Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गणपति डिलक्स बसको उत्खनन स्थगित

खबरडबली संवाददाता

तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ। बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न समस्या भएपछि काम रोक्ने निर्णय गरिएको हाे । 

उत्खनन सुरु भएको १७औँ दिनमा स्थगित गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए । बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न समस्या भएपछि काम रोक्ने निर्णय गरिएको उनले बताए।

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो। बसको भित्री भागबाट मानव कङ्काल भेटिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

२०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस नदीमा हराएको थियो। उक्त बस गत पुस २६ गते तनहुँतर्फ नदी किनारमा भेटिएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: