काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्यालय बेइजिङको अन्तर्राष्ट्रिय विभागमा नेपाल मामिला डेस्क हेर्ने निर्देशक झेङ युया (सरला) र उनका सहयोगी लिउ आइतबार सिचुआनको छेन्दु हुँदै बेइजिङ फर्केका छन् ।
बिहीबार काठमाडौं आएका उनीहरूले निर्वाचनअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने जानकारी नेताहरूलाई गराएका छन् ।
बिहीबार काठमाडौं आएलगत्तै उनीहरूले रास्वपा सभापति रवि लामिछाने र विदेश विभाग प्रमुख शिखिर खनालसँग भेटवार्ता गरेका थिए । त्यसपछि कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. नारायण खड्का, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनी प्रधानमन्त्री हुँदाका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटा, एमाले नेता विष्णु रिमाल र विष्णु रिजाल, उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङ र राप्रपा नेता सोभित उप्रेतीसँग बेग्लाबेग्लै भेट गरेका थिए ।
‘नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे अध्ययनका लागि उहाँहरू आउनुभएको रहेछ । अहिलेको परिवेश, चुनाव, चुनावपछिको अवस्थालगायतका बारेमा अनौपचारिक छलफल भयो,’ रास्वपा नेता खनालले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच सम्बन्ध विस्तारबारे पनि छलफल भयो । हामीले एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्यायौँ ।’
उनीहरूले चुनावमार्पmत नेपालको राजनीतिक संक्रमण पार हुने र स्थिरतातर्फ नेपाल अघि जाने विश्वास व्यक्त गरेका छन् । चुनावपछि जोसुकै सत्तामा आए पनि उनीहरूसँग मित्रवत् सहकार्य गर्ने चिनियाँ प्रतिनिधिको भनाइ थियो । नेपाली भाषा बोल्ने दुवै नेताले नेपालका सबै पक्षसँग सम्बन्ध राम्रो रहेको र चिनियाँ कम्युनिस्ट पार्टीले सबै राजनीतिक शक्तिहरूसँग सम्बन्ध सुदृढ गर्न चाहेको पनि बताएका थिए । रास्वपा नेता खनालले भने, ‘उहाँहरू राजनीतिक दलसँग संवादका लागि आउनुभएको रहेछ ।’
उनीहरूसँग भेटेका अर्का नेपाली नेताले भने, ‘चिनियाँ नेताहरूले झापा ५ मा चुनाव कसले जित्छ भन्नेमा चासो राख्नुभयो । समग्रमा पहिलो पार्टी को बन्ला र दलहरूको अवस्था के होला भन्ने पनि चासो राख्नुभयो । सबैले आफ्नो अनुकूलताअनुसारको जवाफ दिएको बुझ्यौँ ।’ उनीहरूले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाबारे पनि चासो राखेका थिए ।
चिनियाँ टोली यसपटक सन्देश दिनभन्दा यहाँको वस्तुस्थिति बुझ्न केन्द्रित रहेको भेटमा सहभागी नेताहरूले बताएका छन् । उनीहरूले एमाले अध्यक्ष केपी ओलीदेखि रास्वपा वरिष्ठ नेता बालेन शाह, कांग्रेस पूर्वसभापति शेरबहादुर देउवासम्मका बारेमा छलफल गरेका थिए । उनीहरूसँग भने चिनियाँ नेताले भेट गरेनन् ।
‘हाम्रो उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँछ, त्यसले सरकार र शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछ, हामी वस्तुस्थिति बुझ्न आएका छौँ, यहाँका बारेमा माथिल्लो तहमा रिपोर्टिङ गर्छौँ,’ चिनियाँ नेता युयालाई उद्धृत गर्दै उनीसँग भेटमा सहभागी नेताले भने । यो समाचार आजको नयाँ पत्रिका दैैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: