Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

स्थानीय सरकार अझै सक्रिय हुन सकेन

\"\"काठमाडाैं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरकारको भूमिकाका कारण स्थानीय सरकार अझै सक्रिय हुन नसकेको बताएको छ । निर्वाचनबाट जनप्रतिनिधि आएको सात महिना बितिसक्दा पनि आवश्यक संख्यामा जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्थानीय तह कमजोर बनेको मन्त्रालयको भनाइ छ । स्थानीय तहले अहिलेसम्म न्यूनतम संख्यामा कर्मचारीसमेत नपाएको, बजेट खर्च गर्न नसकेको र संगठन संरचना बन्न नसकेको मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ-मन्त्रालयका सचिव दिनेश थपलियाले संविधानले परिकल्पना गरेअनुसार स्थानीय तहले अधिकार प्रयोग गर्न नसक्नुमा केन्द्रीय सरकारकै भूमिका रहेको बताए। जसका कारण अहिलेसम्म स्थानीय तहको संगठन संरचनासमेत बन्न नसकेको र दयनीय बन्दै गएको उनको भनाइ छ। स्थानीय तहको संगठन संरचना बन्न नसक्दा भएका कर्मचारीलाई समेत काममा लगाउन अप्ठेरो भएको थपलियाले बताए। ‘अहिलेसम्म स्थानीय तहको संगठन संरचना कस्तो हुन्छ, कुन–कुन शाखा रहन्छ भन्ने नै निश्चित छैन,’ उनले भने, ‘विषयगत कार्यालयबाट गएका केही कर्मचारी पनि कोप्रति उत्तरदायी भएर के काम गर्ने हो भन्ने नै भएन। स्थानीय तहले पनि कर्मचारीलाई कसरी काम लगाउने भनी निर्णय गर्न सकेको छैन।’ सचिव थपलियाले अधिकांश स्थानीय तहमा लेखा सञ्चालन गर्ने कर्मचारीसमेत नभएको उनले बताए। ‘काठमाडौं महानगरपालिकाले कर्मचारी चाहिएको छैन भन्छ, त्यहाँ कर्मचारी पठाएको छ। स्थानीय तहमा कर्मचारी चाहिएको छ, पठाइदेऊ न भन्दा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी दिएको छैन,’ उनले भने, ‘केही स्थानीय तह घुमेर आएँ, स्थिति बिजोग छ।’ सचिव थपलियाले गाउँपालिका तथा नगरपालिका साँघुरा कार्यालयमा सञ्चालन भइरहेको बताए। भाडामा लिएका त्यस्तो भवन साँघुरो र सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमताको नभएको उनको भनाइ छ। सचिव थपलियाले विभिन्न मन्त्रालयअन्तर्गत रहेका विषयगत कार्यालयहरू अझै पनि स्थानीय तह मातहत नगएको बताए। संविधानले शिक्षा, स्वास्थ्य, कृषि, वनलगायतका कार्यालय स्थानीय तहमा गाउँपालिका–नगरपालिका मातहत रहेर काम गर्ने व्यवस्था गरेको छ। तर, व्यवहारमा अहिले पनि ती कार्यालय गाउँपालिका मातहत नगएको उनले बताए। ‘बाटो खन्ने काम जिल्ला प्राविधिक कार्यालयले गरिरहेको छ, कृषिको बजेट जिल्ला कृषि कार्यालयबाट खर्च भइरहेको छ, सिँचाइको बजेट पनि स्थानीय तहमा गएको छैन,’ थपलियाले भने। जनप्रतिनिधिको गुनासो : असफल बनाउन खोजियो अपेक्षाअनुसार काम गर्न सकिएको छैनःविनोदराज तिमल्सेना, ज्वालामुखी गाउँपालिका– अध्यक्ष, धादिङ स्थानीय सरकारको रूपमा गाउँपालिका बने पनि सेवाग्राहीलाई पहिलाको तुलनामा नयाँ सेवा सुविधा दिन सकिएको छैन। गाउँपालिकामा २७ करोड ७८ लाख बजेट छ। अहिलेसम्म सरकारले कार्यकारी अधिकृत, एकजना लेखापाल र दुईजना वडासचिव मात्र पठाएको छ। प्राविधिकसहित अन्य क्षेत्रका कर्मचारी नहुँदा अपेक्षाअनुसार काम गर्न सकिएको छैन। स्थानीय सरकारसँग जनताको अपेक्षा धेरै छ, तर केन्द्र सरकारले न कर्मचारी दिन्छ न हामीलाई कर्मचारी भर्ना गर्न दिएको छ। कार्यालय छ, कर्मचारी छैनन्ःराजुप्रसाद पौडेल– अध्यक्ष, महाशिला गाउँपालिका, पर्वत कानुनी व्यवस्था र कर्मचारी अभाव हुँदा स्थानीय तहको स्रोतसाधन परिचालन र विकास कार्यक्रम सञ्चालन गर्न सकेको छैन। स्रोतसाधन कहाँबाट कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या छ। प्राविधिक कर्मचारीको अभावमा पूर्वाधार विकासका काम गर्न सकिरहेको छैन, गाउँपालिकाको कार्यालय सञ्चालनमै समस्या छ। कार्यालय त छ, तर सेवाग्राहीलाई सुविधा दिने कर्मचारी नै छैनन्। बजेट कार्यान्वयन गर्न खोज्दा धेरै समस्या देखिएका छन्। खानेपानी, सिँचाइ, वन, बाटोघाटोको बजेट जिल्लाबाटै खर्च भइरहेको छ। फेरि पनि काम रोकिने खतरा देखिएको छ। भएका कर्मचारीले समेत असहयोग गरेः ईश्वर पाण्डे, अध्यक्ष, भीमसेन गाउँपालिका गोरखा निर्वाचित भएर आएको ६ महिना बित्यो, तर केही गर्न सकिएको छैन। आवश्यक कर्मचारी छैनन्, भएका कर्मचारीले समेत असहयोग गरे। यस्तै स्थिति रहिरहे बजेटसमेत खर्च गर्न सकिँदैन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending