरण शर्माले भने, ‘न्यानो लुगा नहुँदा जोखिम बढेको छ ।’ आगोले पोलेपछि पनि उनीहरू उपचारबाट वञ्चित हुने गरेका छन् । गरिबी र अभावका कारण आगोले पोल्ने समस्या चेपाङ समुदायमा बढ्दो छ । चेपाङ गाउँमा कार्यक्रमलक्षित गरेका बाल कल्याण संस्थाका अध्यक्ष राजेन्द्र खनालले आफूहरूले चेतना र आयआर्जनको अभियान चलाएको बताए । आगलागीका कारण अंगभंग भएपछि त्यसले पार्ने समस्याबारे सिकाएको उनले बताए । आगलागीबाट बालबालिका जोखिममा परेपछि सुधारिएको चुलो बनाउन तालिम दिने गरेको उनले बताए । ‘अधिकांश गाउँमा बालबालिका जोखिममा परेको देखियो’, उनले भने, ‘बालबालिका जोगाउन नै हामीले बाबुआमालाई सचेत बनाउन थालेका छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending