काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा गस्ती सुरु गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार हाल काठमाडौंमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती सञ्चालनमा आएको छ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संवेदनशील स्थानहरूमा निगरानी बढाइएको छ।
यसैबीच, होटल तथा लजहरूमा डग स्निफिङसहितको सुरक्षा जाँच सुरु गरिएको छ भने काठमाडौंका विभिन्न स्थानमा सरप्राइज चेकिङ पनि तीव्र पारिएको प्रहरीले जनाएको छ।
एसएसपी थापाले सुरक्षा चुनौतीसम्बन्धी सूचना संकलन गरी त्यसको विश्लेषण गर्दै आवश्यक सुरक्षा रणनीति बनाएर काम भइरहेको बताए।
काठमाडौं जिल्लामा कुल ३२० मतदानस्थल रहेका छन्। तीमध्ये १७६ सामान्य र १४४ संवेदनशील मतदानस्थल रहेका छन् भने अतिसंवेदनशील मतदानस्थल भने नरहेको प्रहरीले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि काठमाडौंमा मात्रै ३ हजार ८५४ जना निर्वाचन प्रहरी भर्ना गरिएको जानकारी प्रहरीले दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - १५:५८
१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने
चैत्र ११ गते, २०८२ - १५:४९
सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...
चैत्र ११ गते, २०८२ - १५:२०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...
चैत्र ११ गते, २०८२ - १४:४१
काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...
चैत्र ११ गते, २०८२ - १४:३०
बागलुङ।बागलुङमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल ...
चैत्र ११ गते, २०८२ - १४:०८
काठमाडौं। काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ती महिलाहरूले ठमेल ...
चैत्र ११ गते, २०८२ - १३:३९
काठमाडौँ । अर्जुननरसिंह केसी ले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पदभार ग्रहण गरेका छन्। शपथ ग्रहण लगत्तै संसद् सचिवालय पुगेर उनले औपचारिक रूपमा पद...
चैत्र ११ गते, २०८२ - १३:२३
सल्यान। वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–...
चैत्र ११ गते, २०८२ - १३:०१
दुबई। अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म प...
चैत्र ११ गते, २०८२ - १२:४६
विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान रोडमा रहेको क्याफेको भान्साबाट आज बिहान करिब १० बजे...


प्रतिकृया लेख्नुहोस्: