Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै , बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा

[caption id=\"attachment_94749\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । दोस्रो चरणअन्तर्गत २१ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै केन्द्र र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिँदै छन् । मतदानलगत्तै सुरु हुने मतगणनाबाट आउने प्रदेश सांसदका लागि भने प्रदेशसभाको पहिलो बैठक बस्ने स्थल त तय भएको छैन नै सभा आह्वान गर्ने प्रदेश प्रमुख चयनसमेत अन्योलमा छ । २१ मंसिरको साँझबाट नै मतगणना सुरु गरिने भएकाले त्यसपछि धमाधम प्रतिनिधि र प्रदेशसभाका सदस्यहरू चुनिनेछन् । निर्वाचन क्षेत्रअनुसार मतगणनाको अन्तिम परिणाम आएसँगै सांसद निर्वाचित हुने भए पनि उनीहरू बस्ने बैठकस्थलको टुंगो छैन । अाजको राजधानीमा खबर छ-प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बानेश्वरस्थित संसद् भवनमा नै बस्ने भए पनि सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्दा प्रदेशको अस्थायी राजधानी र प्रदेशसभा सदस्यहरूको बैठकस्थलको टुंगो छैन । संसद् सचिवायलका प्रवक्ता भरत गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक संसद् भवनमा नै रहनेगरी तयारी भइरहे पनि प्रदेशसभाको विषयमा मुकाम नतोकिँदा सचिवालय कस्तो बनाउने भन्नेबाहेक अन्य तयारी नगरिएको बताए । उनले प्रदेशसभाको हकमा भने अस्थायी राजधानी तोक्ने तथा प्रदेश प्रमुख तोक्ने सरकारको काम भएकाले आफूहरूले प्रदेश सञ्चालनका लागि कर्मचारी पठाएर सहयोग गर्न मात्र सकिने बताए । २१ मंसिरमा हुने मतदानसँगै अहिलेकै सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यात्मक अवस्थासमेत छ । प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभा अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था गरिएको छ । केन्द्रीय सरकार गठन र त्यसपछि प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्न २० दिनको समय अपुग हुने देखिएकाले निर्वाचनलगत्तै वर्तमान सरकारले नै प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्नुपर्ने अवस्था छ । कांग्रेस नेतासमेत रहेका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको भन्दै मतदानलगत्तै तोकिने बताए । ‘प्रदेशसभाको बहुमत संख्याले कहाँ केन्द्र बनाउने भन्ने निक्र्योल गर्छ, अहिलेलाई अस्थायी मात्र तोकिने हो,’ उनले भने, ‘अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको छ, निर्वाचनलगत्तै तोकिन्छ ।’ सरकारले अस्थायी राजधानी कहाँ तोक्ने भन्ने विषयमा यसअघि नै मुख्य सचिवको अध्यक्षतामा एक अध्ययन समिति गठन गरेको थियो । सरकारले यसअघि नै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नतोक्दा निर्वाचनपछि यही विषयमा लफडा उत्पन्न हुन सक्नेसमेत देखिएको छ । केन्द्र र प्रदेश प्रमुख तोक्ने क्रममा राजनीतिक सहमति नजुटेको खण्डमा भने नयाँ सरकारकै जिम्मेवारीमा केन्द्र र प्रदेश प्रमुख तोक्ने काम पुग्ने सम्भावनासमेत छ । तर त्यसो हुँदा संवैधानिक प्रावधानअनुसार २० दिनमा प्रदेशसभा अधिवेशन बोलाउन भने कठिन देखिएको छ । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमतप्राप्त संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्ति गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने संविधानको धारा १६८ मा व्यवस्था छ । संविधानको धारा १६३ मा प्रदेश प्रमुखसम्बन्धी व्यवस्था छ । धारा १६३ को १ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने व्यवस्था छ भने उपधारा २ मा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक जना प्रदेश प्रमुख नियुक्ति गर्ने व्यवस्था छ ।यसरी नियुक्त प्रमुखको पदावधि राष्ट्रपतिले पदमुक्त गरेमा बाहेक पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६८ मा प्रदेश प्रमुखले प्रदेशसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्ने तथा सो धाराको उपधारा ९ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल संख्याको २० प्रतिशतभन्दा बढी नहुनेगरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ । सरकारले प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन निर्माण गरे पनि प्रदेश प्रमुख र प्रदेश राजधानी भने तोक्न सकेको छैन । सरकारले प्रदेशको अस्थायीराजधानी नतोक्दा निर्वाचनपछि प्रदेशसभाको बैठक कहाँ बस्ने भन्ने अन्योल छ । सरकारले अस्थायी राजधानी नतोक्दा निर्वाचनपछि बैठक बस्ने स्थलको सामान्य भौतिक पूर्वाधारसमेत तयार हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending