Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

यसरी घर बनाउँदा बलियो हुन्छ

\"\"नेपाल भौगोलिक कारणले भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपको जोखिमपूर्ण क्षेत्रमा छ । भूक्षय, बाढीपहिरोलगायतका अन्य प्राकृतिक प्रकोपबाट जोगिन सोहीअनुसारको संरचना तयार गर्नुपर्छ । विशेषगरी, घर निर्माण गर्दा भूकम्पप्रतिरोधी मात्र नभएर अन्य पक्षमा पनि विशेष ख्याल राख्नुपर्छ । घर कस्तो बनाउने, जमिन छनोट कसरी गर्ने, संरचना कसरी व्यवस्थित र बलियो बनाउनेलगायत विषयमा विशेष चनाखो हुनुपर्छ । मानिसको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले घर निर्माण गर्दा ध्यान दिनुपर्ने विषयबारे पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइकी इन्जिनियर सुम्निमा राईको अाजको नयाँ पत्रिकामा खबर छ । घर जीवन जिउने महत्वपूर्ण आधार हो । एकपटक दुःखपूर्ण तरिकाले निर्माण गरिएकोे घर भत्किएमा परिश्रम, समय र पैसालगायत सबै कुराको नाश हुन्छ । घर निर्माणपछि समस्या आउन नदिन बनाउनुअघि नै विज्ञसँग सल्लाह लिनुपर्छ । घर टिकाउ हुन त्यसको आन्तरिक बनावट विधिसम्मत तरिकाले निर्माण गरिएको हुनुपर्छ । घर बनाउँदा सबैभन्दा ध्यान दिनुपर्ने विषय भनेको निर्माणस्थलको छनोट नै हो । माटोको परीक्षण गरेर मात्र घर निर्माण गर्दा उपयुक्त हुन्छ । सकेसम्म चिरा परेको र अत्यधिक भिरालो जमिनमा घर नबनाउनु नै राम्रो हुन्छ । कमेरे र कालो चिप्लो माटोमा घर बनाउँदा धसिन सक्ने सम्भावना हुन्छ । पुरुवा माटो छ भने मेसिनको प्रयोग गरी खँदिलो बनाउनुपर्छ । त्यसैले घर निर्माणका लागि सबैभन्दा पहिले उचित निर्माणस्थलको छनोट गर्नुपर्छ । भवनको आकार र प्रकार तथा उचाइ पनि जमिनको अवस्थाअनुसार निर्धारण गर्नुपर्ने हुन्छ । सामान्यतया चौडाइको तीनगुना मात्र भवनको उचाइ हुनुपर्छ । लम्बाइ र चौडाइ बराबर भएको घर भूकम्पका हिसाबले उपयुक्त मानिन्छ । घर निर्माण गर्दा सकेसम्म सिमेन्ट, गिट्टी, बालुवा, रड, ढुंगा, इँटा, काठलगायतका निर्माण सामग्री गुणस्तरीय छनोट गर्नुपर्छ । उत्पादन भएको मितिले तीन महिनाभित्र मात्र सिमेन्टले राम्रोसँग काम गर्न सक्छ । त्यसैले उत्पादन मिति हेरेर सिमेन्ट प्रयोग गर्ने तथा त्यसलाई हावा नछिर्ने गरी भण्डारण गर्नुपर्छ । खिया नलागेका रड र फलाम प्रयोग गर्नुपर्छ । कलिलो रुखको काठ प्रयोग गर्नु हुँदैन । बाक्लो र माटो नमिसिएको बालुवा प्रयोग गर्नुपर्छ । घर बनाउँदा खोलाको चिप्लो ढुंगा प्रयोग गर्नु राम्रो होइन । जग जति बलियो भयो, घर पनि त्यति नै मजबुत हुन्छ । त्यसैले घर बनाउँदा सबैभन्दा बढी ध्यान जगमा नै दिनुपर्छ । घरको आकार र उचाइअनुसार जगको गहिराइ बनाउने गरिन्छ । जग भनेको घरको आकारले निर्धारण गर्ने विषय हो । समान्यतः तीन फिटभन्दा गहिरो जग बनाउनु उपयुक्त हुन्छ । घर निर्माण गर्दा ध्यान दिनुपर्ने अर्को कुरा भनेको कुर्सीको सतह बिम हो । बिम बलियो भएन भने घरले धेरै भार थाम्न सक्दैन । त्यसैले बिम निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्छ । जगपछि घर बनाउँदा विशेष ध्यान दिनुपर्ने अर्को कुरा भनेको पिलर हो । भवनसंहिताले तीनतले घरमा ९ बाई ९ को पिलर बनाउनुपर्छ भनेको छ । जोर्नी भन्नेबित्तिकै जुनसुकै कुराको पनि कमजोर र संवेदनशील भागको रूपमा चिनिन्छ, चाहे त्यो भवनको होस् अथवा मानव शरीरको । त्यसैले घर बनाउँदा बिम र पिलरको जोर्नीलाई बलियो गरी जोड्नुपर्छ । बिम र पिलर जोडिएको छ भने भूकम्पलगायतका कारणले संरचना एकैपटक ध्वस्त हुन पाउँदैन । गैरसंरचनात्मक गारो निर्माण गरियो भने घरलाई अनावश्यक भार पर्न जान्छ । त्यसैले घरलाई मजबुत पार्न उपयुक्त किसिमको गारो निर्माण गरिनुपर्छ । फ्लोर निर्माण गर्दा उचित र गुणस्तरीय किसिमका सामग्री प्रयोग गर्नुपर्छ । बिम र पिलरको साइजका आधारमा घरलाई कम भार पर्ने गरी फ्लोर निर्माण गर्दा राम्रो हुन्छ । घरको सुरुवात जगबाट हुन्छ भने छतमा पुगेर अन्त्य हुन्छ । छत निर्माण भइसकेपछि घरले अन्तिम स्वरूप ग्रहण गर्दछ । छतले समग्र भवनको एउटा विशेष महत्व दर्शाउँछ । त्यसैले घर बनाउँदा छतको विषयमा विशेष ध्यान दिनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending