Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

चुनाव नेपालको, प्रचार चीनको

\"\"काठमाडा‍ैं । वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन्। अधिकांश मिडियाले नेपालमा अब बन्ने वाम सरकारको माध्यमबाट चिनियाँ वर्चस्वको अझै तीव्र विस्तार हुने जिकिर गरेका छन्। लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको नारा दिएर स्पष्ट बहुमत पाएको एमाले-माओवादी गठबन्धनप्रति उनीहरुको आशा र आशंका दुवै प्रकट छ । आजको अन्नपूर्णमा खबर छ-‘द इकोनोमिस्ट’ म्यागजिनले समाचार टिप्पणीको शीर्षक नै ‘द माउन्टेन्स् अफ् माओ’ दिएको छ। शनिबारको अंकमा इकोनोमिस्ट लेख्छ, ‘एमाले र माओवादी केन्द्रले केन्द्रीय सरकारमात्रै होइन, सातमध्ये छ प्रदेशका सरकारमा पनि नियन्त्रण गर्ने देखिएको छ। १६५ संघीय सिटमध्ये ७० प्रतिशत उनीहरुले पाउँदैगर्दा कांग्रेसलाई १४ प्रतिशतमात्रै पर्ने देखिन्छ।’ भारतसँग खुला सिमानाको लाभ नेपालले पाउँदैआए पनि अब बन्ने कम्युनिस्ट सरकार चीनमैत्री हुने उसको विश्लेषण छ। अनि भारतसँग निर्भर रहँदै आएको नेपाललाई हिमालयपारि चीनसँगको रेलवे, सडक आयोजना सम्झौताले चिनियाँ राजनीतिक व्यवस्थाप्रति रुझान पनि बढाउन सक्ने आकलन गरेको छ। ‘द न्युयोर्क टाइम्स’ मा डिसेम्बर १५ तारिख प्रकाशित समाचारमा नेपाली वामपन्थीको विजयलाई छिमेकी चीनसँग निकटस्थहरुको विजयका रुपमा व्याख्या गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले पाएको पराजयका कारण अब नेपालको विदेश नीतिमा असर पर्न सक्ने उसको तर्क छ। भारतीय म्यागजिन ‘इन्डिया टुडे’को पछिल्लो अंकमा थोमस बेल लेख्छन्, ‘यो चुनाव यसकारण ऐतिहासिक छ, सात वर्षको कष्टप्रद संविधान निर्माण प्रक्रिया टुंगिएपछि संघीय गणतान्त्रिक संविधान अब कार्यान्वयन प्रक्रियामा गएको छ।’ एमाले अध्यक्ष केपी ओलीलाई कुनै बेला भारतसँग घनिष्ट नेताका रुपमा चर्चा गर्दै इन्डिया टुडेले उनको पछिल्लो राष्ट्रवादी छविलाई बेइजिङतिर झुकाव राख्ने विचार भनी जिकिर गरेको छ। वाम गठबन्धनलाई चीनले नैतिक समर्थनमात्रै होइन, पैसासमेत दिएको हुन सक्ने चर्चा चल्ने गरेको इन्डिया टुडेको भनाई छ, अनि लोकतान्त्रिक गठबन्धनलाई चाहिँ भारतले त्यही प्रकारको सहयोग गरेको हुन सक्छ। त्यसका लागि पत्रिकाले कुनै स्रोतको हवाला भने दिएको छैन। यसअघि वासिङ्टन पोस्टले ‘नेपालको चुनावमा भारत कि चीन विजयी बन्लान्’ भनी उत्तेजक शीर्षक दिएर समाचार लेखेको थियो। नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यापक विरोध जनाएपछि शीर्षक फेर्दै उसले लेख्यो, ‘नेपालको चुनावलाई चीन र भारतले ध्यानपूर्वक हेरिरहेका छन्।’ वासिङ्टन पोस्टले पनि लोकतान्त्रिक गठबन्धनलाई भारतीय सहानुभूति पाएको, वाम गठबन्धनलाई चिनियाँ सहानुभूति पाएको शक्तिका रुपमा चित्रित गर्न चाह्यो। ‘द वायर’ भारतीय अनलाइन पत्रिकामा लेख्दै भारतीय प्राध्यापक एसडी मुनिले वाम गठबन्धनको विजयलाई विकास र स्थायित्व चाहने जनमतको नतिजा मानेका छन्। उनले नेपालसँग सम्बन्धमा भारतीय पक्षले जथाभावी गर्नेहुँदा क्षति भोगेको भन्दै अब सम्बन्ध सुधार गर्नुको विकल्प नभएको औंल्याएका छन्। नेपालको आत्मसम्मानलाई ध्यान दिइनुपर्ने, भूटानमा भोगेको खराब अनुभव दोहोर्‍याउन नहुने उनको मत छ। इन्डियन एक्सप्रेस, हिन्दूस्तान टाइम्स, टाइम्स अफ् इन्डियाजस्ता पत्रिकाले चिनियाँ प्रभाव विस्तार भएको साझा धारणा आफ्ना समाचारहरुमार्फत् पेश गरेका छन्। यी सबै खबर र विश्लेषण पढ्दा नेपाली मतदाताको छनोटलाई चिनियाँ प्रभुत्वले उत्प्रेरित गरेको निष्कर्ष निस्कन्छ, जुन निष्कर्ष अन्तर्राष्ट्रिय सूचना र विचार निर्मार्ताहरुले समान रुपमा प्रकट गरेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending