Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

भान्जीको जालमा यसरी फसे सेनाका सहायक रथी

\"\"काठमाडाैं । कृषि विकास बैंक न्यूरोड शाखाकी सहायक टेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन्। प्रहरीले अनुसन्धान थाल्यो। खुल्यो , घटनाको मुख्य योजनाकार उनै रहिछिन्। प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो। प्रहरी अनुसन्धानमा लाग्यो। नेक्सस पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रूपैयाँ सेनाका सहायक रथी रमेश विष्टको बैंक खातामा भेटियो। प्रहरी चकित खायो। अब प्रहरीको अनुसन्धान सहायक रथी विष्ट र रेग्मीको सम्बन्धमा केन्द्रीत भयो । गज्जब साप्ताहिकमा खबर छ-अनुसन्धानबाट खुल्यो, रेग्मी सहायक रथी विष्टलाई ‘मामा’ साइनो लगाउँदो रहिछन्र विष्ट पनि रेग्मीलाई भान्जी भन्दा रहेछन्। तर उनीहरूबिचको यो साइनो बाहिर देखाउनलाई मात्र रहेछ। खासमा उनीहरू प्रेमी प्रेमिका रहेछन्। त्यसो हँदा उनीहरूबीच अन्तरंग सम्बन्ध रहेछ। सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेको मध्ये करिब ३३ लाख रूपैयाँ विष्टको बैंक खातामा हालिदिएकी रहिछन्। प्रहरी उच्च स्रोत भन्छ- विष्ट र रेग्मीबीच प्रेमी प्रेमिकाको सम्बन्ध रहेको खुलेको छ। उनीहरूबीच सबैखाले सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको हो। यो उनीहरूको निजी मामिला हो। यसमा हाम्रो भन्नु केही छैन। हामीले त अपराधको पाटो मात्र हेर्ने हो। यसमा जर’साबको पनि संलग्नता रहेको देखिएको छ।’ सेनाको हिरासतमा रहेका विष्ट र प्रहरी हिरासतमा रहेकी रेग्मी दुबै विवाहित हुन्। सैनिक कानुन अनुसार प्रहरीले सेनासँग सम्बन्धित ज्यान मुद्दा बाहेक घटना अनुसन्धान गर्न मिल्दैन। त्यसो हुँदा रकम हिनामिनामा मुछिएका सहायक रथी विष्टको घटना प्रहरीले सेनालाई अनुसन्धान गर्न भनि प्रमाणसहित सबै फाइल पठायो। सेनाले उक्त घटनामा छानबिन थालेको छ। यसका लागि विष्टलाई हिरासतमा लिइएको छ। छानबिन पछि दोषि देखिए सैनिक ऐनअनुसार कारबाही गरिने सेनाको भनाई छ। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी सहायक रथी विष्टमाथि इन्क्वायरी सुरू भइसकेको बताउँछन्। ‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी विष्टको संलग्नता हुनसक्ने आधार फेला पर्‍यो, प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो।सोही आधारमा उहाँमाथि इन्क्वाइरी थालिएको हो।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending