Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

यसकारण रोचक बन्दै छ लुम्बिनीमा निर्वाचन

\"\"निर्वाचन नजिकिँदै गर्दा लुम्बिनीका निर्वाचन क्षेत्रले सबैको ध्यान खिचेका छन् । लुम्बिनीका विभिन्न निर्वाचन क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट प्रभावशाली नेताले उम्मेदवारी दिएका कारण जिल्लाबाहिरसमेत चर्चा भएको हो । अाजको नयाँ पत्रिकामा खबर छ-साथै मधेसवादी दलका केन्द्रीय नेताले समेत लुम्बिनी क्षेत्रको चुनावी माहोल आफ्नो पक्षमा पार्न निकै गृहकार्य गरिरहेका छन् । यी क्षेत्रमा कडा प्रतिस्पर्धा लुम्बिनीमा सबैभन्दा बढी प्रतिस्पर्धा रुपन्देही ३ मा हुने मतदाताको आँकलन छ । जहाँ एमाले उपमहासचिव घनश्याम भुसाल र कांग्रेसको समर्थनमा राप्रपाका नेता दीपक बोहोरा प्रतिस्पर्धामा छन् । कांग्रेस नेता बालकृष्ण खाणको क्षेत्रसमेत रहेको यहाँ कांग्रेसले राप्रपालाई समर्थन गरेपछि कांग्रेसको एउटा हिस्सा असन्तुष्ट छ । राप्रपा नेता बोहोरा चुनावी खेल राम्रोसँग खेल्ने खेलाडीका रूपमा चर्चामा रहँदै आएको छ । स्थानीय निर्वाचनको परिणामलाई हेर्दा वाम गठबन्धनको मत धेरै रहे पनि वाम गठबन्धनलाई बोहोराको उम्मेदवारी भारी पर्ने स्थानीयको भनाइ छ । उपाध्याय र बलदेवमा को आउट ? कपिलवस्तुमा कांग्रेस नेता दीपकुमार उपाध्याय र माओवादी केन्द्रका नेता चन्द्रप्रकाश खनालमध्ये को विजयी बन्ला भन्ने आँकलन गर्न नसकिने अवस्था छ । दुवै उम्मेदवार राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने स्तरका भएकाले चुनावी भिडन्त रोचक बन्ने मतदाताको भनाइ छ । यद्यपि, कपिलवस्तु १ बाट उम्मेदवार बनेका यी दुई नेता २१ वैशाखमा हुने मतदानबाट एकजना आउट हुने भने पक्का छ । स्थानीय निर्वाचनलाई आधार मान्ने हो भने वाम गठबन्धनको मत धेरै बढी छ । ज्ञवाली र भण्डारीले तताए गुल्मी लुम्बिनीको अर्को चर्चित निर्वाचन क्षेत्र हो गुल्मी क्षेत्र नम्बर १, जहाँ एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारी निर्वाचनको प्रतिस्पर्धामा छन् । वाम गठबन्धन बन्नु र वाम गठबन्धनको मत बढी हुनु भण्डारीका लागि चुनौती बनेको छ । वाम गठबन्धनको सबै मत ज्ञवालीलाई परे उनको जित सुनिश्चित छ । विगतका निर्वाचनमा ज्ञवाली जिल्लामा कम आउने तथा कार्यकर्ता तथा मतदातासँग घुलमिल नहुने आरोप लाग्ने गरेकोमा यसपटक त्यस्तो गुनासो सुनिँदैन । केही समयदेखि ज्ञवाली जिल्लामा बढी आउने तथा मतदाता तथा कार्यकर्तासँग घुलमिल हुने नेतामा पर्छन् । यस्तै भण्डारी पनि मतदातामाझ तथा कार्यकर्तामाझ बढी घुलमिल हुने नेता हुन् । सहज जित हात पार्ने दाउमा वाम गठबन्धनका नेता लुम्बिनीमा जित सहज रहेको दाबी गरिएका वाम गठबन्धनका उम्मेदवारमा एमाले उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी हुन् । पौडेल रुपन्देही २ बाट चुनावी मैदानमा छन् । यहाँ वाम गठबन्धनको मत अत्यधिक रहेको र प्रतिस्पर्धी केन्द्रीयस्तरको नेता नभएका कारण उनको जित सहज रहेको एमालेको दाबी छ । यहाँ कांग्रेसबाट युवराज गिरी चुनावी मैदानमा छन् । गिरी कांग्रेसका इमानदार स्थानीय नेताका रूपमा परिचित छन् । रायमाझी अर्घाखाँचीबाट चुनावी मैदानमा छन् । अर्घाखाँचीमा वाम गठबन्धनको मत बढी हुनु र रायमाझीले विकासपे्रमी नेताको रूपमा पहिचान बनाएका कारण जित सहज रहेको वाम गठबन्धनका जिल्ला नेताको दाबी छ । रायमाझीले विगतका निर्वाचनमा पनि अर्घाखाँचीबाट विजय हासिल गरेका थिए । यहाँ कांग्रेसबाट डाक्टर रामबहादुर बिसी चुनावी प्रतिस्पर्धामा छन् । बिसीको पनि जित सहज रहेको दाबी कांग्रेसका नेता कार्यकर्ताको छ । यस्तै एमाले सचिव गोकर्ण विष्ट गुल्मीमा उम्मेदवार छन् । स्थानीय निर्वाचनको मतका आधारमा वाम गठबन्धनको मत यहाँ धेरै छ । जनतामाझ सहज रूपमा घुलमिल हुन सक्ने नेता भएका कारण र मत पनि बढी रहेका कारण उनको जित सहज रहेको वाम गठबन्धनका जिल्ला नेता बताउँछन् । उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्र केसी छन् । लुम्बिनीमा यसपटक वाम गठबन्धनले अधिकांश स्थानमा जित हासिल गर्ने दाबी गर्दै आएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची तथा अन्य स्थानका अधिकांश क्षेत्रमा वाम गठबन्धको जित सहज रहेको दाबी गठबन्धनका नेता गर्छन् । यी हुन् कांग्रेसले आश गरेका क्षेत्र लुम्बिनीमा कांग्रेसले आश गरेका क्षेत्रमा कांग्रेस महामन्त्री शशांक कोइराला नवलपुर, नवलपरासीबाट देवेन्द्रराज कँडेल, रुपन्देहीमा क्षेत्र नम्बर १ बाट अब्दुल रज्जाक तथा रुपन्ेदही ५ मा भरत शाह, कपिलवस्तुमा दीपकुमार उपाध्याय, गुल्मीमा चन्द्र भण्डारीको क्षेत्र हो । यस्तै मधेसी समुदाय बढी रहेका क्षेत्रमा पनि केही सिट जितिन्छ भन्नेमा कांग्रेस पंक्तिले आश गरेको छ । रुपन्देहीमा कांग्रेसले आश गरेका दुवै क्षेत्रमा स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने वाम गठबन्धन अगाडि छ । लुम्बिनीमा प्रतिस्पर्धामा रहेका मधेसवादी नेता लुम्बिनीको नवलपरासीबाट हृदयेश त्रिपाठी, रुपन्देहीबाट सर्वेन्द्रनाथ शुक्ल, कपिलवस्तुबाट बृजेशकुमार गुप्ता, ईश्वरदयाल मिश्रलगायतको उम्मेदवारी चर्चामा छ । त्रिपाठी एमालेको समर्थनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा छन् । मधेसी समुदायको बाक्लो बस्ती रहेको क्षेत्र पनि हो रुपन्देही क्षेत्र नम्बर ४, यहाँबाट राजपाका नेता सर्वेन्द्रनाथ शुक्ल चुनावी मैदानमा छन् । उनका प्रतिस्पर्धी हुन् ओमप्रकाश यादव गुल्जारी । मधेसी जनअधिकार फोरम परित्याग गरी एमाले प्रवेश गरेर वाम गठबन्धनबाट चुनावी मैदानमा होमिएका यादव गुल्जारी विगतमा सांसदसमेत बनेका थिए । यस्तै शुक्लले पनि अघिल्लो संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए । शुक्ल यस क्षेत्रका प्रभावशाली नेता पनि हुन् भने यादव गुल्जारीको पनि प्रभाव यस क्षेत्रमा रहेको मतदाताको भनाइ छ । कांग्रेसबाट प्रमोद यादव, संघीय समाजवादी फोरमबाट ओमप्रकाश यादव पनि चुनावी मैदानमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending