Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

नेकपा पुरानै अनुहारले कब्जा, प्रचण्ड मैदान फर्किए, शर्मा–किराती पार्टीबाहिर

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हुने चुनावमा फेरि उम्मेदवार बनेका छन् ।

२०७९ सालको निर्वाचनमा माओवादीले १६५ निर्वाचन क्षेत्रमध्ये १८ सिट जितेको थियो । तर अघिल्लो निर्वाचनमा निर्वाचित भएका रुकुम पश्चिमका जनार्दन शर्मा र भोजपुरका सुदन किराती भने यसपटक नेकपाबाट बाहिरिएका छन् ।

शर्मा र किराती दुवै अहिले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध छन् । शर्मा यसपटक पनि आफ्नै साविक निर्वाचन क्षेत्र रुकुम पश्चिमबाट उम्मेदवार बनेका छन् भने उनलाई एमालेको समर्थन छ । प्रलोपा अध्यक्ष मण्डलका अध्यक्ष किरातीले भने निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

यी उम्मेदवार दोहोरिए

नेकपाबाट दोहोरिने उम्मेदवारहरूमा अमनलाल मोदी (मोरङ–४), महिन्द्र राय यादव (सर्लाही–२),लेखनाथ दाहाल (सिन्धुली–२), हितबहादुर तामाङ (नुवाकोट–१),माधव सापकोटा (सिन्धुपाल्चोक–१) रहेका छन् । 

यस्तै पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व–१ बाट उम्मेदवार बनेका छन् । प्रचण्ड अघिल्लो निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए ।

अन्य दोहोरिने उम्मेदवारमा देवेन्द्र पौडेल (बागलुङ–२), वर्षमान पुन (रोल्पा–१), महेन्द्रबहादुर शाही (कालीकोट–१), शक्तिबहादुर बस्नेत (जाजरकोट–१),छन् । यी सबै उम्मेदवारहरू साविक निर्वाचन क्षेत्रबाटै मैदानमा उत्रिएका हुन् ।

टिकट नपाउने पुराना सांसद

२०७९ मा निर्वाचित भएका गंगा कार्की, सूर्यमान दोङ, रामकुमार राई, पूर्णबहादुर घर्ती, रेखा शर्मा र छिरिङ डम्डुल लामा भोटेले यसपटक टिकट पाएनन् । अघिल्लो निर्वाचनमा कार्की (दोलखा–१), दोङ (काभ्रे–१), राई (खोटाङ–१), घर्ती (रुकुम पूर्व–१), शर्मा (दाङ–२) र लामा भोटे (हुम्ला–१) बाट निर्वाचित भएका थिए ।

यसपटक घर्तीको क्षेत्रमा प्रचण्ड, दोङको स्थानमा दिनानाथ गौतम, राईको क्षेत्रमा हरि रोका उम्मेदवार बनेका छन् । यस्तै दाङ–२ मा निर्मल आचार्य र हुम्ला–१ मा डा. दीपेन्द्र रोकायालाई उम्मेदवार बनाइएको छ ।

समानुपातिक सांसद पनि दोहोरिएनन्

२०७९ मा समानुपातिक प्रणालीबाट निर्वाचित १४ सांसदलाई समेत नेकपाले यसपटक दोहोर्‍याएको छैन । तीमध्ये केही नेताहरू अहिले अन्य दलमा सक्रिय छन् भने केही राजनीतिबाटै अलग भएका छन् ।

एक्लै मैदानमा नेकपा

२०७४ मा एमाले र २०७९ मा कांग्रेससँग चुनावी सहकार्य गरेको माओवादी यसपटक भने एक्लै चुनावी मैदानमा उत्रिएको छ । एकीकृत समाजवादीलगायत २० वटा वामपन्थी घटक मिलेर बनेको नेकपाले देशभर १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको विन्टर अफर २०८२: ग्राहकका लागि विभिन्न प्याकेजसहित आकर्षक सुविधा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...

१३ वर्षदेखि नेपालमा भिसा दुरुपयोग: व्यवसाय नभएका चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...

विराटनगर रानीबाट ८ थान मोबाइल फेला, लिन आउन प्रहरीको अनुरोध

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...

लमजुङमा चुनावी मैदान तात्यो: पृथ्वीसुब्बा गुरुङलाई कांग्रेस–रास्वपाकाे चुनौती

लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...

नेकपा पुरानै अनुहारले कब्जा, प्रचण्ड मैदान फर्किए, शर्मा–किराती पार्टीबाहिर

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...

विद्यालय हाताभित्रै बसको ठक्कर, चार वर्षीया बालिकाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...

सरकारी स्रोत दुरुपयोग रोक्न आयोगको कदम, खर्च अनुगमन अधिकृत तोकिए

 काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...

मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो हुन्छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending