काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय व्यवस्थामा निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने अभ्यास विश्वव्यापी रूपमा स्थापित भइसकेको बताएका छन्। भारतसहित विभिन्न देशमा संसदीय प्रणाली हुँदाहुँदै पनि प्रि–इलेक्सन अलायन्समार्फत प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गर्ने अभ्यास भइरहेको उल्लेख गर्दै उनले यो विषयलाई नौलो रूपमा बुझ्न नहुने स्पष्ट पारे।
पार्टीभित्र पछिल्लो समय उठेका बहसहरूलाई सम्बोधन गर्दै सभापति थापाले नेपालमा पनि यसअघि यस्तो अभ्यास भइसकेको स्मरण गराए। “०५६ सालमा हामीले अभ्यास गर्यौँ, ०१५ सालमा बीपी कोइरालालाई जननायकका रूपमा अघि सारेरै चुनावमा गएका थियौँ,” उनले भने, “अघिल्लो चुनावमा एमालेले जिते केपी ओली र कांग्रेसले जिते शेरबहादुर देउवा प्रधानमन्त्री हुने बुझाइ पनि स्वाभाविक नै थियो।”
पार्टीभित्रको एकता र सूची व्यवस्थापनबारे बोल्दै थापाले आफू सभापति बनेपछि समान व्यवहारलाई प्राथमिकता दिएको बताए। “नयाँ सभापति भएर आएँ भन्दैमा माथिकोलाई तल र तलकोलाई माथि पार्नु उचित हुँदैन भन्ने लाग्यो,” उनले भने, “सबै साथीहरू एउटै घरका हौँ भन्ने विश्वासका आधारमा अघि बढेको हुँ।”
थापाले नेपाली कांग्रेसलाई नेपालको सबैभन्दा “नयाँ पार्टी” को संज्ञा दिँदै बदलिँदो समय र नागरिकको भावनालाई आत्मसात गर्ने क्षमता कांग्रेससँग मात्र रहेको दाबी गरे। “कतिपय पार्टी आफूलाई नवीकरण गर्न सकेनन्, कतिपय चुनावका लागि मात्रै बने,” उनले भने, “जेन–जी आन्दोलनमा व्यक्त भावनालाई आत्मसात गरेर आफूलाई बदल्ने पार्टी कांग्रेस हो।”
उनले पार्टीको मुख्य चुनौती भनेको यो सन्देश नागरिक तहसम्म पुर्याउन सक्नु र पार्टीभित्र एकता कायम राख्नु रहेको बताए। “अधिवेशनका तीतामिठा कुरा बिर्सिएर फागुन २१ सम्म एकढिक्का भएर अघि बढ्यौँ भने कांग्रेस सानदार ढंगले निर्वाचन जित्छ,” थापाको भनाइ थियो।
सभापति थापाले कांग्रेसको ऐतिहासिक भूमिकालाई स्मरण गराउँदै संकटका बेला सधैं मध्यस्थता र समन्वयको भूमिका खेलेको बताए। “राज्य सेना र माओवादी सेनाबीच भिडन्त हुँदा कांग्रेसले मिलायो, जातीय र क्षेत्रीय द्वन्द्वमा सबैलाई सम्हाल्यो,” उनले भने, “आज पनि जेन–जी र पुरानो पुस्ताबीचको तनावलाई कांग्रेसले नै सम्हाल्छ।”
उनले आरोप–प्रत्यारोपको राजनीतिभन्दा माथि उठेर सबैलाई सँगै लिएर अघि बढ्ने कांग्रेसको चरित्र रहेको उल्लेख गरे। “चिच्याउनेको आवाज ठूलो हुन्छ, सम्हाल्नेको आवाज सानो हुन्छ,” उनले भने, “तर देशलाई जोगाउने काम त्यही सानो आवाजले गर्छ।”
अन्त्यमा सभापति थापाले दलहरूकै कारण कुशासन र भ्रष्टाचार बढेको नागरिकको आह्वानलाई स्वीकार गर्दै कांग्रेस अब भ्रष्टाचारमुक्त र कुशासनमुक्त देश बनाउने संकल्पका साथ अघि बढेको बताए। “नेता मात्रै होइन, राजनीतिको शैली बदल्नुपर्छ,” उनले भने, “कांग्रेस यही परिवर्तनको संकल्प बोकेर जनतामाझ गएको छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: