काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्यालय बेइजिङको अन्तर्राष्ट्रिय विभागमा नेपाल मामिला डेस्क हेर्ने निर्देशक झेङ युया (सरला) र उनका सहयोगी लिउ आइतबार सिचुआनको छेन्दु हुँदै बेइजिङ फर्केका छन् ।
बिहीबार काठमाडौं आएका उनीहरूले निर्वाचनअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने जानकारी नेताहरूलाई गराएका छन् ।
बिहीबार काठमाडौं आएलगत्तै उनीहरूले रास्वपा सभापति रवि लामिछाने र विदेश विभाग प्रमुख शिखिर खनालसँग भेटवार्ता गरेका थिए । त्यसपछि कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. नारायण खड्का, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनी प्रधानमन्त्री हुँदाका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटा, एमाले नेता विष्णु रिमाल र विष्णु रिजाल, उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङ र राप्रपा नेता सोभित उप्रेतीसँग बेग्लाबेग्लै भेट गरेका थिए ।
‘नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे अध्ययनका लागि उहाँहरू आउनुभएको रहेछ । अहिलेको परिवेश, चुनाव, चुनावपछिको अवस्थालगायतका बारेमा अनौपचारिक छलफल भयो,’ रास्वपा नेता खनालले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच सम्बन्ध विस्तारबारे पनि छलफल भयो । हामीले एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्यायौँ ।’
उनीहरूले चुनावमार्पmत नेपालको राजनीतिक संक्रमण पार हुने र स्थिरतातर्फ नेपाल अघि जाने विश्वास व्यक्त गरेका छन् । चुनावपछि जोसुकै सत्तामा आए पनि उनीहरूसँग मित्रवत् सहकार्य गर्ने चिनियाँ प्रतिनिधिको भनाइ थियो । नेपाली भाषा बोल्ने दुवै नेताले नेपालका सबै पक्षसँग सम्बन्ध राम्रो रहेको र चिनियाँ कम्युनिस्ट पार्टीले सबै राजनीतिक शक्तिहरूसँग सम्बन्ध सुदृढ गर्न चाहेको पनि बताएका थिए । रास्वपा नेता खनालले भने, ‘उहाँहरू राजनीतिक दलसँग संवादका लागि आउनुभएको रहेछ ।’
उनीहरूसँग भेटेका अर्का नेपाली नेताले भने, ‘चिनियाँ नेताहरूले झापा ५ मा चुनाव कसले जित्छ भन्नेमा चासो राख्नुभयो । समग्रमा पहिलो पार्टी को बन्ला र दलहरूको अवस्था के होला भन्ने पनि चासो राख्नुभयो । सबैले आफ्नो अनुकूलताअनुसारको जवाफ दिएको बुझ्यौँ ।’ उनीहरूले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाबारे पनि चासो राखेका थिए ।
चिनियाँ टोली यसपटक सन्देश दिनभन्दा यहाँको वस्तुस्थिति बुझ्न केन्द्रित रहेको भेटमा सहभागी नेताहरूले बताएका छन् । उनीहरूले एमाले अध्यक्ष केपी ओलीदेखि रास्वपा वरिष्ठ नेता बालेन शाह, कांग्रेस पूर्वसभापति शेरबहादुर देउवासम्मका बारेमा छलफल गरेका थिए । उनीहरूसँग भने चिनियाँ नेताले भेट गरेनन् ।
‘हाम्रो उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँछ, त्यसले सरकार र शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछ, हामी वस्तुस्थिति बुझ्न आएका छौँ, यहाँका बारेमा माथिल्लो तहमा रिपोर्टिङ गर्छौँ,’ चिनियाँ नेता युयालाई उद्धृत गर्दै उनीसँग भेटमा सहभागी नेताले भने । यो समाचार आजको नयाँ पत्रिका दैैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: