Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

फेरि बस्ने गरी सकियो माअाेवादीको बैठकः यस्तो भयो छलफल

\"\"काठमाडौं । साेमबार बसेकाे माअाेवादी केन्द्रकाे बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएकाे विवादकाे समाधान राजनीतिक सहमतिमा खाेज्नुपर्ने निष्कर्ष निकालेकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे कार्यालयकाे बैठकमा यस्ताे निष्कर्ष निकालिएकाे हाे । “राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हाे। यसलाई राजनीतिक सहमतिकै अाधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेकाे छ। शीर्ष नेताहरु बसेर सहमति खाेज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं” बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् । सरकार निर्माण र पार्टी एकताको कुरा सँगसँगै हुनुपर्ने बैठकले निश्कर्ष निकालेको भुसालले बताइन् । बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकाेमा खुसी व्यक्त गर्दै निर्वाचन अायाेग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियाेग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेकाे छ। साेमबार बसेकाे बैठकले बाम गठबन्धन बनाएर चुनावमा हाेमिदा परिणाम सकारात्मक अाएकाे भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमाेदन गरेकाे निष्कर्ष निकालेकाे छ। बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेकाे छ। “जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमाेदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले राेकेर राेकिँदैन” प्रवक्ता भुसालले भनिन्। समानुपातिकमा माअाेवादी केन्द्रकाे कम मत अाउनुमा ६०% स्थानमा उम्मेद्वार नहुनु र समानुपातिक तर्फकाे व्यवस्थित प्रचार नहुनु मूख्य कारण रहेकाे पनि प्रवक्ता भुसालले जानकारी दिए । माअोवादी केन्द्रका नेता देवेन्द्र पाैडेलले करिब एक सातापछि फेरि बैठक बसेर छलफल गर्ने गरी बैठक सकिएको खबरडबलीलार्इ जानकारी दिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending