Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

सिंहदरबारको छतमा रहेकाे कटेराेमा हुर्किरहेका एउटा बालक

\"\"काठमाडौं । सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन । त्यसको छतमा जस्ता र कपडाले बारेर बनाइएको सानो कटेरो । १४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै छन् । सिंहदरबारभित्रको एउटा मन्त्रालयको छतमा सिंगो दिन बिताउने बालक को होलान् ? चासो सबैको हुन सक्छ । अाजकाे कान्तिपुरमा खबर छ-यसको पछि लुकेको बाध्यताको कथा सुन्दा जो कोहीको मन भने छुन्छ । मन्त्रालयमा ७ वर्षदेखि कार्यालय सहयोगीका रूपमा कार्यरत रश्मी राईका छोरा हुन् दीपसागर । जो आमाको छातीमा टाँसिएर हरेक दिन मुलुकको प्रशासनिक मुख्यालय पुग्छन् । त्यसपछि आमा दिनभर कार्यालयको काममा व्यस्त हुन्छिन् भने दीपसागर छतको एउटा कुनामा ओल्टो–कोल्टो गरिरहन्छन् । पुसको कठ्यांग्रिँदो चिसोमा पनि छोरालाई छतमा राख्नु रश्मीको रहर भने होइन । छोरा जन्मेपछि उनी २ महिना बिदा बसिन् । त्यसपछि पनि कार्यालय नजाँदा करारको जागिर जाने डरले उनी दुईमहिने नाबालक च्यापेर मन्त्रालय जान थालिन् । त्यसयता हरेक दिन बिहान करिब ९ बजे उनी अनामनगरस्थित डेराबाट छोरा र उनलाई चाहिने एक झोला सरसामान बोकेर मन्त्रालय धाउँछिन् । चारमहिने छोराको स्याहारसुसार र कार्यालयको आफ्नो जिम्मेवारीबीच सन्तुलन मिलाउन धुसेनी ७, इलाम मूल घर भएकी रश्मीलाई कम्ता गाह्रो छैन । मन्त्रालयका सहृदयी कर्मचारी नभएका भए त छोरालाई एक्लै छाड्न सम्भव पनि थिएन । छतमा घाम ताप्न आउने कर्मचारी दीपसागरको हेरचाहमा सहयोग गरिरहेका हुन्छन् । पहिलो प्रहरको ड्युटी सकिँदा नसकिँदै कहिलेकाहीँ त दिउँसो १ बजिसकेको हुन्छ । करिब ३ घण्टा छोराको मुखमा कुनै आहार नपर्दा रश्मीको मन नकुँडिने होइन । तर, उनले गर्न सक्ने केही छैन । ‘के गर्नु धन्न साथीभाइले पालो दिनुहुन्छ । त्यति पनि नभएको भए त कसरी काम गर्न सक्थें होला र ?’ उनले भनिन्, ‘मन गाँठो पार्नुको विकल्प छैन ।’ छोराकै कारण कार्यालयको काममा बाधा नपुगोस् भनेर सिंहदरबारभित्र रहेको शिशु स्याहार केन्द्र पनि धाइन् उनी । केन्द्रमा भनसुन र माथिकाको कुरा सुनिन्छ भनेर आफ्ना ‘हाकिम’ हरूलाई पनि भन्न लगाइन् । उल्टै ‘स्थायी कर्मचारीका बच्चाले त ठाउँ पाएका छैनन्, अस्थायी र करारका छोराछोरीले कहाँ पाउनु ?’ भन्ने जवाफ पाइन् । ‘त्यहाँ राख्न पाए निकै सहज हुने थियो,’ उनी भन्छिन्। सरकारलाई सेवा दिने कुरामा स्थायी र करारबीच कुनै भेद छैन तर, बालबालिका हुर्काउन भने किन विभेद गरिएको उनले बुझ्न सकेकी छैनन् । रश्मीमा बढेको चिन्ता देखेर उनका पति बेलाबखत सम्झाउँछन्, ‘जागिर गयो नै भने पनि चिन्ता नगर, जेनतेन गरौंला ।’ महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले ३ वर्षअघि जारी गरेको ‘सिंहदरबार परिसरभित्र सञ्चालित दिवा शिशु स्याहार केन्द्र सञ्चालन कार्यविधि २०७१’ कार्यविधिले दीपसागरका लागि केन्द्रको ढोका बन्द गरिदिएको छ । कार्यविधिले निजामती सेवा, स्वास्थ्य सेवा र संसद् सेवामा बहालवाला निजामती कर्मचारीका ३ महिनादेखि ३ वर्षसम्मका शिशु राख्न पाइने व्यवस्था गरेको छ । स्थायी कर्मचारीसरह सरकारलाई सेवा पुर्‍याए पनि करार र अस्थायी कर्मचारीहरू ‘निजामती’ को परिभाषामा पर्दैनन् । यही परिभाषाले दीपसागरलाई स्थायी कर्मचारीका सन्तानसरह केन्द्रमा हुर्कने अवसरबाट वञ्चित गरेको छ । मन्त्रालयका प्रवक्ता तोयम राय भने सरकारले दिने सेवामा करार र स्थायी सबै कर्मचारीको समान हक भए पनि स्रोत अभावले सम्भव नभएको बताउँछन् । ‘साधनस्रोत सीमित भएपछि केही न केही छेकबार त लगाउनै पर्‍यो, करार र अस्थायीका हकमा त्यही भएको हो,’ प्रवक्ता रायले भने, ‘सरकारले नियतवश विभेद गरेको होइन, ठाउँ र स्रोतले नभ्याएर मात्र हो ।’ सिंहदरबारभित्रको केन्द्रलाई विस्तार र ललितपुर र पोखरामा पनि थप केन्द्र खोल्न गृहकार्य भइरहेको पनि उनले जानकारी दिए । छोराको स्याहारसुसार र सरकारी कामबीच तारतम्य नमिल्दा जागिर गुम्ने हो कि भन्ने डर पनि छ रश्मीलाई । २ महिना बिदामा बसेर फर्केपछि उनलाई कुनै औपचारिक पत्र दिइएको छैन । तर, उनले फर्केपछि पूर्ववत् हिसाबले अह्राएको काम गर्दै आएकी छिन् । ‘छोरा सानो छ भनेर सकेसम्म कुनै पनि काम सक्दिनँ भनेकी छैन, अह्राएको काम पहिलेकै हिसाबले गर्दै आएकी छु,’ उनले भनिन् । पछिल्ला दिनमा माथिल्ला हाकिमहरूले रश्मीको कामप्रति गरेको गुनासो अप्रत्यक्ष रूपमा उनको कानसम्म ठोक्किन आइपुगेको छ । ‘करार नवीकरण नगर्ने रे भन्ने सुनेको छु, सिधै मलाई त भनिएको छैन,’ उनले भनिन् । त्यो सुनेपछि उनलाई नरमाइलो लागे पनि कसैप्रति खासै गुनासो छैन । ‘मेरो कसैप्रति गुनासो छैन । मैले पूरै मन्त्रालयलाई नै आफ्नो घर र परिवार ठानेकी छु, त्यसैले मेरो समस्या बुझिदिए हुन्थ्यो भन्ने मात्र हो,’ रश्मीले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending