Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

राजेश हमालदेखि रेखा थापासम्मका अभिनेता–अभिनेत्री एक्सनमा को कस्तो ?

\"\"राजेन्द्र खड्गी नेपाली चलचित्र क्षेत्रमा लामो समय एकछत्र राज गरेका द्वन्द्व निर्देशक हुन् । ०४० मा ‘विश्वास’ चलचित्रबाट फिल्मी करिअर सुरु गरेका खड्गीले पाँच सयभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन र अभिनय गरका छन् । फिल्मी क्षेत्रमा ३५ वर्ष लामो संघर्षमा उनले थुप्रै कलाकारसँग काम गरे । थुप्रै अभिनेता–अभिनेत्रीको द्वन्द्व अभिनयमा खड्गीको निर्देशन रह्यो । एक्सनमा उनीहरूको खुबीलाई नजिकबाट चिन्ने मौका पाए । एक्सनको पाटोबाट केही अभिनेता–अभिनेत्रीलाई खड्गीले अाजको नयाँ पत्रिकामा महेश तिमिल्सिनासँग यसरी सम्झिए । राजेश हमाल : हामफाल्नै डराउने  मैले राजेश हमालसँग ‘युगदेखि युगसम्म’ चलचित्रबाट काम गर्न सुरु गरेको हुँ । उनीसँग मैले थुप्रै चलचित्रमा काम गरेको छु । एकताका राजेश र म भएको फिल्म निकै हिट हुन्थे । राजेशलाई फिल्ममा हेर्दा एक्सनमा निकै राम्रो देखिन्छ, तर रियलमा त्यस्तो होइन । उनी अग्लो ठाउँबाट हामफाल्नुपर्‍यो भने निकै डराउँछन् । ‘पालेदाइ’को सुटिङका क्रममा एउटा सिन जंगलमा लिनुपर्ने थियो । त्यो वेला हामीले त्यसको सुटिङ सौराहाको जंगलमा गर्ने तय गर्‍यौँ । हामीले त्यहाँ बन्दुक पनि पड्काउनुपर्ने थियो । तर, बन्दुक पड्काउँदा जनावर तर्सिन्छन् भनेर निकुञ्जले सुटिङ नगर्न अनुरोध गरेको थियो । त्यहाँ मैलेचाहिँ पेलेरै गर्ने सोच बनाएको थिएँ । तर, राजेश डराए । उनी त्यहाँ जाँदै गएनन्, अनि हामीले लोकेसन परिवर्तन गर्नुपरेको थियो । राजेश यस्ता कुरामा निकै संवेदनशील पनि छन् । तर, व्यक्तिगत हिसाबमा भन्नुपर्दा उनी ‘जेन्टलमेन’ छन् । उनले धेरैजसो समय होस्टेलमा बिताए । यसकारण पनि उनको जीवनशैली अरूको भन्दा अलि फरक थियो । तर, फिल्ममा फाइटको सुटिङ गर्दा उनको हातबाट कोही घाइते भयो भनेचाहिँ उनी सरी भन्दैनन् । उनको नराम्रो बानी भनेको यही हो । शिव श्रेष्ठ : साह्रै सुरो  शिव दाइ नेपाली चलचित्र क्षेत्रका एक्सन किङ नै हुन् । उहाँबाट कोही कलाकार पनि घाइते भएनन् । उहाँले टाइमिङ मिलाउनुहुन्छ । करियर नेपाली चलचित्रबाट सुरु गरे पनि पाकिस्तानी फिल्ममा पनि एकछत्र राज गरेर बस्नुभएको हिरो हो । उहाँसँग मैले ‘विश्वास’ चलचित्रबाट सँगै काम सुरु गरेको हो । एक सयभन्दा धेरै चलचित्रमा उहाँसँगै अभिनय गरेको छु । एकदमै राम्रो अभिनेता हुनुहुन्छ । मैले उहाँसँग धेरै संगत गरेँ । निकै मिलनसार स्वभावको मान्छे । हाम्रो पारिवारिक सम्बन्ध पनि असाध्यै राम्रो छ । उहाँ सुरो अभिनेता हो । जहाँबाट भने पनि हामफाल्न तयार हुनुहुन्थ्यो । निखिल उप्रेती : आँटिलो र डरपोक दुवै निखिल उप्रेतीसँग ‘कर्तव्य’ चलचित्रबाट काम गर्न सुरु गरेको हो । उसको एक्सन पनि निकै राम्रो छ । तर, निखिलमा एक प्रकारको आँट पनि छ र भित्र डर पनि । व्यक्तिगत रूपमा भन्ने हो भने निखिल निकै राम्रो मान्छे हो । तर, ऊ अरूको कुरा सुन्दै हिँड्नाले बिग्रियो भन्ने मलाई लाग्छ । निखिल एकताका निकै चर्चामा आयो । उसले अरूको कुरा नसुनेर सबैलाई रिझाएर काम गरिरहेको भए अहिले नेपाली चलचित्र क्षेत्रमा ‘वान म्यान आर्मी’ हुन्थ्यो । निखिल ‘पिँजडा’ फिल्ममा सात तलाबाट हामफालेर निकै चर्चा आएको थियो । तर, ‘भाग्यविधाता’ फिल्ममा नारायणी पुलबाट हामफाल्न निकै डराएको हो । त्यो फिल्ममा नक्कली प्रयोग गर्नुपरेको थियो । धीरेन शाक्य : अनलक्की  धीरेन शाक्यसँग मैले ‘सिमाना’ चलचित्रबाट काम गर्न सुरु गरेको हुँ । उनीसँग मैले लगभग ७५ वटाजति चलचित्रमा काम गरेको छु । करातेमा धीरेन मेरै चेलो हो । धीरेन अभिनय र एक्सनका लागि सबै चिज भएको, तर भाग्यले भने ठगेको हिरो हो । किनभने, उनीसँग हिरोमा हुने सबै गुण छ, तर अभिनय गरेका चलचित्रले स्थापित गराउन सकेन । त्यसैले म उनलाई अनलक्की हिरो भन्छु । रमीत ढुंगाना : बचपन स्वभावको  रमीत ढुंगानामा हिरोमा हुने सबै गुण छ । तर, उनमा बचपना देखिन्थ्यो । रमीतलाई मैले ‘मनमा माया’, ‘दुर्गा’, ‘हिफाजत’, ‘देवरबाबु’लगायतका चलचित्रमा एक्सनमा लिएको छु । उनी परिवारको कान्छो छोरा पनि हुन् । त्यसैले होला, उनमा बचपना देखिन्थ्यो । तर, उनको फिगरचाहिँ मलाई एकदमै राम्रो लाग्छ । विराज भट्ट  : फाइटमा राम्रो वास्तवमा भन्ने हो भने विराज भट्टलाई स्टार बनाएकै मैले हो । विराज पनि एकताका हिट भएको हिरो हो । उनलाई मैले ‘रघुवीर’, ‘देवरबाबु’, ‘चिनो’लगायत चलचित्रमा हिरोका रूपमा लिएँ । विराज फाइटमा एकदमै राम्रो भएको अभिनेता हो । निखिलले मसँग निहुँ खोजेपछि उनलाई ल्याएको हो । तर, विराज भट्ट पनि हामफाल्नचाहिँ डराउँछन् । उनलाई नेपाली दर्शकले अभिनेताका रूपमा खासै नरुचाए पनि भोजपुरी फिल्ममा धेरै हिट भए । रेखा थापा  : केटा स्वभावकी आँटिली रेखा थापालाई छविराज ओझाले जहिले पनि साइड रोलमा अभिनय गराउँथे । तर, मैले उनलाई ‘दुर्गा’ फिल्ममा मुख्य भूमिकामा ल्याएँ । जब मैले त्यो फिल्ममा रेखालाई एक्सन गराएँ, त्यसपछि त उनी स्टार भइहालिन् नि ! त्यसपछि मात्र छविराज ओझाले ‘हिम्मत’मा उनलाई मुख्य भूमिका दिएका हुन् । रेखा मनमा पाप नभएकी अभिनेत्री हो । स्वभाव पनि हक्की छ । वास्तवमा भन्ने हो भने रेखा केटा स्वभाव भएकी आँटिली र हक्की स्वभावकी अभिनेत्री हो । उनलाई मैले ‘हिम्मत’ फिल्ममा बञ्जीजम्प पनि गर्न लगाएँ, मज्जासँग गरिन् । मेरो नजरमा रेखा थापा जताबाट हेरेपछि आँटिली अभिनेत्री हुन् । गौरी मल्ल : अभिनयजस्तै एक्सन गौरी मल्ललाई म अभिनयको साम्राज्ञी भन्न रुचाउँछु । अभिनयमा तगडा अभिनेत्री हुन् । अभिनयमा अहिलेसम्म पनि त्यत्तिको कोही छैन । तर, उनी अलि सन्की स्वभावकी छिन् । उनलाई मैले ‘सरस्वती’ चलचित्रमा इन्सपेक्टरको भूमिकामा लिएको थिएँ । अभिनय असाध्यै राम्रो गरिन् । त्यो वेला सरस्वती चलचित्र हिट पनि भयो । उनीसँग मैले ‘सरस्वती’, ‘स्वर्ग’लगायतका चलचित्रमा सँगै काम गरेको छु । गौरीको अभिनयका साथै एक्सनमा पनि असाध्यै राम्रो छ । अर्जुन कार्की : भनेपछि गरिहाल्ने मैले अर्जुन कार्कीसँग थोरै फिल्ममा मात्र काम गर्ने मौका पाएँ । मैले उनलाई ‘पापी’ चलचित्रमा एक्सनमा लिएको थिएँ । एक्सन निकै राम्रो गरेका थिए । हामफाल भनेपछि हामफालिहाल्ने । आँटिलो स्वभावकै कारण पछि सगरमाथा आरोहण पनि गरे । मेरो चेला नै हो । पढेलेखेको व्यक्ति पनि हो । अरूलाई सम्मान गर्न जान्ने निकै राम्रो स्वभाव छ । दिनेश शर्मा : एक्सन राम्रो, भाग्य नराम्रो दिनेश शर्मालाई हिरो बनाइदिएको मैले नै हो । मैले उनलाई ‘चट्याङ’ फिल्मबाट लिएको हुँ । त्यो फिल्ममा उनलाई नै लिनुको पनि छुट्टै किस्सा छ । खासमा मलाई दिनेश शर्मा सलमान खानजस्तै लाग्थ्यो । मैले एक दिन उनलाई सलमान खानसँग भेटाएँ । सलमान खान नै दंग भएर ‘दिनेश त मभन्दा पनि राम्रो छ’ भन्नुभयो । लुक्स राम्रो भएको दिनेशको एक्सन पनि उत्तिकै राम्रो हो । उनलाई लिएर गरेको ‘टुहुरो’ चलचित्र हिट भयो । तर, दिनेश पनि अनलक्की अभिनेता हो । किनभने, मुख्य भूमिका कहिल्यै पाएनन् । जहिले पनि सपोर्टिङ भूमिकामा अभिनय गर्नुप¥थ्र्यो । आयुष रिजाल : फाइटर स्वभाव आयुष रिजाललाई मैले ‘हिफाजत’, ‘जलजला’ चलचित्रमा काम गराएको छु । उनी पनि मेरा चेला हुन् । फाइटर स्वभावको अभिनेता हुन्, आयुष । अरूसँग के हुन्छ मलाई थाहा छैन, तर मलाईचाहिँ सम्मान गर्छन् । रमेश उप्रेती  : भाग्यमानी ‘यो मायाले लौन सतायो’मा श्रीकृष्ण श्रेष्ठ हिरो र रमेश उप्रेती भिलेनको भूमिकामा थिए । रमेश एक्सनमा राम्रो गर्न सक्ने क्षमता भएको अभिनेता हो । उनीसँग मैले धेरै चलचित्रमा काम गरेको छु । रमेश पनि एकदमै राम्रो स्वभाव भएको अभिनेता हो । केही समयपहिला मैले उनको अन्तर्वार्ता हेरेको थिएँ । अन्तर्वार्तामा उनले तासमा ४० लाख हारेर अमेरिका गएको भनेका रहेछन् । अमेरिका गएका उनी फेरि पनि चलचित्र क्षेत्रमा आएर सफलता पाएका छन् । त्यसैले म उनलाई लक्की अभिनेताका रूपमा लिन्छु । कृष्टी मैनाली : पहिलो नम्बरमा हुन्थिन् कृष्टी मैनाली अमेरिका नगएको भए अहिले एक्सनमा नेपालको नम्बर वान अभिनेत्री हुन्थिन् । उनको त्यो वेलाको क्षमता देखेर म अहिले भन्दै छु । कृष्टीसँग मैले ‘युगदेखि युगसम्म’, ‘धर्म’लगायतका चलचित्रमा काम गरेँ । धर्म चलचित्रमा उनकोे एक्सन निकै हिट भयो । कृष्टी आफ्नो काममा समर्पित हुने अभिनेत्रीमध्ये एक हुन् । सुशील क्षेत्री : एक्सनमा कला भएको मैले सुशील क्षेत्रीसँग ‘भाइ’, ‘आगो’लगायत चलचित्रमा काम गरेँ । सुशील अभिनय र एक्सनमा निकै राम्रो कला भएको अभिनेता हो । साथै, म उनलाई सोझो नायकका रूपमा पनि लिन्छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending