Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

पराजयबारे यसो भन्छन् कांग्रस नेता

\"\" काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ । यही मंसिर १० र २१ गते सम्पन्न दुवै चरणका निर्वाचनमा काँग्रेसले प्राप्त गरेको प्रत्यक्षतर्फको मतपरिणाम सायदै कसैले अनुमान गरेको थियो होला । काँग्रेस नेताहरु पार्टी हारका पछाडि मुख्यरुपमा दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलले अंकगणितीय रुपमा भोट कम देखिएको आँकलन गर्न थालेका छन् । कुल १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको निर्वाचनमा काँग्रेसले अन्तिम नजितासम्म २१ सिटमा मात्र विजय हासिल गरेको छ भने पार्टीका एक से एक हस्तीहरु पराजित भएका छन् । पराजित हुनुमा वाम गठबन्धनबाहेक नाम मात्रको लोकतान्त्रिक गठबन्धन निर्माण, पार्टीभित्रको गुटबन्दी र अन्तरघात, प्रभावकारी चुनावी मुद्दा नहुनु, काँग्रेस नेतृत्वमा भएका राम्रा काम जनतालाई बुझाउन नसक्नुलगायत कारणबारेमा पार्टीमा बहस हुन थालेको छ । काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टीका नेता बालकृष्ण खाँण २०७० सालको निर्वाचनमा दोस्रो र तेस्रो दलका रुपमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेपछि अंकगणितीय रुपमा वाम गठबन्धनको भोटको संख्या बढी देखिएको बताउँछन् । नेता खाँण भन्छन्, “दुई दलको भोट गाभियो । तटस्थ भोटलाई ठूलो संख्यामा हामीले आकर्षित गर्न सकेनौँ, उहाँहरुले आफ्ना भोटलाई सुरक्षित गर्न सक्नुुभयो र परिणाम ल्याउन सफल हुनुभयो ।” यद्यपि समानुपातिकतर्फको मत भने काँग्रेसको मत प्रत्यक्षजस्तो कम देखिँदैन । काँग्रेसले राष्ट्रिय राजनीतिमा हालसम्म खेल्दै आएको भूमिकाका कारण आम मतदातालाई सोहीअनुसारको अपिल हुन्छ भन्ने भरोसा रहेको तर परिणाम भने २०६४ सालको संविधानसभा निर्वाचनजस्तै आएको उनको टिप्पणी छ । काँग्रेसले स्थापनाकालदेखि नै मुलुकका हरेक राजनीतिक परिवर्तनको सफल नेतृत्व गर्दै आएको उनी बताउँछन् । विसं २००७ मा राणा शासनको अन्त्य, २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना, २०६२÷०६३ सालको शान्तिपूर्ण जनआन्दोलन र गणतन्त्र स्थापना, नेपालको संविधान जारी गरी मुलुकमा पहिलो पटक संघीय संरचनाअनुसारको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न काँग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै नेता खाँण भन्छन्, “मुलुकका हरेक परिवर्तन र विकासका लागि काँग्रेसको सान्दर्भिकता झनै बढेको छ ।” उनी भन्नुहुन्छ, “अब काँग्रेस प्रतिपक्षमा बस्छ, शान्ति र समृद्धि र संविधान कार्यान्वयनमा पार्टीको रचनात्मक सहयोग रहन्छ । तर कसैले संविधानमा आमूल परिवर्तन गर्ने, राजनीतिक व्यवस्था परिवर्तन गर्ने र ५० वर्षसम्म कम्युनिष्ट शासन चलाउँछाँै भन्यो भने त्यसविरुद्ध शान्तिपूर्ण रुपमा पार्टी पंक्ति र जनता परिचालन गर्छौं ।” कतिपय नेता भने पार्टीभित्रका विकृति र आन्तरिक कलहलाई पराजित हुनुको मुख्य कारण ठान्छन् । पार्टीका एक पुराना नेता तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचनमा पुनः उम्मेदवारी दिन लगाउनु नै गल्ती थियो भन्छन् । प्रमुख दलबीचको सहमति त्यही बेलादेखि टुटेको र परिणामस्वरुप वाम गठबन्धन बनेको उनको तर्क छ । नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्, “पार्टी नेतृत्वको असक्षमता, तदर्थवादमा पार्टी सञ्चालन गर्नु, आफ्ना नातागोता तथा पार्टीमा कुनै योगदान नभएकालाई पैसा लिएर टिकट वितरण गर्नु, पार्टीमा योगदान भएका पुराना नेता कार्यकर्तालाई बेवास्ता गर्नु वा पाखा लगाउनु पार्टी पराजयका कारण हुन् ।” हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो भएकोमा त्यसबारेमा कुनै पनि समीक्षा नगरी अर्को निर्वाचनमा होमिनु पनि काँग्रेस हारको कारण भएको उनको धारणा छ । पार्टीका युवा नेता विश्वप्रकाश शर्मा पनि निर्वाचनको मुखमा दुई ठूला कम्युनिष्ट दलबीच भएको वाम गठबन्धन नै पार्टी पराजयको प्रमुख कारण भएको ठान्छन् । “हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पहिलो र तेस्रो बनेका दुई दल एमाले र माओवादी केन्द्र मिल्दा काँग्रेसले अपेक्षा गरेअनुसार परिणाम आउने त कुरै भएन” नेता शर्मा भन्छन् । यसबाहेक काँग्रेसले आफ्नो नेतृत्वमा गरेका राम्रा काम जनतासमक्ष पु¥याउन नसक्नु, शान्ति स्थापना र संविधान निर्माणमा पार्टीले खेलेको नेतृत्वदायी भूमिका जानकारी गराउन नसक्नु कमजोरी भएको उनी स्वीकार गर्छन् । कांग्रेसले ठूलो आन्दोलन भएको मधेशका दललाई सहमतिमा ल्याई निर्वाचनमा सहभागी गराउनु र आदिवासी÷जनजाति, मधेश, पिछडिएका समुदायका माग सम्बोधनका लागि संविधान संशोधनको प्रस्ताव ल्याएको लगायतका विषय आममतदाता समक्ष पु¥याउन नसक्नु पनि निर्वाचनमा हारको कारण हो, उनी भन्छन् । पार्टीको संगठन कमजोर भएका कारण उपरोक्त काम गर्न नसकिएको बताउँदै नेता शर्मा प्रहरी महानिरीक्षक प्रकरण र प्रधान न्यायाधीशविरुद्धको महाअभियोग पनि पार्टी पराजयको कारण हुनसक्ने आँकलन गर्छन् । तत्काल केन्द्रीय समितिको बैठक बोलाई यसबारेमा गम्भीर समीक्षा गर्नुपर्ने माग उनको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending