Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

भिसा नीति परिवर्तन गर्न नेपाललाई अमेरिकाको प्रस्ताव, अस्वीकार गरे थोरै समयको भिसा दिने तयारी

\"\"काठमाडौं । नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको छ । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी आफूसँग एकरूपता कायम गर्न औपचारिक प्रस्ताव गरेको हो । दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका लागि दुई मुलुकबीच भिसा पारस्परिकता कायम गरी भिसा शुल्क र अवधिमा एकरूपता ल्याउन प्रस्तावसहित परराष्ट्रमा पत्राचार गरेको छ । आजको अन्नपूर्णमा खबर छ-नेपालले अमेरिकी नागरिकलाई भिसा जारी गर्दा थोरै अवधिका लागि गर्ने तर शुल्क भने बढी तिर्नुपरेको भएको भन्दै दूतावासले अवधि र शुल्कमा एकरूपता कायम गर्न प्रस्ताव गरेको हो । दूतावासले नेपाली नागरिकलाई भिसा जारी गर्दा अवलम्बन गरिएको नीति अख्तियार गरी एकरूपता ल्याउनसमेत आग्रह गरेको छ । अमेरिकाले उसका नागरिकलाई १ सय ६० डलर शुल्कमा प्रतिवर्ष १ सय ८० दिन बस्न पाउने गरी ५ वर्षको बहुप्रवेशी भिसा दिन प्रस्ताव गरेको स्रोतले बताएको छ । अहिले पर्यटक नेपालमा एक आर्थिक वर्षमा बढीमा १ सय ५० दिन मात्र बस्न पाउँछन् । आफ्नो प्रस्ताव नेपालले अस्वीकार गरे जनवरी २ देखि नेपालीलाई समेत थोरै समयको भिसा दिने तयारी अमेरिकाले गरेको स्रोतले बताएको छ । अमेरिकाले पर्यटकलाई ५ वर्षका लागि १ सय ६० डलरमा नेपालीलाई बहुप्रवेशी (मल्टिपल) भिसा दिँदै आएको छ भने नेपालले अमेरिकी नागरिकबाट १ सय ५० दिनकै २ सय ४० अमेरिकी डलर लिँदै आएको छ। यो रकम अमेरिकाको भिसा शुल्को तुलनामा महँगो हो । अमेरिकामा एक वर्षमा १ सय ८० दिन बस्न पाउने प्रावधान छ भने नेपालमा बढीमा १ सय ५० दिन मात्र पर्यटक बस्न पाउँछन् । नेपालले अमेरिकी नागरिकलाई आगमन भिसा दिँदै आएको छ भने अमेरिकाले नेपालीलाई यो प्रावधान दिएको छैन । अमेरिकी प्रस्तावपछि गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ७ मा दूतावासको प्रस्तावबारे छलफल गर्न अध्ययन समिति गठन गर्न निर्देशन दिएका थिए । गृह मन्त्रालयले त्यसबारे अध्ययन गर्न अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेको संयोजकत्वमा अर्थ, परराष्ट्र र गृहका अधिकारी सम्मिलित अध्ययान समिति बनाएको छ । काफ्ले संयोजकत्वको अध्ययन समितिले आफ्नो प्रतिवेदन गृह र परराष्ट्र मन्त्रालयमा पेस गरिसके पनि प्रतिवेदनमाथि अमेरिकी दूतावाससँग छलफल भएको छैन । प्रतिवेदनमा भिसा नीति परिवर्तन गर्ने अमेरिकी प्रस्तावबारे सकारात्मक धारणा जनाउँदै गृह र परराष्ट्रले नेपालीले आवेदन दिने क्रममै तिर्नुपर्ने शुल्क हटाउन प्रस्ताव गरेको स्रोतले बताएको छ । प्रतिवेदनमा नेपालले अमेरिकासँग आवेदकले भिसा पाएपछि मात्र शुल्क लिन प्रस्ताव गरिएको छ । नेपालले पनि अग्रिम भिसा शुल्क लिने प्रावधान हटाई अमेरिकी भिसा प्राप्त गर्ने नेपालीबाट मात्र भिसा शुल्क लिने व्यवस्था गरी दुई मुलुकको भिसा दिने प्रक्रियामा एकरूपता ल्याउन प्रस्ताव गर्ने तयारी गरेको छ । अमेरिकाले नेपालीका लागि एक वर्षमा १ सय ८० दिन बस्न पाउने गरी १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी (मल्टिपल) पर्यटक भिसा जारी गर्दै आएको छ। नेपालले अमेरिकी नागरिकलाई एक आर्थिक वर्षमा १ सय ५० दिन बस्न पाउने गरी २ सय ४० अमेरिकी डलरमा बहुप्रवेशी भिसा दिँदै आएको छ। जसमा अनअराइभल सुविधासहितको सुरुमा सय डलर शुल्कमा ९० दिनको र त्यसपछि प्रतिदिन दुई डलर र बहुप्रवेशी बापतको २० डलर शुल्कमा ६० दिनको भिसा पाउँदै आएका छन् । अमेरिकाले अध्ययन भिसामा ३ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा दिने गरे पनि नेपालले डिग्री कार्यक्रममा एक वर्षको २ सय ५० र ननडिग्री कार्यक्रममा उपाधि अवधिभरको ५ सय ८० अमेरिकी डलर भिसा शुल्क तोकेको छ । श्रम भिसाका लागि अमेरिकाले १ सय ९० डलरमा तीन वर्षको बहुप्रवेशी भिसा दिने गरेको छ । नेपालले एक वर्षको गैरसरकारी आयोजनामा ३ सय ६०, सरकारी आयोजनामा प्रतिवर्ष २ सय ५० र अन्य आयोजनामा प्रतिवर्ष ३ सय ९० अमेरिकी डलर शुल्क तोकेको छ । सञ्चार (प्रेस) भिसाका लागि अमेरिकाले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको भिसा दिने प्रावधान छ भने नेपालले १ सय ४० अमेरिकी डलरमा एक वर्षको बहुप्रवेशी भिसा जारी गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending