Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

यी ठूला नेता जो आफैँलाई भोट हाल्न पाउँदैनन्

\"\"काठमाडाैं । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही शीर्ष नेताले आफूलाई मत दिन पाउनेछैनन् । जसमा प्रमुख शीर्ष दलका अध्यक्षदेखि शीर्ष नेताहरूसमेत रहेको आजको नयाँ पत्रिकामा खबर छ । केपी ओली र माधव नेपाल एमाले अध्यक्ष केपी ओलीले आफैँलाई मत हाल्न नपाउने भएका छन् । उनी झापा ५ का उम्मेदवार हुन् । तर, ओलीको मतदाता नामावली भक्तपुर सूर्यविनायक नगरपालिका–२ मा छ । एमाले नेता माधव नेपाल काठमाडौं २ बाट उम्मेदवार बनेका छन् । तर, उनको मतदाता नामावली रौतहटमा छ । उनले गौर नगरपालिकाको रामजानकी केन्द्रबाट मतदान गर्दै आएका छन् । महरा, कार्की र सुवेदी \"\" मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सुरेन्द्र कार्की र झक्कुप्रसाद सुवेदीले आफूलाई मत हाल्न पाउने छैनन् । महरा दाङ २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनले यसअघि रोल्पाको लिवाङ नगरपालिका–१, तारा मावि केन्द्रबाट मत हाल्दै आएका थिए । यस्तै, कार्की झापा १ बाट उम्मेदवार छन् । उनी काठमाडौंका मतदाता हुन् । रोल्पामा मतदाता सूचीमा नाम रहेका सुवेदी काठमाडौं ६ बाट उम्मेदवार छन् । ठाकुर र महतोले आफैँलाई मत हाल्न पाउँदैनन् \"\" राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफूलाई भोट दिन पाउने छैनन् । ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् । उनको मतदाता सूची सर्लाहीको बलरा नगरपालिकामा छ । राजपाका अर्का नेता महतोको मतदाता सूची सर्लाही चन्द्रनगर नगरपालिका–२ मा छ । उनी धनुषा ३ मा उम्मेदवार बनेका छन् । आरजुदेखि मीनेन्द्रसम्म वञ्चित \"\" प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा कैलाली ५ बाट उम्मेदवार बनेकी छिन् । उनको मतदाता नामावली डडेल्धुरामा छ । कैलाली कांग्रेस सभापति नरनारायण शाहका अनुसार बुथमा घुम्नुपर्ने भएकाले देउवा मत हाल्न डडेल्धुरा जाने छैनन् । भक्तपुर २ का कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले स्थानीय निर्वाचनमा काठमाडौं २ बाट मत हालेका थिए । मोरङ–२ का कांग्रेस उम्मेदवार डा. मीनेन्द्र रिजालले पनि आफैँलाई भोट दिन पाउनेछैनन् । उनी विराटनगर महानगरपालिका–१ अर्थात् निर्वाचन ४ का मतदाता हुन् । मोरङ–५ का कांग्रेस उम्मेदवार अमृत अर्यालको मतदाता सूची क्षेत्र नम्बर ४ मा भएकाले उनले आफैँलाई मत दिन पाउने छैनन् । उपेन्द्रले पनि पाउँदैनन् \"\" संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैँलाई भोट दिन पाउने छैनन् । उनी सप्तरी २ का उम्मेदवार हुन् । यादवको मतदाता सूची मोरङ विराटनगर महानगरपालिका–१४ जतुवामा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending