Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

पार्टी हेडक्वार्टरमा प्रचण्डले यस्ताे गरे ब्रिफिङ

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग ५० प्रतिशत ‘पावर’ लिएर मात्र पार्टी एकता हुने बताएका छन् । माओवादी हेडक्वार्टरको मंगलबार खुमलटारमा बसेको विस्तारित बैठकमा प्रचण्डले एमालेसँग ५०-५० प्रतिशत ‘पावर सेयरिङ’ गरेर मात्र पार्टी एकता हुने ‘ब्रिफिङ’ गरेको नेता गणेश शाहले जानकारी दिए । अाजकाे नयाँ पत्रिकामा खबर छ-‘प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई स्वीकार गरिसकेका छौँ । उनलाई पाँच वर्षसम्म प्रधामन्त्रीका रूपमा काम गर्न दिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै शाहले भने, ‘संयुक्त पार्टी अध्यक्षका रूपमा मैले पाँच वर्ष नेतृत्व गर्छु । यस्तो भएमा पावर सेयरिङमा पनि ५०-५० प्रतिशत हुन्छ । दुई पार्टीको सम्मानजनक एकता पनि हुन्छ ।’ अध्यक्षसहितको एकता संयोजन समितिको बैठक बस्ने बैठकमा प्रचण्डले चाँडै एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन बैठक बस्ने जानकारी दिए । ‘मैले केही दिनअघिदेखि ओलीजीसँग छलफल गर्न खोजेको थिएँ, स्वास्थ्यका कारण छलफल हुन पाएको छैन । बुधबार एकता संयोजन समितिको बैठक बस्छ,’ प्रचण्डले भने, ‘दुई पार्टीको अध्यक्षसहितको पावर सेयरिङ, शीर्ष नेताको व्यवस्थापन र समग्र पार्टी एकताको विषयमा छलफल गर्छौँ ।’ एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, माओवादी नेता रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठको विषयमा पनि एकता संयोजन समिति बैठकमा छलफलले प्रवेश पाउने भएको छ । एमाले–माओवादी एकता जनताबाट अनुमोदन भइसकेकाले जसरी पनि एकता हुने प्रचण्डले उल्लेख गरेको थिए । पर्याप्त गृहकार्य नपुगेकाले पार्टी एकताको विषयमा ठोस खाकासहित प्रगति हुन नसकेको शीर्ष नेतालाई प्रचण्डले ब्रिफिङ गरेका थिए। अध्यादेशका विषयमा पनि ब्रिफिङ राष्ट्रिय सभासम्बन्धी अध्यादेशका विषयमा प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए । ‘राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भयो । एकल संक्रमणीयको पक्षमा सहमति भई राष्ट्रपतिबाट स्वीकृत भएको छ । यसमा हामीले सकारात्मक भूमिका खेल्यौँ । यस विषयमा बाहिर पनि सकारात्मक सन्देश गएको छ,’ प्रचण्डको भनाइ थियो । प्रदेश राजधानी र प्रदेश प्रमुखको नियुक्ति कांग्रेसले एमाले र माओवादीसँग सहमतिमै घोषणा गर्ने प्रचण्डले बताएका थिए । सैद्धान्तिक विषयलाई बिस्तारै मिलाउँदै जाने  प्रचण्डले एमालेको ‘बहुदलीय जनवाद’ र माओवादीको ‘२१औँ शताब्दीको जनवाद’लाई बिस्तारै छलफल गर्दै टुंग्याउने जानकारी गराएको बैठकमा सहभागी नेता मणि थापाले बताए । ‘आगामी कार्यदिशा कुनै बल प्रयोग नभई शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा हुन्छ,’ थापाले भने, ‘संविधानमै समाजवादउन्मुख उल्लेख भएकाले सोहीअनुसार कार्यदिशा तय हुन सक्छ ।’ तत्कालीन मालेको झापा विद्रोह र माओवादी जनयुद्धका विषयलाई उच्च मूल्यांकन गरिने थापाले बताए । निर्वाचनमा भएको अन्तर्घातको छानबिन हुने  माओवादीले प्रतिनिधिसभा र प्रदेश सभामा भएको अन्तर्घातबारे छानबिन गर्ने भएको छ । नेता अमिक शेरचनको संयोजकत्वमा गठित समितिमा लीलामणि पोखरेल, गणेश शाह, रेखा शर्मा र हितराज पाण्डे सदस्य छन् । समितिलाई सात दिनको समय दिइएको छ । एमालेसँग तालमेल गरी निर्वाचनमा गएको माओवादीमा आफ्नै पार्टी नेताले उजुरी दिएपछि छानबिन समिति गठन भएको हो । अहिलेसम्म हुम्ला, पर्सा, सल्यान, गोरखा, सिरहा, धनुषा, कैलाली, कञ्चनपुर, दैलेख, खोटाङलगायत जिल्लामा अन्तर्घात भएको भन्दै उजुरी परेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । विभिन्न समूहबाट ध्रुवीकरण हुँदै माओवादीमा आएका नेता–कार्यकर्ता संगठनात्मक व्यवस्थापन गर्न रामबहादुर थापा बादलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, लेखराज भट्ट, मातृका यादव, सावित्रीकुमार काफ्ले र सुनील मानन्धर सदस्य छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies