विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवात गर्छन् । अघिल्लो वर्ष इलाम–१ को उपनिर्वाचनका क्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म लारुम्बा पुगेका थिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि दिवंगत एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङसम्मका शीर्ष नेताहरूले चुनावी ‘जित सुनिश्चित’ गर्न लारुम्बा पुग्ने परम्परा दशकौँदेखि कायम छ । एमाले अध्यक्ष केपी शर्मा ओली त हरेक वर्ष नै धर्मगुरुसँग आशीर्वाद लिन लारुम्बा जाने गरेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनका बेला ओली पूर्वसभामुखसहित त्यहाँ पुगेका थिए ।
यसै क्रममा झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह धर्मगुरु आत्मनन्दको ‘चरण’मा पुगेका छन् । आठौँ पटक सोही क्षेत्रबाट उम्मेदवार बनेका ओलीभन्दा अघि नै बालेन्द्रले लारुम्बा पुगेर भेटघाट पूरा गरेपछि राजनीतिक वृत्तमा थप चासो पैदा भएको छ ।
माङ्सेबुङ–लारुम्बा क्षेत्रलाई राजनीतिकर्मीहरूको तीर्थस्थलजस्तै मानिन्छ । धर्मगुरु आत्मनन्द लिङ्देनको आशीर्वाद लिनु यहाँको चुनावी संस्कृतिको अघोषित तर निरन्तर अभ्यास बनेको छ । अब यही परम्परामा बालेन्द्र पनि नयाँ हिस्सेदार बनेका छन् ।
लारुम्बा लामो समयदेखि पूर्वी पहाडको राजनीतिक परम्परामा एक महत्त्वपूर्ण ‘धार्मिक शक्ति केन्द्र’को रूपमा स्थापित छ । स्थानीय समुदाय, धार्मिक आस्था र चुनावी मनोविज्ञानबीचको सम्बन्ध यति गहिरो छ कि उम्मेदवारहरूका लागि धर्मगुरुसँगको भेटघाट चुनावी अभियानको अनौपचारिक शुभारम्भसरह मानिन्छ ।
किरात धर्मगुरु आत्मनन्द लिङ्देनका अनुयायी इलामका फाकफोकथुम, माङ्सेबुङ, माई, देउमाई र चुलाचुलीमा मात्र सीमित छैनन् । उनीहरूको प्रभाव झापा–५ मा पनि उल्लेख्य छ, जहाँ यसपटक पूर्वप्रधानमन्त्री ओली र बालेन्द्र शाह आमनेसामने छन् ।
यही प्रभावका कारण दशकौँदेखि यस क्षेत्रमा चुनाव लड्ने प्रमुख नेताहरू लारुम्बा पुगेर आशीर्वाद लिने परम्परालाई ‘चुनावी शुभ संकेत’को रूपमा लिँदै आएका छन् । विशेषतः ओली त हरेक पटक उम्मेदवार बन्दा लारुम्बा पुग्ने गरेका छन् ।
यसपटक भने ओलीलाई बालेन्द्रले ‘उछिने’का छन् । झापा–५ मा मनोनयन दर्ता गरेकै दिन बालेन्द्र लारुम्बा पुगेर धर्मगुरुसँग भेटघाट गरेका थिए । भेटका क्रममा उनले भनेका थिए,
‘आशीर्वाद लिन आएको हुँ, देशको सेवा गर्न पाऊँ ।’
जवाफमा धर्मगुरु आत्मनन्दले भने, ‘प्रधानमन्त्री भएर मेरो घरमा आउनू ।’
कोशी प्रदेशको नामकरणका कारण पहिचानवादी समुदायमा अझै असन्तोष कायम छ । किरात समुदाय विशेषतः असन्तुष्ट देखिन्छ । धर्मगुरु आत्मनन्द स्वयंले पनि नामकरण प्रक्रियाप्रति आलोचनात्मक धारणा सार्वजनिक गर्दै आएका छन् । यस्तो पृष्ठभूमिमा बालेन्द्रको लारुम्बा यात्रा र धर्मगुरुसँगको निकटता राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
झापा–५ मा उम्मेदवारी दर्तापछि बालेन्द्र लारुम्बामै सीमित रहेनन् । उनी ताप्लेजुङको पाथिभरा र त्यसअघि जनकपुरको राम–जानकी मन्दिर पुगेर पनि दर्शन गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...
माघ १४ गते, २०८२ - २०:३२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लेटफर्ममार्फ...
माघ १४ गते, २०८२ - २०:१२
काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूल...
माघ १४ गते, २०८२ - २०:०९
तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ। बसको केह...
माघ १४ गते, २०८२ - १९:५४
विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवा...
माघ १४ गते, २०८२ - १९:५०
निर्वाचनको औपचारिक गठबन्धन नभएपनि भित्रभित्रै ‘भोट साटासाट’ सुरु
माघ १४ गते, २०८२ - १९:३७
राजविराज । सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी टाँगिएका चुनाव चिन्ह उल्लेखित तोरण, झण्डा, पोस्टरलगायत प्रचार सामग्री २४ घण्टाभित्र हटाउने सहमति ...




प्रतिकृया लेख्नुहोस्: