Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

‘प्रदेश ३ को राजधानी नुवाकोट’

\"\" नुवाकोट । कुनै समय नेपालकै राजधानी नुवाकोटलाई अहिले ३ नं प्रदेशको प्रादेशिक राजधानी बनाउन यहाँका जनप्रतिनिधि र उद्योगी व्यवसायीले सक्रियता देखाएका छन् । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्रमा संयुक्त जारी गरेको ‘अपिलपत्र’मा ‘नुवाकोटलाई ३ नंं प्रदेशको राजधानी बनाउन पहल गर्ने’ भनी जनाइएको प्रतिबद्धता कार्यान्वयनका लागि पहल शुरु भएको प्रतिनिधिसभा सदस्य क्षेत्र नंं २ बाट नवनिर्वाचित सांसद नारायणप्रसाद खतिवडाले बताए । “पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेपछि गोरखा राज्यको राजधानी बनाएर नेपाल एकीकरणको सबै काम पूरा गरेका थिए, विसं १८५७ मा पनि गीर्वाणयुद्धविक्रम शाहका पालामा दोस्रो पटक पुनः नेपालको राजधानी नुवाकोट बनाइएकाले गुमेको अधिकार प्राप्त गर्न प्रदेशको राजधानी दाबी गरिएको क्षेत्र नंं २ (क) बाट नवनिर्वाचित प्रदेश सदस्य केशवराज पाण्डेले बताए । पाण्डेले भने “तेह्र जिल्ला सम्मिलित तीन नंं प्रदेशको बहुमत जनसंख्या र भूगोलको केन्द्रबिन्दु यहीँ पर्ने भएकाले अरु जिल्लाको साथ पनि नुवाकोटको पक्षमा हुने विश्वास लिएका छाँै ।” नुवाकोट बाहिरी जिल्लासँग यायायात सञ्जालमा जोडिएको छ । रसुवा प्रवेशको नाका यहीँ रहेको छ । यहाँबाट नै त्रिशूली–छहरे–टोखा, बालाजु–ककनी–त्रिशूली र गल्छी–त्रिशूली सडक सञ्चालनमा छन् । अन्तरराष्ट्रिय मार्गका रुपमा रसुवागढी–गल्छी–ठोरी सडक, केरुङ–काठमाडौँ राजमार्ग तथा केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग सञ्चालनमा समेत नुवाकोटको भूमि प्रयोगमा आउने भएकाले प्रदेश केन्द्रका लागि बलियो आधार रहेको क्षेत्र नंं १ ९क०बाट नवनिर्वाचित प्रदेश सदस्य राधिका तामाङले बताउनुभयो । “ रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुर र भक्तपुरको लागि सहज पहुँच नुवाकोट छ”, तामाङले भन्नुभयो “टोखा–छहरे सुरुङ मार्ग निर्माणले ४।६ किलोमिटरमा केन्द्रीय राजधानी काठमाडाँैलाई जोड्न लागिएकाले अरु जिल्लासँगको तुलनामा नुवाकोट उत्कृष्ट छनोट हुन सक्छ ।” पहाडी जिल्ला भए पनि नुवाकोटको भूगोल तराईका फाँटसरह रहेका छन् । यहाँको हावापानी सबै जातिका लागि अनुकूलित भएको क्षेत्र नंं १ (ख) बाट नवनिर्वाचित प्रदेशसभा सदस्य बद्री मैनालीको भनाइ छ । “यहाँ भित्री मधेशजस्तो अति तातो र पहाडी एवं हिमाली भूभाग जस्तो चिसो छैन, यसको विकल्प अरु जिल्लासँग छैन”, उनको जिकिर छ। प्रदेश राजधानी निर्माणका लागि जिल्लाका पीपलटार, माझीटार, बट्टार, विदुर हँुदै ऐतिहासिक साततले दरबार परिसरसम्म, देवीघाट, जिलिङ, रातमाटे हुँदै कोल्पुटारसम्म र ढिकुरे हुँदै थानसिंहको समथरफाँटसम्म भौतिक संरचना निर्माण र शहरी विकास दुवैका लागि पर्याप्त जग्गा छन् । निर्माणाधीन केन्द्रीय कारागार, स्टाफ कलेजका लागि सम्भावित स्थान छनोटको तयारी, पूर्वराजपरिवारको नाममा रहेर हाल राष्ट्रियकरण गरिएको २३२ रोपनी खुला जग्गा नयाँ शहर निर्माणको पर्याप्त आधार हुन् । “मुलुकभरका अपराधी राख्ने कारागार र उपत्यकाको फोहर फ्याँक्ने डम्पिङ क्षेत्र यहाँ छन्, आवश्यक मापदण्ड पूरा हुँदासमेत ३ नं प्रदेशको राजधानी नुवाकोट किन नहुने ?” मैनालीको प्रश्न छ । तीन नंं प्रदेशमा वाम गठबन्धनले स्पष्ट बहुमत पाएकाले सरकार पनि उसैको हुने निश्चित छ । यहाँको विकासका लागि भारतसँग भन्दा पनि चीनसँगको सामीप्यता र ‘कनेक्टिभिटी’ अर्थपूर्ण हुने क्षेत्र नंं २ (ख) बाट नवनिर्वाचित प्रदेशसभा सदस्य हीरानाथ खतिवडाको भनाइ छ । “४ नंं प्रदेशबाहेक अरु प्रदेशको राजधानी भारतीय सीमा नजिक हुने देखिएकाले चीनसँग रणनीतिक लाभ लिन ३ नं प्रदेशको केन्द्र यहाँ तोक्न सबैको समर्थन हुनेछ” उनको विश्वास छ । नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाले नुवाकोटलाई प्रदेशको राजधानी बनाउन भौगोलिक अवस्था, पानी, बिजुली र यातायातको पहुँच राम्रो भएको बताए । “यहाँ प्रशस्त बेँसी र टार, त्रिशूली, तादी र लिखुलगायतका नदीको स्रोत, विद्युत् उत्पादनको लागि ‘हब’, केरुङ–ठोरी मार्ग, चीन र भारत दुवैतिरबाट इन्धन ल्याएर भण्डारण गर्न सक्ने स्थल रहेकाले प्रदेशलाई बलियो बनाउने भूमि नुवाकोट नै हो” उनले भने । पर्यटन व्यवसायी सुमन पाण्डेका अनुसार भोटसन्धि र तिब्बती सेनासँगको युद्धमा विजय प्राप्त गरी सामरिक महत्व बोकेको नुवाकोटमा धार्मिक र पर्यटन प्रवद्र्धन गर्नसमेत सम्भावना पर्याप्त छ । “जालपादेवी, भैरवी, दुप्चेश्वर– कपिलेश्वर– चिम्टेश्वर महादेव, वेत्रावती उत्तरगया धाम, रसुुवाको गोसाइँकुण्ड धार्मिक पर्यटकस्थलको ढोका नुवाकोट नै हो”, पाण्डेले भने “ नेपाल–चीन–भारत जोड्ने थलो नुवाकोट रहेको छ, त्रिशूली नदीमा ¥याफ्टिङ, ककनीमा रमाइलो लिन र ककनीका छहरामा छाँगारोहण गर्न आकर्षण बढ्दैछ, नुवाकोट दरबार परिसरबाट प्याराग्लाडिङ गर्न सकिन्छ, लाङटाङ पदमार्गसमेत यहीँ हँुदै जाने भएकाले खेल र साहसिक पर्यटन क्षेत्रका सम्भावना यहाँ पाइन्छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending