Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

निर्वाचनमा काठमाडौंमा सुरक्षा गस्ती कडा, सेना-प्रहरीको डग स्निफिङ र सरप्राइज चेकिङ

खबरडबली संवाददाता

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा गस्ती सुरु गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार हाल काठमाडौंमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती सञ्चालनमा आएको छ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संवेदनशील स्थानहरूमा निगरानी बढाइएको छ।

यसैबीच, होटल तथा लजहरूमा डग स्निफिङसहितको सुरक्षा जाँच सुरु गरिएको छ भने काठमाडौंका विभिन्न स्थानमा सरप्राइज चेकिङ पनि तीव्र पारिएको प्रहरीले जनाएको छ।

एसएसपी थापाले सुरक्षा चुनौतीसम्बन्धी सूचना संकलन गरी त्यसको विश्लेषण गर्दै आवश्यक सुरक्षा रणनीति बनाएर काम भइरहेको बताए।

काठमाडौं जिल्लामा कुल ३२० मतदानस्थल रहेका छन्। तीमध्ये १७६ सामान्य र १४४ संवेदनशील मतदानस्थल रहेका छन् भने अतिसंवेदनशील मतदानस्थल भने नरहेको प्रहरीले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि काठमाडौंमा मात्रै ३ हजार ८५४ जना निर्वाचन प्रहरी भर्ना गरिएको जानकारी प्रहरीले दिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी सरकार सटडाउनतर्फ

वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्...

शिभाली एसिया–प्यासिफिकमा चौथो

काठमाडौँ । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएको छन् ।  अस्ट्रेलियन...

समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप्रतिको सच्चा सम्मान हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप...

पाँच दिनदेखि सम्पर्कविहीन बेघा मृत अवस्थामा फेला

फिदिम । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुगेका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएको छन् । जिल्लाको याङवरक गाउँपालिका २ तिमत...

प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली (फोटो फिचर)

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेको छिन्। शुक्रबार बिहान सहिद दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले श...

बालेनको चुनावी प्रचारमा अछाम पुगेका अभियन्ता बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम पुगेका एक व...

निर्वाचन नजिकिँदै जाँदा स्याङ्जाको गाउँगाउँमा उम्मेदवार, चहलपहल बढ्दो

स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरु गाउँगाउँमा ...

निर्वाचनमा काठमाडौंमा सुरक्षा गस्ती कडा, सेना-प्रहरीको डग स्निफिङ र सरप्राइज चेकिङ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई शान्तिपूर...

सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ए...

सहिदका सपना अझै पूर्ण रूपमा साकार हुन सकेका छैनन्: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सहिदका सपना अझै पूर्ण रूपमा साकार हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending