Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

म्याग्दीमा हरेक अभिभावक नै शिक्षक बनेपछि...

\"\"म्याग्दी । आफ्ना बालबालिकालाई प्रारम्भिक सिकाइ तथा पढाइप्रति आकर्षित गराउने र उनीहरुलाई सहजरुपले पढ्ने वातावरण मिलाउन सघाउ पु¥याउने उद्देश्यले म्याग्दीमा सञ्चालित अभिभावक शिक्षा प्रभावकारी बन्दै गएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय म्याग्दीसँगको समन्वयमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनद्वारा जिल्लामा प्रारम्भिक सिकाइ तथा पढाइ परियोजनाअन्तर्गत सञ्चालित अभिभावक शिक्षा म्याग्दीमा प्रभावकारी देखिएको हो । बेनी नगरपालिका–५ बगुवाखोलाकी बिन्दु रसाइली केही महिना अगाडिसम्म घरायसी काममा मात्रै सीमित हुने गर्थे । बिहानदेखि बेलुकीसम्म घरायसी, खेतीपातीको काममा व्यस्त हुने गरेकी रसाइलीले अहिले घरायसी कामसँगै शैक्षिक गतिविधिमा पनि सहभागिता जनाउने गरेका छन् । गाउँमा रहेको बालजागृति आधारभूत विद्यालयमा सञ्चालित अभिभावक शिक्षामा सिकेको सिपलाई कक्षा १ र ३ मा अध्ययनरत दुई छोरीलाई दैनिकजसो घरमै सिकाउने गर्छन् । अभिभावकले छोराछोरीको शैक्षिक गतिविधिमा सघाउने विभिन्न गतिविधिलाई आधार बनाई सञ्चालन गरिएको कक्षा ग्रामीण क्षेत्रमा प्रभावकारी बनेको छ । गर्भमा रहेको बच्चादेखि आठ वर्षसम्म बालबालिकालाई शिक्षा, स्वास्थ्यलगायत अन्य दैनिकीमा अभिभावकले खेल्नुपर्ने भूमिकालाई लक्षित गरी सञ्चालन गरिएको कक्षाले प्राथमिक तहसम्मका बालबालिकालाई अभिभावकले समेत शिक्षकको भूमिका निर्वाह गर्न सकिने रिमा कार्कीले बताए । कक्षामा गर्भमा रहेको बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्वदेखि पढाइमा सघाउन अभिभावकलाई आवश्यक पर्ने सबै जानकारी सिकाउने गरिन्छ । अभिभावकले पढाइसँगै हस्तकला, चित्रलगायतका साम्रगीसमेत बनाउने गरेको विद्यालयकी शिक्षक सविता बरुवालले बताए । एक दशकदेखि म्याग्दीको शैक्षिक क्षेत्रमा सक्रिय रहेको बागलुङको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका २५ वटा विद्यालयमा ४० समूहमा अभिभावक शिक्षा सञ्चालन भइरहेको छ । एउटा विद्यालयमा एकदेखि चारवटासम्म समूह हुन्छन् । परियोजनाबाट ७५० जना अभिभावक लाभान्वित भएको परियोजनाका म्याग्दी संयोजक लालबहादुर पुर्जाले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending