Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

राष्ट्रिय सभा निर्वाचन र नयाँ सरकार गठनको बाटो खुल्याे

\"\"काठमाडौँ ।  राष्ट्रिय सभा निर्वाचन र नयाँ सरकार गठनको बाटो खुलेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रणालीबारे राजनीतिक सहमति जुटाउन प्रमुख दलका नेताहरूबीच केही दिनयताको छुट्टाछुट्टै संवादपछि राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । उनले शुक्रबारै पनि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवासचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै परामर्श गरेकी थिइन् । राष्ट्रिय सभा निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा सरकारले तोक्ने व्यवस्था अध्यादेशमा छ । अाजकाे कान्तिपुर दैनिकमा खवर छ । सरकारले दुई महिनाअघि पेस गरेको अध्यादेश जारी गर्न सत्तापक्षले निरन्तर दबाब दिएको थियो । निर्वाचनबाट पहिलो शक्ति बनेको एमालेले अध्यादेशमा उल्लिखित एकल संक्रमणीय निर्वाचन प्रणाली असंवैधानिक भएको अडान राख्दै अध्यादेश फिर्ता लिन सरकारलाई भन्दै आएको थियो । ‘राष्ट्रपतिबाट जारी हुँदैमा अध्यादेश संवैधानिक हुने होइन,’ एमाले नेता नेम्वाङले भने, ‘हामीले त्यसको अन्तरवस्तुमा प्रश्न उठाएका हौं, अध्यादेशको अन्तरवस्तुमा के छ भन्नेमा सरकार जिम्मेवार हुन्छ ।’ संविधानसभाबाट रूपान्तरित संसद्मा सरकारले पेस गरेको विधेयकमा राष्ट्रिय सभाको निर्वाचन बहुमतीय निर्वाचन प्रणालीबाट गर्ने प्रस्ताव गरेको थियो । संसद्मा विधेयकमाथि दलहरूबीच विवाद भएकाले पारित हुन सकेन । संसदको अवधि सकिएपछि सरकारले राष्ट्रिय सभा एकल संक्रमणीय मतका आधारमा गर्ने प्रस्ताव गरी दुई महिनाअघि अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिमार्फत शुक्रबार जारी अध्यादेशमा राष्ट्रिय सभा सदस्यको चुनाव एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा गर्ने व्यवस्था छ । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा सदस्यको चयन मिश्रित निर्वाचन प्रणाली (६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक) बाट हुने स्पष्ट व्यवस्था रहेको संविधानमा माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचन प्रणालीबारे प्रस्ट उल्लेख छैन । संसदको अधिवेशन चालु नरहेका बखत तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न सकिने संवैधानिक (धारा ११४) व्यवस्था छ । तत्कालका लागि कानुनसरह लागू हुने अध्यादेश संघीय संसदको बहुमतले स्वीकार नगरेमा स्वत: खारेज हुन्छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख सदस्य रहेको निर्वाचक मण्डलले प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अल्पसंख्यक वा अपांग र अन्य तीन गरी ८/८ सदस्य चुन्ने छन् । स्थानीय तह र प्रदेशसभाका निर्वाचित जनप्रतिनिधिमात्रै मतदाता रहने भए पनि ३५ वर्ष उमेर पूरा गरी कानुनले अयोग्य नठहर्‍याएको राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार हुन सक्छन् । उम्मेदवारको एक/एक जना प्रस्तावक र समर्थक भने सम्बन्धित निर्वाचक मण्डलको सदस्य हुनुपर्छ । उम्मेदवारमध्ये सबभन्दा बढी मत ल्याउने विजयी हुने बहुमतीय प्रणालीविपरीत एकल संक्रमणीय मत प्रणालीमा निर्वाचक मण्डलका सदस्यहरूले एकभन्दा बढी उम्मेदवारलाई प्राथमिकता क्रमअनुसार मत दिन पाउँछन् । कुनै उम्मेदवारले प्राप्त गरेको विजयी हुन आवश्यक संख्याभन्दा बढी मत दोस्रो प्राथमिकतामा संक्रमण हुने प्रणालीमा कुनै पनि मत खेर जाँदैन, प्रत्येक मतको मूल्य हुन्छ । निर्वाचक मण्डलको शक्ति सन्तुलनअनुसार प्रतिनिधित्व हुने यस प्रणालीले अल्पमतलाई उसको शक्तिअनुसारको प्रतिनिधित्व सुनिश्चित गराउँछ । अध्यादेशमा राष्ट्रिय सभा सदस्यहरूको चयन एकल संक्रणीय निर्वाचन प्रणालीबाट हुने व्यवस्था भए पनि संवैधानिक व्यवस्थाका कारण प्रत्येक प्रदेशबाट दुई/दुई सदस्यको निर्वाचन भने बहुमतीय प्रणालीबाटै हुनेछ । प्रत्येक प्रदेशबाट दलित र अल्पसंख्यक वा अपांग कोटामा एक/एक जना मात्रै निर्वाचित हुन्छन् । एक/एक जना मात्रै निर्वाचित हुने समूहमा उम्मेदवारमध्ये सबभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति नै विजयी हुने अध्यादेशमा उल्लेख छ । स्थानीय तह र सातै प्रदेशमा वामपन्थी गठबन्धनको स्पष्ट बहुमत रहेका पनि एकल संक्रमणीय प्रणालीका कारण संसदको दोस्रो दल कांग्रेसले आफ्नो उपस्थिति सुरक्षित गर्नेछ । मतदान गर्दाको प्राथमिकता क्रम र उम्मेदवार विजयी हुने मत संख्याभन्दा बढी मत क्रमश: दोस्रो–तेस्रोमा संक्रमण गराई परिणाम निकाल्नुपर्ने जटिल गणना विधिका कारण एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउँदा राष्ट्रिय सभामा ठ्याक्कै कसले कति सिट पाउँछ भन्ने पूर्वानुमान गर्न गाह्रो छ । तर निर्वाचक मण्डलका सदस्यहरूको दलीय स्ट्रेन्थ विश्लेषण गर्दा राष्ट्रिय सभामा कांग्रेसले ९ देखि १४ सिट पाउन सक्छ । धेरै सिट वाम गठबन्धनले पाउने भए पनि प्रदेश २ बाट राजपा–फोरमको गठबन्धनले समेत सिट जित्नेछ । अध्यादेशअनुसार प्रदेशसभाका सदस्यहरूको मतको भार ४८ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतको भार १८ हुनेछ । जसअनुसार स्थानीय तहका १ हजार ५ सय ६ प्रमुख/उपप्रमुखको कुल मत भार २७ हजार १ सय ८ हुनेछ भने प्रदेशका ५ सय ५० प्रदेशसभा सदस्यहरूको कुल मत २६ हजार ४ सय हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending