Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

बिना मगरसँग मतदाताको चाहनाः चुनाव जिताएर पठायौँ, मन्त्री बनेर फर्कनु

\"\"महेन्द्रनगर । कञ्चनपुरबाट सर्वाधिक मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएकी निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार बिना मगरलाई शक्तिशाली मन्त्री बनेको देख्ने चाहना मतदाताले व्यक्त गरेका छन् । बिना मगर प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले विजयी भएपछि बेलडाँडीदेखि पुनर्वाससम्म गरिएको विजय ¥यालीमा सहभागी मतदाताले बिना मगरको योगदान र क्षमताको मूल्याङ्कन गर्दै पार्टी र वाम गठबन्धनले मन्त्री बनाउनुपर्ने माग गरेका छन् । ‘देशको पछिल्लो राजनीतिक परिवर्तनमा बिना मगरले गरेको योगदानको सम्मान हुनेछ भन्ने आशामा छौं,’ बेलौरीका रमेश विष्टले भने, ‘सेनाको हिरासतमा रहँदा बिना मगरले पाएको यातना अतुलनीय योगदान हो ।’ राजनीतिक क्षमता, सांगठनिक दक्षता र लोकप्रियता हेरेर पनि बिना मगरलाई मन्त्री बनाउनुपर्ने उनले बताए । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका वाम गठबन्धनका उम्मेदवारमध्ये बिना मगर सर्वाधिक मतान्तरले विजयी भएकी छन् । बिनाले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत मात्र पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् । ‘बिना मगरप्रति स्थानीय जनता र सुदूरपश्चिमवासीका थुप्रै अपेक्षा छन्, त्यो अपेक्षा मतपरिणामबाट समेत झल्किन्छ,’ पुनर्वासका कृष्ण तामाङले भने, ‘मतदाताले बिना मगरले जनताको सेवा गर्ने अवसर दिएका छन्, अब पार्टीले समेत उचित मूल्याङ्कन गर्दै यस क्षेत्रको तीब्र विकासका लागि बिना मगरलाई मन्त्री बनाउनुपर्छ ।’ विशाल मतान्तरले विजयी हुँदा पतिशोकका कारण बिना मगरले खासै खुसीयाली मनाउन नपाएपनि वाम गठबन्धनका नेता कार्यकर्ताले विजयी ¥याली र अविर साटासाट गरेका छन् । महेन्द्रनगरदेखि सुरु भएको विजय ¥याली बेलडाँडी, बेलौरी, लालझाँडी हुँदै पुनर्वाससम्म पुगेको थियो । निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले बिना मगरलाई निर्वाचन क्षेत्रमा भव्य स्वागत गरेका थिए । ‘कञ्चनपुरको दक्षिणी क्षेत्र अर्थात् १ नम्ब निर्वाचन क्षेत्र दशकौंदेखि विकासको पर्खाइमा छ, बिना मगरलाई अब बन्ने सरकारमा शक्तिशाली स्थान दिए मात्रै जनताको पर्खाइ पूरा हुने देखिन्छ,’ बेलडाँडीका राजेन्द्र विष्टले भने । निर्वाचन प्रचारका क्रममा बिना मगरले दक्षिणी क्षेत्रको तीब्र विकास गर्ने, मुख्य सडकलाई हिलो र धुलोमुक्त बनाउने, आर्थिक समृद्धि र रोजगारी सिर्जनाका कार्यक्रम ल्याउने, सीमा समस्या समाधानका लागि पहल गर्ने, ऐलानी समस्या समाधान गरेर जग्गाधनी पूर्जा वितरण गर्न पहल गर्ने तथा जंगली जनावरको आतंक नियन्त्रण गर्ने लगायतका प्रतिवद्धता जनाएकी थिइन् । ‘सांसदले कानून बनाउने काम मात्रै गर्ने हामीले सुनेका छौं, विकास निर्माणका लागि सरकारमा सहभागी हुनुपर्छ होला,’ लालझाडी गाउँपालिकाका करविर रानाले भने, ‘सरकारमा आफ्नो उपस्थिति देखाउने गरी सक्रियता जनाउन बिना मगरलाई सुझाव दिएका छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending