Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

मन्त्री बाजाबाज काण्ड ! एउटा खल्ती भर्ने, अर्को बैना लिने, कुरा कसरी मिल्ने ?

\"\"काठमाडौं । चुनावमा एक करोड नगद नारायण बुझेपछि पार्टी अध्यक्षले अडान लिने नै भए । यो कुरा बुझेका मन्त्रीले बिक्री भइसकेको चिज फेरि बेच्ने दुस्साहस नगरेकै भए बेसै हुन्थ्यो । तर, उनी अध्यक्षसँग जोरी खोज्दै मसक्क कस्सिए, बिक्री भइसकेको पद बेच्न । परिणाम,  सामाजिक प्रतिष्ठामा आँच त आएको छ नै वर्षौंदेखिको लगानी र सम्बन्ध सिसाको घरजस्तो झर्यामझुरुम्म फुटेको छ । अाजकाे साँघु साप्ताहिकमा खबर छ-प्रसंग राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा र अपदस्त सहरी विकास मन्त्री दिलनाथ गिरीको हो । गतहप्ता मन्त्री गिरीले सचिव बदल्न प्रस्ताव गरेलगत्तै क्याबिनेटमा कमल थापाले झम्टिएको विषय निकै चर्चामा रह्यो, जुन अझै  सेलाएको छैन ।  तर, आफ्नै मन्त्रीलाई पार्टी अध्यक्षले क्याबिनेट बैठकमै हप्काउने र त्यसपछि अपमानित गरेर हटाइ हाल्नुपर्ने बाध्यता कसरी आइलाग्यो ? यसको चर्चा अझैसम्म भएको छैन । साँघुले एउटै पार्टीका दुईभाइ शीतयुद्धमै उत्रनुको गुह्य फेला पारेको छ । स्रोतका अनुसार, झगडाका बिऊ हालका सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मासँग कमल थापाको सरकार गठनलगत्तै भद्र सहमति भएको थियो । भद्रसहमतिको सार कमल थापाले सहरी विकासका सचिव शर्मालाई यथावत राख्न सहयोग गर्ने र सट्टामा शर्माले थापालाई १ करोडको भेटी चढाउने थियो । सहमति पालना गर्दै शर्माले थापालाई चुनावअगावै १ करोड बुझाएका थिए भने थापा नगद बुझेपछिको हँसमुख चेहरा बोकेर चुनावी क्षेत्रमा खटिएका थिए । थापाले नगद कारोबार भइसकेकाले गिरीलाई सचिव फेरबदल नगर्न सुझाएका पनि हुन् । तर, गिरीले जिद्धी गरिरहे, यो सचिवसँग काम गर्न सकिनँ, अर्को चाहियो ।  ‘थापाले १ करोड बुझेपछि शर्मालाई नचलाउन पटक पटक भनेका थिए’, स्रोतको दाबी छ, ‘तर, गिरीले सचिव फेर्ने कसरत गरेपछि थापाले बुझिसकेको भेटी सुरक्षित गर्न यस्तो कदम चालेका हुन् ।’ प्रश्न उठ्छ– पार्टी अध्यक्षको आग्रहलाई नसुनी गिरीले किन सचिव फेर्ने जिरह गरिरहे । स्रोतका अनुसार, मन्त्री गिरीले पनि पार्टी अध्यक्षले जस्तै सचिव पद सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकबाट सचिवमा बढुवा भएका डा. रमेशकुमार सिंहलाई बिक्री गरेका थिए । झण्डै १ करोडको डिलमा गिरीले ५४ लाख बैना नै चप्काइसकेको  विश्वस्त स्रोतको दाबी छ । ‘१ करोडको डिलपछि सचिव सार्ने सुरमा रहेका गिरीले पोखराको एक बैंकमार्फत ५४ लाख बैना नै लिएका थिए’, स्रोतको दाबी छ, ‘गिरी कुनै पनि हालतमा सचिव फेर्ने ध्याउन्नमा लागेपछि नै कमल थापाले कडा कदम चालेका हुन् । थापाको यस्तो कदमसँगै गिरी बैना फिर्ता गर्नुपर्ने अवस्थामा पुगेका छन् ।’ यी सबै गुह्य बझेका सहरी विकास मन्त्रालयका कर्मचारीहरु हिजोआज बसिबियालो गर्दैछन्– एउटा खल्ती भर्ने, अर्को बैना लिने, कुरा कसरी मिल्ने ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending