Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

यी हुन् प्रदेशका अस्थायी राजधानी, निर्वाचनलगत्तै प्रदेश प्रमुख राजधानी तोकिँदै

\"\"चुनावी राजनीति सकिएपछि महत्वपूर्ण निर्णय गर्न सरकारलाई सजिलो – सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम (राजधानी) र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रदेशको मुकाम तथा प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रस्तावसमेत तयार पारिसकेको छ । ‘प्रस्ताव तयार भइसकेको छ, अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ,’ स्रोतले भन्यो । प्रदेश राजधानीका लागि सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकाम प्रस्ताव गरी मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहिले नै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको थियो, तर सो निर्णयले निर्वाचन परिणामलाई समेत प्रभाव पार्ने भएपछि सरकारले तयारी अघि नबढाएको हो । यसअघिका मन्त्रिपरिषद् बैठकमा धेरैपटक प्रदेशको अस्थायी राजधानी तोक्ने विषयले प्रवेश पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा निर्णय लिने बताउँदै आएका थिए । मुकाम नतोकी प्रदेशको प्रमुख तोक्न नमिल्ने भएकाले आयोगले एउटै बैठकबाट प्रदेश मुकाम तोक्ने र प्रदेश प्रमुखको नामसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ । \"\" प्रदेश प्रमुखको मापदण्ड तयार प्रदेश प्रमुख नियुक्तिका लागि मापदण्ड, सेवा, सर्त र सुविधासम्बन्धी ऐन व्यवस्थापिका–संसद्बाट स्वीकृत भइसकेको छ । अधिकारसम्पन्न पुनर्संरचना समितिले प्रस्ताव गरेको त्यस्तो मस्यौदा प्रस्ताव ऐनका रूपमा आइसकेको छ । कानुनी रूपमा प्रदेश प्रमुख तोक्न र प्रदेशको अस्थायी राजधानी तोक्न कुनै समस्या नभएको मन्त्रिपरिषद् कार्यालयको भनाइ छ । संविधानको धारा १६३ ले प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । यस्तै, प्रधानमन्त्री कार्यालयले प्रदेशको अस्थायी मुकाम तोक्नेबित्तिकै प्रदेशको कार्यालय, प्रदेश सभा सञ्चालनका लागि भवनको व्यवस्था हुने बताएको छ । प्रदेश राजधानी तोकिने सम्भावित क्षेत्रमा भवनको खोजी भइरहेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले प्रदेशको सम्भावित राजधानीमा आवश्यक पर्ने भवनको खोजी भइसकेको बताए । उनले प्रदेशको राजधानी तोकिएपछि केही दिनमै कार्यालय व्यवस्थापन गर्न सकिने जनाए। क्षेत्रीय प्रशासन कार्यालयका कर्मचारी खटाइने मन्त्रिपरिषद् कार्यालयले प्रदेश मुकाम तोकिएको ठाउँमा अहिलेका क्षेत्रीय प्रशासन कार्यालयका कर्मचारीलाई खटाउने तयारी गरेको छ । पाँचवटा प्रदेशको राजधानीमा हाल रहेको क्षेत्रीय प्रशासन कार्यालयका कर्मचारी खटिनेछन् भने बाँकी दुई प्रदेशका लागि प्रधानमन्त्री कार्यालयले अन्यत्रबाट कर्मचारीको व्यवस्थापन गर्नेछ । ती प्रदेशमा तत्काल खटाउनुपर्ने कर्मचारीको पनि विवरण तयार भएको छ । सचिव बरालले मुकाम तोकिएको एक साताभित्र कार्यालय व्यवस्थापन गरी कर्मचारी खटाइने बताए । प्रदेश सभाले बनाएको ऐनबमोजिम सेवासुविधा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा भने प्रदेश सभाले बनाएको ऐनबमोजिम निर्धारण हुने भएको छ । संविधानको धारा १७१ अनुसार त्यसअघिसम्म प्रदेश सरकारले तोकेबमोजिम मुख्यमन्त्री तथा मन्त्रीले पारिश्रमिक पाउनेछन् । संविधानको धारा १९६ मा प्रदेश सभाको सभामुख, उपसभामुख तथा सदस्यको पारिश्रमिक र सुविधा प्रदेश कानुनबमोजिम हुने व्यवस्था छ । प्रदेश सभाले बनाएको ऐनबमोजिम उनीहरूको पारिश्रमिक निर्धारण हुने भएको छ । स्थानीय तहका प्रमुख–उपप्रमुखको तलब अनिश्चित स्थानीय तहको प्रमुख उपप्रमुखदेखि वडाध्यक्षसम्मलाई कति पारिश्रमिक दिन मिल्ने भनेर केन्द्रीय सरकारले ढाँचा बनाएको छ । प्रदेश सरकार बनेपछि त्यो ढाँचा सातवटै प्रदेशमा पुग्नेछ । कति तलब दिने भन्ने प्रदेश सरकारले निश्चित गर्नेछ । स्थानीय तहको आन्तरिक स्रोत, अवस्था, कामको चाप हेरेर पारिश्रमिक निर्धारण गर्न सकिने  स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending