Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

राष्ट्रियसभा गठनमा किन भएन सहमति ? यसो भन्छन् प्रमुख दलका शीर्ष नेता

\"\"काठमाडौं । राष्ट्रियसभा गठन निर्वाचन प्रणालीमा सहमति जुटाउन बसेको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख पाँच दलका शीर्ष नेताको बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनसम्बन्धी विषयमा छलफल भएको थियो । बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा रहेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘विवाद कायमै छ, हामीले हाम्रो धारणा राख्यौँ,’ उनले भने, ‘राष्ट्रपति कार्यालयमा सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि मात्र प्रतिनिधिसभाको निर्वाचन पूर्णरुपमा सम्पन्न हुने र नयाँ सरकार गठनको बाटो खुल्छ ।’ नेकपा एमाले बाहेक अरु पार्टी एकल संक्रमणीय प्रणालीमा सहमत भएको जानकारी गराउँदै उनले वर्तमान सरकारले सत्ता हस्तान्तरण गर्ने बाटो खोल्न कांग्रेसले बैठकमा आग्रह गरेको बताए । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा सहमतिका लागि आग्रह गर्नुभएको र त्यसमा सहमति जुट्न नसकेको जानकारी दएनुभयो । यसबाहेक बैठकमा अध्यादेशमा रहेको निर्वाचन प्रणाली वर्तमान संविधानअनुसार लागू गर्न देखिएका चुनौती र निर्वाचनको जनादेशपछि नयाँ सरकार गठनका बारेमा पनि बृहत्रुपमा छलफल भएको नेता श्रेष्ठले बताए। पाँच दलको बैठकअघि प्रमुख सत्तारुढ दल काँग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरमको संयुक्त बैठक बसेर तीन दलले एकल संक्रमणीय निर्वाचन प्रणालीमा एकमत जनाएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए। बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending