काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । विमानमा उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारीसमेत सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको बताइएको छ ।
बारामती आसपास विमान अवतरण गर्ने प्रयासकै क्रममा दुर्घटना भएको जनाइएको छ । यो क्र्यास ल्यान्डिङ थियो वा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो भन्ने विषयमा हालसम्म आधिकारिक पुष्टि हुन सकेको छैन ।
दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विमानमा आगलागी भएको र बाक्लो धुवाँ उडिरहेको देखिन्छ । विमानका जलेका टुक्राहरू आसपास छरिएका छन् ।
घटनास्थलमा स्थानीय बासिन्दा, उद्धार टोली, एम्बुलेन्स तथा मेडिकल टोली परिचालित गरिएको छ । स्थानीय प्रशासनले उद्धार तथा उपचार कार्य तीव्र बनाएको जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - ११:५५
डडेल्धुरा। पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर...
माघ १५ गते, २०८२ - ११:४५
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति अपनाएको छ। उपसभापति व...
माघ १५ गते, २०८२ - ११:१६
काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्...
माघ १५ गते, २०८२ - ११:०८
महोत्तरी। महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेक...
माघ १५ गते, २०८२ - १०:५१
सप्तरी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छ...
माघ १५ गते, २०८२ - १०:४१
मुम्बई । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ। उहाँ ६६ वर्षका हुनुहुन्थ्यो। बिहान करिब ८:४५ बजे मुम्बईबाट...
माघ १५ गते, २०८२ - १०:३४
बागलुङ। मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्ष...
माघ १५ गते, २०८२ - १०:२०
काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थ...
माघ १५ गते, २०८२ - १०:०८
धनकुटा। नेपाली कम्युनिष्ट पार्टी धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभामा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउने भएका छन् । नेकपा माओवादी क...
माघ १५ गते, २०८२ - ०९:५३
जाजरकोट। सँगै घुम्न गएका बेला जिल्लाको जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या गरिएको आरोपमा तीन जना साथीलाई पक्राउ गरिएको छ । जिल...




प्रतिकृया लेख्नुहोस्: