Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

पूर्वराजा ज्ञानेन्द्रको आदित्यनाथसँग वार्ता कसरी जुर्‍यो ? के भयो ४५ मिनेट एक्लाएक्लै वार्तामा ?

\"\"काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ। मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए। पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म भेटवार्ता गरेका हुन्। मुख्यमन्त्री आदित्यनाथले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश राज्यमन्त्री जनरल भिके सिंहसँग पूर्वराजासँग तय भएको भेटबारे छलफल गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ-नेपालमा २०६५ सालमा गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्रले औपचारिक रूपमा भेटेका सबैभन्दा उच्च भारतीय अधिकारी आदित्यनाथ हुन्। आदित्यनाथले विगतमा लोकसभा सांसदका रूपमा पूर्वराजा ज्ञानेन्द्रसँग पटक–पटक भेटवार्ता गरेका छन्। उनीहरूबीच पछिल्लो भेट २०७३ कात्तिक पहिलो साता काठमाडौंमा भएको थियो। ४ देखि ६ कात्तिकसम्म काठमाडौंको वनकालीमा विश्व हिन्दू महासंघद्वारा आयोजित विराट् हिन्दू सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए। कार्यक्रममा दुवैजना सँगै थिए भने आदित्यनाथले पूर्वराजासँग अलग्गै भेटवार्ता गरेका थिए। त्यसवेला शंकराचार्य वासुदेवानन्द र भाजपा नेता रघुनन्दन शर्मा पनि भेटवार्तामा साथै थिए। त्यसको एक वर्षअघि नवलपरासीको प्रतापपुरमा आयोजित कार्यक्रममा पनि पूर्वराजा ज्ञानेन्द्र र आदित्यनाथ सँगै थिए। दुवैले हिन्दू सम्मेलनलाई सम्बोधन गरेका थिए ।   पटक–पटक दिल्ली भ्रमणमा जाँदा पूर्वराजाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, महासचिव राम माधवसँग भेटवार्ता गरेका थिए। तर, ती सबै भेटवार्ता सार्वजनिक भएका थिएनन्। स्रोतका अनुसार भेटवार्ताको सुरुमा विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह पनि सहभागी थिए। ‘सुरुवातमा पूर्वराजासँग महासंघका अध्यक्ष सिंह, पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना तथा आदित्यनाथका सेक्रेटरी र उत्तरप्रदेश सरकारका उच्च अधिकारी सहभागी थिए। औपचारिकतापछि दुवैजनाका बीचमा ४५ मिनेट एक्लाएक्लै कुराकानी पनि भयो,’ भेटवार्ताबारे जानकार स्रोतले भन्यो। आदित्यनाथ अहिले पनि विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष र सिंह अध्यक्ष हुन्। महासंघको अन्तर्राष्ट्रिय समितिले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहाली हुनुपर्ने माग गर्दै आएको छ। बिहान ९ बजे मुख्यमन्त्री आदित्यनाथले पूर्वराजालाई निवासको बाहिरी गेटमै स्वागत गरेका थिए । हरेक दिन आदित्यनाथलाई भेट्न सर्वसाधारणको भीड लाग्ने गरे पनि सोमबार सर्वसाधारणसँगको भेटको कार्यक्रम रद्द भएको थियो। भेटलगत्तै मुख्यमन्त्री आदित्यनाथले तीनवटा तस्बिर सार्वजनिक गरेका थिए। उनको ट्विटमा उल्लेख छ, ‘आज लखनउस्थित सरकारी आवासमा नेपालका पूर्वराजा श्री ज्ञानेन्द्र वीरविक्रम शाहजीले भेट गर्नुभयो, उहाँलाई अंगवस्त्र र कुम्भको लोगो दिएँ।’ एक वर्षपछि उत्तरप्रदेशको प्रयागमा कुम्भमेला आयोजना गर्न लागेका आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्रलाई निमन्त्रणासमेत दिएका छन्। ज्ञानेन्द्र बिहीबार नेपालगन्ज हुँदै काठमाडौं फर्किने कार्यक्रम छ । निर्मलनिवास स्रोतका अनुसार भारतीय राजदूत मन्जिबसिंह पुरी र पूर्वराजाबीच धुलिखेलमा मंसिर पहिलो साता भेट भएको थियो। ६ देखि ९ मंसिरसम्म द्वारिकाज रिसोर्टमा रहेका ज्ञानेन्द्रलाई भेट्न पुरी त्यहाँ पुगेका थिए। ‘त्यतिवेलै पूर्वराजाको यो भ्रमण तय भएको हो, भारत सरकारको पूर्णतयारीसाथ उहाँलाई लखनउ बोलाइएको हो,’ जानकार स्रोतले नयाँ पत्रिकासँग भन्यो। ‘ज्ञानेन्द्रको लखनउ भ्रमण दसैँ र तिहारको बीचमा नै हुने तयारी थियो, तर निर्वाचनको समय पारेर उनको भ्रमण गराउँदा राम्रो सन्देश जाँदैन भन्ने लागेपछि मंसिर पहिलो साता राजदूतले उहाँलाई भेटेर यो मिति तय गरेका हुन्,’ जानकार स्रोतले भन्यो । धुलिखेलमा तय भएपछि पूर्वराजाको भारत भ्रमणबारे महासंघ अध्यक्ष भरतकेशर सिंहले पदाधिकारीसहित प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर जानकारी गराएका थिए। देउवा र ओलीले पूर्वराजालाई ‘ग्रिन सिग्नल’ दिएको महासंघ स्रोतको भनाइ छ। त्यसवेला देउवाले हिन्दू राष्ट्रको पक्षमा आफू रहेको तथा राजसंस्था हटाउन आफ्नो भूमिका नरहेको जवाफ महासंघ पदाधिकारीलाई दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending