Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

६२ प्रतिशत डाक्टर फेल

\"\"काठमाडाैं । बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा यसपालि झन्डै ६२ प्रतिशत डाक्टर अनुत्तीर्ण भएपछि उनीहरूले शिक्षा प्रणालीमै गडबडी औंल्याएका हुन् । अाजको कान्तिपुर अनलाइनमा खबर छ-विकसित मुलुकझैं नेपालमा पनि चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएसपछि लाइसेन्स परीक्षा पास गरेकाले मात्र उपचार ‘प्राक्टिस’ गर्न पाउने कानुुनी व्यवस्था छ । सर्वोच्च अदालतले २०५८ फागुन २५ गतेभन्दा पछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य गरेको छ । शनिबार लिइएको परीक्षामा १ हजार २ सय २ जना एमबीबीएसमा सरिक भएकामा ४ सय ६१ जना मात्र उत्तीर्ण भए । यस्तै दन्तचिकित्सा विज्ञानमा स्नातक अर्थात् बीडीएस गर्ने ८५ डाक्टरमध्ये ४३ जनाले मात्र उत्तीर्ण गरे । ‘एमबीबीएस ६१.७ र बीडीएस गरेका ४९.४२ प्रतिशत फेल भएका छन्,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने । अघिल्लो परीक्षामा एमबीबीएस गरेका ५६ प्रतिशत फेल भएका थिए । ‘यो परिणामले स्पष्ट देखाउँछ कि चिकित्साशिक्षा प्रणालीमा केही गडबडी छ, यसलाई सुधार्नुपर्छ नत्र फेल हुनेको संख्या अझ बढ्न सक्छ,’ चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा जगदीशप्रसाद अग्रवालले भने । काउन्सिलका केही पदाधिकारीका अनुसार लाइसेन्स परीक्षाको प्रश्नपत्र असाध्यै सामान्य प्रकारको हुन्छ । साढे पाँच वर्षसम्म एमबीबीएस पढाइ गरेकाले सहजै ९० प्रतिशत अंकसम्म ल्याउन सक्ने उनीहरूको दाबी छ । शिक्षाको गुणस्तर तल झर्दै गएकाले यस्तो भयावह स्थिति देखिएको काउन्सिलका एक पदाधिकारीले बताए । ‘न कसैलाई पढाउन न पढ्नमा रुचि छ,’ उनले भने, ‘परिणामले स्पष्ट सन्देश दिन्छ, धेरैजसोले पढदैनन्, जसरी पनि डिग्री लिएर आउँछन् ।’ हाल लाइसेन्सअन्तर्गत ज्ञानको मात्र परीक्षा लिइने गरेको डा. अग्रवालले जानकारी दिए । ‘ज्ञानको मात्र लिइने परीक्षामै यस्तो स्थिति छ,’ उनले भने, ‘सीप (प्राक्टिकल) को समेत परीक्षा लिइँदा झन् कस्तो भयावह होला ?’ अहिलेको परीक्षा परिणामले चिकित्सा शिक्षामा सुधारको आवश्यकता स्पष्ट रूपमा औंल्याएको उनको भनाइ छ । काउन्सिलका अर्का एक पदाधिकारी भन्छन्, ‘तुरुन्त सुधार नगरे बारम्बार फेल हुने यस्ता डाक्टर स्वास्थ्योपचारको सिस्टममा घुसेर जनतालाई गुणस्तरहीन सेवा दिनेछन्, यो चक्र जारी रहन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending