Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

चार वर्षमा चार हजार चार सय मेगावाट बिजुली आउँदै

\"\"काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट पुगेको छ। प्राधिकरणले ४७७ मेगावाट जलविद्युत् उत्पादन गरिरहेको छ । त्यस्तै, प्राधिकरणले थर्मल पावर प्लान्टमार्फत ५३ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। निजी क्षेत्रबाट ४४१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । भारतबाट प्राधिकरणले ३११ मेगावाट विद्युत् आयात गरिरहेको विद्युत् उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले बताए। अहिले हिउँदको मौसममा करिब १२ सय ६० मेगावाट विद्युत्को माग रहेको छ भने आगामी वर्ष थप १० प्रतिशत माग बढ्ने प्राधिकरणको प्रक्षेपण छ । त्यस्तै, आगामी ३ वर्षभित्र बिजुलीको माग बढेर १६ सय मेगावाटभन्दा माथि पुग्ने प्राधिकरणको अनुमान छ । आजको नयाँ पत्रिकामा खबर छ-केही समयअघि मात्रै बुटवल पावर कम्पनी (बिपिसी)ले पाँच वर्षभित्र १००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ चीनका तीनवटा प्रतिष्ठित इन्भेस्टमेन्ट कम्पनीसँग लगानीको साझेदारी गरेको छ। दुई खर्बको लगानी साझेदारी गर्दै कम्पनीले यस्तो महŒवाकांक्षी आयोजना निर्माणका लागि काम अगाडि बढाएको छ । यसका लागि बिपिसी र चिनियाँ कम्पनीले नयाँ कम्पनी एसटिआइभी इन्टरनेसनल नेपाल हाइड्रो डेभलपमेन्ट प्रालि दर्तासमेत गरिसकेका छन् । उक्त कम्पनीले पहिलो प्रोजेक्टका रूपमा १०० मेगावाटको तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना बनाउने घोषणा गरेको छ । बिपिसीभन्दा एक वर्षअघि नै व्यापारिक घराना दुगड ग्रुपले रामेछाप र ओखलढुंगाको सिमानामा बग्ने लिखु नदीमा अहिलेसम्मकै ठूलो लगानी गरेर एउटै नदी बेसिनमा आयोजना निर्माण अघि बढाएको छ। दुगड ग्रुपले लिखु नदीबाट एकैपटक एक सय ५९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आगामी सन् २०२२ सम्म निर्माण सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्यका साथ काम गरिरहेको छ । उसले पाँच सय मेगावाटका आयोजना निर्माण गर्ने दीर्घकालीन घोषणासमेत गरेको छ । त्यस्तै, दूधकोसी सोलुखोलामा हाइड्रो भेन्चरले निर्माण गरिरहेको ८६ मेगावाटको आयोजना निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। लमजुङको दोर्दी खोलामा ५४, २७, २५ र १२ मेगावाट क्षमताका चारवटा आयोजना निर्माण भइरहेका छन् । यीलगायत हाल निजी क्षेत्रले प्रवद्र्धन गरिरहेका एक सय ५८ वटा आयोजनाबाट अबको चार वर्षभित्र करिब ३५ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । अहिले निजी क्षेत्रले निर्माण गरिरहेका र उत्पादन गरिरहेका आयोजनाको क्षमता हेर्ने हो भने सरकारी र निजी क्षेत्र लगभग हाराहारी हैसियतमा पुगेका छन् । अझ दुईदेखि तीन वर्षपछि सरकारीभन्दा निजी क्षेत्रका आयोजनाले धेरै विद्युत् उत्पादन गर्ने देखिन्छ। चार वर्षपछि आउने सबै आयोजना नदीको बहावमा आधारित (रन अफ दी रिभर) ढाँचाका छन् । पछिल्लो समय निजी क्षेत्र जलविद्युत् उत्पादनमा ठूलो फड्को मार्ने तरखरमा छ । नेपाल विद्युत् प्राधिकरणले धमाधम ठूला आयोजनामा हात हाल्न सुरु गरेसँगै निजी क्षेत्रले पनि ठूला आयोजनामा लगानी बढाएको हो । यसअघि एक वर्षअघिसम्म सरकारले प्रवद्र्धन गरेका आयोजनाको निर्माण धिमा गतिमा भइरहेको समयमा निजी क्षेत्रले केही गति लिएको छ । निजी क्षेत्रले पनि एक–दुईदेखि १० मेगावाटबाट आफ्नो क्षमता बढाएर एक सय मेगावाटभन्दा ठूला आयोजना निर्माण गर्न थालेका छन् । मुलुकको अर्थतन्त्र बर्सेनि बढेसँगै लगानीकर्तामा ठूला आयोजनामा लगानी गर्ने हिम्मत बढेर आएको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । तुलनात्मक रूपमा निजी क्षेत्रलाई लगानीको समस्या भए पनि खरिद ऐनले केही सहज पारिदिएको उनको तर्क छ । तर, लगानीको सुनिश्चितता भएर पनि सरकारी तबरबाट जुन रूपमा आयोजना अगाडि बढ्नुपर्ने हो, त्यो बढ्न नसकेको उनले बताए । अन्य आयोजनाको तुलनामा निजी क्षेत्रले अगाडि बढाएका आयोजनाले भने एकाध वर्षमा नै उल्लेख्य सफलता हासिल गरिरहेको उनको दाबी छ । सरकारले निजी क्षेत्रलाई वन, वातावरण, जग्गा प्राप्तिलगायतका क्षेत्रमा विदेशी कम्पनीलाई जति पनि सुविधा नदिएको उनले बताएका छन् । त्यसका बाबजुद पनि सरकारले निजी क्षेत्रलाई फाइनान्सियल टुलको प्रयोग गरी आयोजना अगाडि बढाउन सहज बनाउन भूमिका खेल्न सक्ने उनले बताए । ‘राज्यले नै निजी क्षेत्रलाई विभेदकारी नीति अवलम्बन गरेको छ,’ गुरागार्इंले भने, ‘अब निजी क्षेत्र पनि पाँच सयदेखि हजार मेगावाटसम्मका ठूला आयोजनाको निर्माण गर्न र आफैँ वित्तीय व्यवस्थापन गर्न सक्षम भएका छन्, मात्र सरकारी नीति सहज हुनुपर्‍यो ।’ नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट पुगेको छ । हाल नेपाल विद्युत् प्राधिकरणले ४७७ मेगावाट जलविद्युत् उत्पादन गरिरहेको छ। त्यस्तै, प्राधिकरणले थर्मल पावर प्लान्टमार्फत ५३ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । निजी क्षेत्रवाट ४४१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । भारतवाट प्राधिकरणले ३११ मेगावाट विद्युत् आयात गरिरहेको विद्युत् उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले जानकारी दिए । अहिले हिउँदको मौसममा करिब १२ सय ६० मेगावाट विद्युत्को माग रहेको छ भने आगामी बर्ष थप १० प्रतिशत माग बढ्ने प्राधिकरणको प्रक्षेपण छ। त्यस्तै आगामी ३ बर्षभित्र बिजुलीको माग बढेर १६ सय मेगावाटभन्दा माथि पुग्ने प्राधिकरणको अनुमान रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending