Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

संसदीय व्यवस्थामा प्रधानमन्त्री उम्मेदवार घोषणा नौलो होइन, कांग्रेसभन्दा नयाँ पार्टी छैन : गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय व्यवस्थामा निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने अभ्यास विश्वव्यापी रूपमा स्थापित भइसकेको बताएका छन्। भारतसहित विभिन्न देशमा संसदीय प्रणाली हुँदाहुँदै पनि प्रि–इलेक्सन अलायन्समार्फत प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गर्ने अभ्यास भइरहेको उल्लेख गर्दै उनले यो विषयलाई नौलो रूपमा बुझ्न नहुने स्पष्ट पारे।

पार्टीभित्र पछिल्लो समय उठेका बहसहरूलाई सम्बोधन गर्दै सभापति थापाले नेपालमा पनि यसअघि यस्तो अभ्यास भइसकेको स्मरण गराए। “०५६ सालमा हामीले अभ्यास गर्‍यौँ, ०१५ सालमा बीपी कोइरालालाई जननायकका रूपमा अघि सारेरै चुनावमा गएका थियौँ,” उनले भने, “अघिल्लो चुनावमा एमालेले जिते केपी ओली र कांग्रेसले जिते शेरबहादुर देउवा प्रधानमन्त्री हुने बुझाइ पनि स्वाभाविक नै थियो।”

पार्टीभित्रको एकता र सूची व्यवस्थापनबारे बोल्दै थापाले आफू सभापति बनेपछि समान व्यवहारलाई प्राथमिकता दिएको बताए। “नयाँ सभापति भएर आएँ भन्दैमा माथिकोलाई तल र तलकोलाई माथि पार्नु उचित हुँदैन भन्ने लाग्यो,” उनले भने, “सबै साथीहरू एउटै घरका हौँ भन्ने विश्वासका आधारमा अघि बढेको हुँ।”

थापाले नेपाली कांग्रेसलाई नेपालको सबैभन्दा “नयाँ पार्टी” को संज्ञा दिँदै बदलिँदो समय र नागरिकको भावनालाई आत्मसात गर्ने क्षमता कांग्रेससँग मात्र रहेको दाबी गरे। “कतिपय पार्टी आफूलाई नवीकरण गर्न सकेनन्, कतिपय चुनावका लागि मात्रै बने,” उनले भने, “जेन–जी आन्दोलनमा व्यक्त भावनालाई आत्मसात गरेर आफूलाई बदल्ने पार्टी कांग्रेस हो।”

उनले पार्टीको मुख्य चुनौती भनेको यो सन्देश नागरिक तहसम्म पुर्‍याउन सक्नु र पार्टीभित्र एकता कायम राख्नु रहेको बताए। “अधिवेशनका तीतामिठा कुरा बिर्सिएर फागुन २१ सम्म एकढिक्का भएर अघि बढ्यौँ भने कांग्रेस सानदार ढंगले निर्वाचन जित्छ,” थापाको भनाइ थियो।

सभापति थापाले कांग्रेसको ऐतिहासिक भूमिकालाई स्मरण गराउँदै संकटका बेला सधैं मध्यस्थता र समन्वयको भूमिका खेलेको बताए। “राज्य सेना र माओवादी सेनाबीच भिडन्त हुँदा कांग्रेसले मिलायो, जातीय र क्षेत्रीय द्वन्द्वमा सबैलाई सम्हाल्यो,” उनले भने, “आज पनि जेन–जी र पुरानो पुस्ताबीचको तनावलाई कांग्रेसले नै सम्हाल्छ।”

उनले आरोप–प्रत्यारोपको राजनीतिभन्दा माथि उठेर सबैलाई सँगै लिएर अघि बढ्ने कांग्रेसको चरित्र रहेको उल्लेख गरे। “चिच्याउनेको आवाज ठूलो हुन्छ, सम्हाल्नेको आवाज सानो हुन्छ,” उनले भने, “तर देशलाई जोगाउने काम त्यही सानो आवाजले गर्छ।”

अन्त्यमा सभापति थापाले दलहरूकै कारण कुशासन र भ्रष्टाचार बढेको नागरिकको आह्वानलाई स्वीकार गर्दै कांग्रेस अब भ्रष्टाचारमुक्त र कुशासनमुक्त देश बनाउने संकल्पका साथ अघि बढेको बताए। “नेता मात्रै होइन, राजनीतिको शैली बदल्नुपर्छ,” उनले भने, “कांग्रेस यही परिवर्तनको संकल्प बोकेर जनतामाझ गएको छ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय व्यवस्थामा प्रधानमन्त्री उम्मेदवार घोषणा नौलो होइन, कांग्रेसभन्दा नयाँ पार्टी छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय व्यवस्थामा निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने अभ्यास विश्वव्यापी रूपमा स्थापित भइ...

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी  हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।...

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च  भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।  हिमपात भएपछि गहुँलगाय...

बारामा मध्यराति आमाछोराको हत्या, ससुराबुहारी गम्भीर घाइते

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मध्यराति अज्ञात व्यक्तिको आक्रमणबाट आमाछोराको हत्या भएको छ भने ससुराबुहारी गम्भीर घाइते भएका छन्। ...

कांग्रेस सभापति मधेश झरेपछि बढेको चुनावी तापक्रम

काठमाडौं । ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्...

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँद...

पछिल्लाे २४ घण्टामा देशभर १६ आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्का २० घटना भएका छन् ।...

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका...

‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । मंगलबार सर्वोच्...

प्रतिनिधिसभा निर्वाचन- आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending