Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

पूर्वराजा ज्ञानेन्द्रसमक्ष कमल थापाको हारगुहार, दर्शनभेटका लागि धवलसँग ‘जी हजुरी’ !

\"\"काठमाडौं । एउटा भनाइ छ– बाहिर–बाहिर लोकाचार, भित्रभित्र पोकापार । नेपाली समाजले यसलाई अवसरवादीहरुको झाँको झार्न प्रयोग गर्ने गरेको भए पनि राप्रपा अध्यक्ष कमल थापाले भने यसलाई सिद्धान्त नै बनाए । र, त उनले बाहिर राजसंस्था र हिन्दू राज्यको रटान लगाए पनि गति छाडेर गणतन्त्रवादीहरुसँग एउटै भातभान्छा गर्न कुनै असजिलो मानेनन् । अाजकाे साँघु साप्ताहिकमा खबर छ-गणतन्त्र र संघीयता कार्यान्वयन गराउने कसम खाएर बनेको सरकारमा राजसंस्थाको वकालत गर्ने पार्टी नैतिकरुपमा जान कहीँ कतैबाट पनि मिल्ने  थिएन् ।  तर, थापा यस्ता पात्र बने जसले लोकले कुरीकुरी गर्दासमेत एकपटक होइन, पटक पटक गति छाडेर सिंहदरबारको स्वाद लिए । जनमतको धज्जी उडाउँदै अघि बढेका कमल थापाले त्यसको फल यही जुनीमा भोगेका छन् । प्रतिनिधिसभाको एक स्थानमा त्यो पनि वाम गठबन्धनको साहरामा जित निकाल्न सके पनि थ्रेस होल्ड (न्यूनतम मत सीमा) कटाउन उनको पार्टी असफल रह्यो । मुसा प्रवृत्तिका आधुनिक बिम्ब नै बनेका यिनै थापा एकाएक पूर्वराजा ज्ञानेन्द्र शाहको शरणमा पुगे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर थापाले पुस १५ गते शनिबार मात्रै राजालाई भेटेर हार गुहार गरेका छन् । स्रोतका अनुसार, राजसंस्थाको नाममा व्यापार मात्रै गरेको निष्कर्षमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई  ठूलै संघर्षपछि थापाले दर्शनभेट गर्न पाएका हुन् । चुनावी परिणाम आफ्नो पक्षमा नपरेसँगै थापाले पूर्व राजालाई दर्शनभेटका लागि सन्देश पठाएका थिए । तर पूर्व राजाले पटक पटक थापाको सन्देश आए पनि सुनेका थिएनन् । तर, चतुर थापाले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाको फेरो समातेर राजालाई दर्शनभेट गर्रेर धन्यधन्य भएका  छन् । धवलको आग्रहलाई टार्न नसकेर पूर्व महाराज ज्ञानेन्द्र शाहले थापालाई दर्शनभेट दिएको चर्चा  पूर्व महापञ्चहरुबीच भइरहेको छ । व्यक्तिवाद र स्वेच्छाचारी चरित्रका कारण पार्टीमा झण्डैझण्डै पारिवारिक सदस्य मात्रै बाँकी राखेका थापाको फुर्ति पूर्वराजालाई दर्शनभेट लगत्तै बढेको छ । थापाले पूर्वराजासँगको दर्शनभेटमा पैसा र संगठन नहुँदा हारेको वयान दिए पनि पूर्व राजालेले त्यसमा कुनै पनि प्रतिक्रिया नजनाएको स्रोतको दाबी छ । तर, थापाले भने पूर्व राजा ज्ञानेन्द्रको  दर्शनभेट गरे लगत्तै पूर्वराजासँग आफ्नो अहिले पनि सुमधुर सम्बन्ध रहेको गफ दिन थालेका छन् । राजासँगको सम्बन्ध राम्रो रहेको देखाएर थापा कतै नेता तथा कार्यकर्ताको पलायन रोक्ने दाउ त गरिरहेका छैनन् ? पूर्व महापञ्चहरुबीच चर्चा हुन थालेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending