Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

एमालेकाे बैठकमा एकताबारे यस्ताे भयाे छलफल, अाेलीले दिए निर्देशन

\"\"काठमाडाैं । नेकपा एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । स्थायी समितिको सोमबारको बैठकले नीति, नेतृत्व र एकताका विषयमा निजी धारणा बाहिर ल्याएर एकीकरण प्रक्रियालाई असहज नबनाउन पार्टीपंक्तिलाई निर्देशित गरेको हो । अाजकाे नयाँ पत्रिकामा खबर छ-अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले निकट भविष्यमै एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन पार्टीपंक्तिलाई आह्वान पनि गरेको छ । बैठकमा ओलीले आइतबार माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकतालाई गति दिने सम्बन्धमा भएको समझदारी र पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा ‘ब्रिफिङ’ गरेका थिए । ‘दुवै पार्टीबीच निकट भविष्यमै एकीकरण भएर एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन, यस सम्बन्धमा विभिन्न ढंगले व्यक्त हुने कुनै पनि भ्रम, अफवाह या अनुमानबाट प्रभावित नहुन सिंगो पार्टीपंक्ति र आमनेपाली जनतालाई यो बैठक आह्वान गर्दछ,’ बैठकपछि सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकीकरणका सम्बन्धमा सार्वजनिक रूपमा कुनै पोजिसन, अडान या सर्त तेस्र्याउने कुराले एकताको प्रक्रियालाई नसघाउने बरु उल्टै जटिल बनाउने हुनाले यसो नगर्न सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।’ दुवै पार्टीले अवलम्बन गर्दै आएका नीति र त्यसको सत्यता पुष्टि हुँदै गएको छ, त्यसकै आधारमा एकता हुने हो । पार्टी एकता नेतृत्व तहबाटै सुविचारित ढंगले अघि बढिरहेको हुनाले अनुमान गर्ने, आ–आफ्नै ढंगले प्रस्ताव अघि सार्ने, कसैले पनि पोजिसन (अडान) लिएर, यो हुनुपर्छ, त्यो हुनुपर्छ भन्दै छलफलै नभएका प्रस्ताव सार्ने कुराले एकतालाई सघाउ पुर्‍याउँदैन । त्यसैले तपाईंहरू सबै जिम्मेवार बन्नुस्, छलफलै नभएका विषयहरूलाई मनोगत आधारमा बाहिर लगेर एकता प्रक्रियामा असहजता पैदा गर्ने काम नगर्नुस् । हामी निर्णायक बिन्दुतर्फ अघि बढिरहेका छौँ । निकट भविष्यमै पार्टी एकता सम्पन्न हुन्छ, निश्चिन्त हुनुस्। बैठकमा अध्यक्ष ओलीले पार्टी एकता टुंग्याउन मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले दुईवटा कार्यदल बनाउने तयारी भएको जानकारी गराएका थिए । दुवै पार्टीका नीति, सिद्धान्त र वैचारिक पक्ष मिलाउन र केन्द्रदेखि तल्लो कमिटीसम्म सांगठनिक एकताका लागि छुट्टाछुट्टै कार्यदल बनाएर एकता संयोजन समितिले एकता प्रक्रियालाई गति दिने बैठकमा ओलीको भनाइ थियो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending