Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

भारतीय ‘आँखा’ बाटै नेपाल हेर्छन् शक्ति मुलुक

\"\"काठमाडाैं । नेपाललाई दक्षिणी छिमेकी भारतको ‘आँखा’ बाट हेर्ने पश्चिमा र शक्ति मुलुकहरुको नीतिमा खासै परिवर्तन देखिएको छैन । ती मुलुकहरु नेपालमा आफ्नो दूतावास राखेर दुईपक्षीय कूटनीतिक सम्बन्धलाई महत्व दिएको दाबी गरिरहे पनि नेपाल हेर्ने दृष्टिकोणमा भने भारतकै मुख ताक्छन् । नेपाल भ्रमणमा आउँदा पहिले नयाँ दिल्ली ओर्लने होस् या काठमाडौं भ्रमण गरेपछि नयाँ दिल्ली पुगेर मात्र स्वदेश फर्कने गतिविधि हुन्, वा बधाई सन्देश र धारणामा होस्, भारतीय कूटनीतिज्ञको भनाइपछि मात्र आफ्नो अभिव्यक्ति राख्ने ती मुलुकहरुको शैली बदलिएको छैन । यसको प्रस्ट सन्देश हो-उनीहरु अझै भारतीय ‘आँखा’ बाट टाढा हुन सकेका छैनन् ।’ अाजकाे कान्तिपुरमा खबर छ-नेपालमा साना घटना हुँदा पनि बक्तब्य जारी गरिहाल्ने युरोपियन र अमेरिकनहरुले संघीयता लागू गर्ने र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सकिएको एक सातापछि तीन मुलुकले मात्र वक्तव्य जारी गरे । विदेश मन्त्रालयमा नियमित हुने पत्रकार सम्मेलनमा नेपालबारे जिज्ञासा राखेपछि बल्ल छिमेकी भारतले आफ्नो धारणा दियो । अन्यथा निर्वाचनको विषयमा भारत चुप रहदै आयो । भारत चुप रहेको कारण होला, अन्य पश्चिमा र अमेरिकाले पनि धारणा दिन आवश्यक ठानेनन् । भारतका काठमाडौंस्थित दूतावासका अधिकारीलाई जिज्ञासा राख्दा उनीहरुले भनेका थिए, ‘हामी चुप हुदा नि गाह्रो नहुदा नि गाह्रो †’ यतिबेला काठमाडौंमा रहेका पश्चिमा दूतावासहरु पनि दिल्ली सर्दै गएका छन् । यहाँबाट उपलब्ध हुने सुविधा दिल्ली पुर्‍याउनु, दूतावासको आकार घटाउनु पनि भारतीय प्रभावमा उनीहरु भुल्नु नै हो । संविधान कार्यावन्यनको महत्वपूर्ण खुडकिलाका रूपमा लिइएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुनेवित्तिकै मित्र मुलुकहरुबाट बधाई तथा शुभकामना सन्देश आउने अपेक्षा सरकारको थियो । तर, त्यस्तो भएन । अझै पनि आएको छैन । किन आउन सकेन शुभकामना भन्नेमा प्रधानमन्त्री कार्यालयले चासो ब्यक्त गरेको छ । नेपालको आन्तरिक मामिलामा विदेशी नबोल्नु राम्रो हो, तर महत्वपूर्ण खुडकिलोमा विदेशी सदभाव आवश्यक पर्छ । निर्वाचनलाई नियाल्न समेत यहाँस्थित राजदूत र दूतावासका अधिकारीहरु हिंडे । त्यसमा तत्परता पनि देखाए । तर, उनीहरुले निर्वाचनबारे धारणा सार्वजनिक गरेनन् । ती मुलुकबाट आएका पर्यवेक्षकले मात्र निर्वाचन सफल भएको धारणा ब्यक्त गरे । निर्वाचन सकिएको तीन दिनपछि संयुक्त राष्ट्रसंघले निर्वाचनको प्रशंसा गरेको थियो । राष्ट्रसंघको बधाई आएको केही दिनपछि मंसिर २८ मा भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता श्रीरविस कुमारले नेपालको निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सरकारलाई बधाई दिएका थिए । उनले अब नेपालमा राजनीतिक स्थायित्व हुने अपेक्षा व्यक्त गर्दै नयाँ सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको धारणा राखेका थिए । भारतीय धारणा आएको भोलिपल्ट मात्र शक्ति मुलुक अमेरिकाले नेपालको निर्वाचनको प्रशंसा ब्यक्त गर्दै नयाँ सरकारसँग काम गर्न आतुर रहेको बतायो । अमेरिकी दूतावासबाट मंसिर २९ मा जारी विज्ञप्तिमा भनियो, ‘निर्वाचन सफल पार्न भूमिका निर्वाह गर्ने सबै पक्षलाई बधाई छ । स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापनलाई अमेरिकाले नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोसेढुंगा ठानेको छ ।’ त्यसलगत्तै जापानी राजदूतले एमाले अध्यक्ष केपी ओलीलाई नै भेटेर शुभकामना दिए । सोमबार उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटदै छन् । तर, अर्को छिमेकी चीनले अझै बधाई दिएको छैन । आइतबार कार्यालय समयसम्म चीन र युरोपेली मुलुकको बधाई आएको छैन । नेपालमा भारतको प्रभाव कम हुँदै गएको समीक्षा भइरहेका बेला कूटनीतिमा भारतीय प्रभाव थप बलियो हुदै गएको यो घटनाले देखाउछ । भारतीय प्रभाव उसकै कारणले भन्दा पनि अन्य मुलुकका कारण बलियो हुदै गएको पनि एकथरी विज्ञहरुको धारणा छ । भारतमा रहेका ८३ भन्दा बढी मुलुकका दूतावासले नेपाल हेर्ने गरेका छन् । भारत पनि चीन र रसियासँग आफ्नो निकटता र सहकार्य बढाउदै छ, अमेरिका भने भारत, अस्ट्रेलिया र जापानसँगको सहकार्य सँगसँगै बढाइरहेको छ । यसरी बढो भारतको कूटनीतिक सबलतामा नेपालको कूटनीति निरीहजस्तो झल्कदै छ । नचाहिँदो विषयमा वक्तब्य दिने मुलुकले यस्तो विषयमा किन धारणा राखेनन् भन्नेमा हाम्रा कूटनीतिज्ञले गहिरो अध्ययन गर्नुपर्ने देखिएको छ । २१ नोभेम्बरमै निर्वाचन शान्तिपूर्वक सम्पन्न भए पनि भारतले आफ्नो धारणा दिएको भोलिपल्ट शक्तिमुलुक अमेरिकाको धारणा आउनु कुनै संयोग पक्कै होइन । ‘भारतको धारणा पर्खने उनीहरुको प्रवृत्ति अझै छुटेको छैन । उनीहरुले आफ्नो धारणा पहिले नै तय गरेको भए पनि भारतले के भन्छ र केही थपघट गरौंला भनेर बस्छन् नै,’ परराष्ट्र अधिकारी भन्छन्, ‘यसमा नेपालको कूटनीतिक कमजोरी हुन सक्छ । खासगरी यो भारतीय कूटनीतिका अगाडि हामी ओझेलमा परेको संकेत हो ।’ ती अधिकारीले नेपालले राजनीतिक स्थिरतासँगै कूटनीतिक गाम्भिर्य बढाउन आवश्यक रहेको औंल्याए । राजनीतिक नेतृत्वले नै कूटनीतिक मामिलामा बढी ध्यान दिन आवश्यक रहेको र दलभित्र पनि कूटनीतिक रुपमा कुशल व्यक्तिलाई माथि उठाउन आवश्यक रहेको ती अधिकारीको भनाइ छ । अमेरिकी राजदूत अलैना वि टेप्लिट्जले राजदूतका रुपमा नेपाल आएको केही दिनमै भनेकी थिइन्, ‘मैले धेरै ठाउँमा एउटा जिज्ञासा बढी नै पाउने गरेको छु । किन अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेर्छ ?’ यो प्रश्नमा उनको जवाफ थियो, ‘हामीले भारतको आँखाबाट हेर्ने भए नेपालमा किन दूतावास राख्थ्यौं ? नेपाल र अमेरिकाबीच आफ्नै प्रकारको सम्बन्ध छ । यसलाई बढाउन हामीले मिलेर काम गर्ने हो ।’ उनले भनाइलाई राजनीतिक मुख्य घटनामा पनि भारतपछि मात्र अमेरिकाको धारणा आउनुले फिका बनाएको देखिन्छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले विदेशीले निर्वाचनको स्वागत गर्न किन कन्जुस्याइँ गरेका हुन्, आफूलाई जानकारी नभएको बताए । ‘नेपाल एउटा चरणबाट राजनीतिक स्थायित्वको चरणतिर लागेको अवस्थामा सम्पन्न निर्वाचनमा उनीहरुले नेपालको सराहना गर्नै पर्ने थियो,’ डा. भट्टराईले भने, ‘हामीले किन गरेनौ भन्न मिलेन तर गरेका छैनन् । यसमा हाम्रा राजदूतहरुको प्रभाव पनि रहन्छ कि उनीहरु कत्तिको सक्रिय र सबल रहे ?’ दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेले पनि अझै शक्ति मुलुक तथा पश्चिमाहरुले नेपालको मामिलामा छिमेकी भारतको धारणा पर्खने गरेको बताउँछन् । ‘यो उनीहरुको परिपक्व र हाम्रो कमजोर कूटनीतिको कारण हुन सक्छ,’ उनले भने, ‘हाम्रा राजनीतिक दलले कूटनीतिक क्षेत्रलाई महत्व दिएको पाइँदैन । हामी आन्तरिक मामिलामा नै बढि केन्द्रित छौं । आन्तरिक मामिला अब्बल नभै बाह्य मामिला बलियो हुन सक्दैन ।’ परराष्ट्र मन्त्रालयले भने नेपालको निर्वाचनमा विदेशीको धारणा आउन आवश्यक नरहेको बताएको छ । परराष्ट्र अधिकारीले भने, ‘हामीले हाम्रो निर्वाचन सफल पार्‍यौं, त्यसमा किन विदेशीको सदभाव र प्रशंसा आवश्यक पर्‍यो ?’ ती अधिकारीको यस्तो भनाइले आफ्नो कमजोरी लुकाउन खोजेको स्पष्ट झल्कन्थ्यो । अनि तिनै अधिकारी आफ्नो भनाइमै विरोधाभाष हुने गरि भन्दै थिए, ‘राष्ट्रसंघ, भारत र अमेरिकाको शुभकामना आइसकेको छ, अन्यको पनि आउला नि ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending