Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

जसले जोगाए विरासत

\"\"इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी भएका छन् । विसं २०४८ र २०५१ सालको निर्वाचनमा उनले नेपाली कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरे भने विसं २०५६ को निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भए । संसद् पुनःस्थापना भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेता खनालले कांग्रेसका प्रसाईंलाई र विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गरे । २००६ चैत ६ गते इलामको साविक साँखेजुङ–४ मा जन्मनुभएका उहाँ सञ्चारमन्त्री, कृषि, भूमिसुधार तथा वनमन्त्री हुँदै २०६७ साल माघ २३ गते देशको ३७ औँ प्रधानमन्त्री बने । पन्ध्र वर्षकै किशोर अवस्थामा कम्युनिस्ट आन्दोलनमा होमिएका नेता खनालले २०२१मा विद्यार्थी संगठनको अध्यक्षबाट राजनीतिक यात्रा शुरू गरे । २०२५ मा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेपछि नेपाली राजनीतिसंगै शिक्षण पेशामा संलग्न हुँदा पटक–पटक गरी सात वर्ष जेल जीवन बिताएका थिए । झापा विद्रोहपछि २०३१ सालमा गठित क्रान्तिकारीहरूको संगठन कोअर्डिनेशन कमिटी, नेपाल कम्युनिस्ट पार्टी मालेको संस्थापक सदस्य रहनुभएका खनाल सोही पार्टीको महासचिवसमेत भएका थिए । विसं २०३७ पछि भूमिगत हुनुभएका उहाँ ११ वर्षपछि २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चबाट सार्वजनिक भए । २०६५ मा भएको बुटवलको आठौँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका नेता खनाल विसं २०७१ को नवौँ महाधिवेशनबाट पार्टीको वरिष्ठ नेता बन्नुका साथै हालैको प्रतिनिधिसभाको निर्वाचनमा इलाम १ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेर ३६ हजार ८०७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत पाए । यसैगरी प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङको यो विजय यात्रा चौँथो पटक हो । नेकपा एमालेकेन्द्रीय सदस्य र कानून विभाग प्रमुखसमेत रहेका उनले २०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका कुलबहादुर गुरुङलाई सोही क्षेत्रबाट पराजित गरे । विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई नेता नेम्वाङले पराजित गरेका थिए । संविधानसभामा दुईपटक साभाध्यक्षका साथै दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बनेका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाए । इलामबाट २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएपछि उनले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएर काम गरे। विसं २०२९ मा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै नेता नेम्वाङ राजनीतिमा निरन्तर क्रियाशील छन् । प्रदेशसभा–२ (ख) का विजयी सांसद नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण २०५४ सालमा माओवादी पार्टीमा प्रवेश गरेका हुन् । पार्टीप्रति निरन्तर लगाव र झुकावका कारण उनी २०५८ सालमा पार्टीको राजनीतिक कमिसारसमेत भए । २०७० सालमा इलाम क्षेत्र ३ बाट उम्मेदवार बनेका शर्मा नेपाली काँग्रेसका केशव थापासँग पराजित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले इलामबाट दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यमा विजयी हासिल गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending