काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरहेका छन्। सहकार्यबाट सुरु भएको राजनीतिक यात्राले अहिले सार्वजनिक आरोप–प्रत्यारोप र वैचारिक दूरीको रूप लिएको छ।
२०६९ सालमा एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा रहँदा प्रचण्ड–बाबुरामले लिएको शान्तिपूर्ण सङ्घर्ष र संसदीय राजनीतिको बाटोप्रति असहमति जनाउँदै विप्लव पार्टीबाट अलग भएका थिए। सशस्त्र सङ्घर्षको बाटो रोज्ने घोषणा गरेका विप्लव केही वर्ष भूमिगत राजनीतिमा सक्रिय रहे।
२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे सम्झौता गरेपछि विप्लव पुनः शान्तिपूर्ण मूल राजनीतिमा फर्किए। तर, शान्तिपूर्ण राजनीतिमा फर्किएको पाँच वर्ष बितिसक्दा पनि विप्लव नेतृत्वको पार्टीले उल्लेखनीय राजनीतिक प्रभाव विस्तार गर्न नसकेको टिप्पणी हुँदै आएको छ।
यता प्रचण्ड भने कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गर्दै सत्ता र राजनीतिक केन्द्रमा रहिरहने रणनीतिमा अघि बढ्दै आएका छन्। पछिल्लो समय भदौमा भएको दुईदिने ‘जेनजी आन्दोलन’ पछि बदलिएको राजनीतिक परिस्थितिमा प्रचण्डले नेकपा एकीकृत समाजवादीलगायत वाम घटकसँग एकीकरण गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए।
तर सो एकीकरण प्रक्रियामा विप्लव सहभागी भएनन्। नेपाली कम्युनिस्ट पार्टी गठन अघिसम्म समाजवादी मोर्चामार्फत सहकार्यमा रहेका प्रचण्ड र विप्लव, माओवादी नाम त्यागेर नयाँ पार्टी गठन भएपछि खुला रूपमा वैचारिक टकरावमा उत्रिएका छन्। दुवै पक्षले एकअर्कालाई ‘वैचारिक विचलन’ को आरोप लगाउन थालेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू नभई प्रचण्ड नै भागिरहेको आरोप लगाए। उनले सत्ता र सिट केन्द्रित राजनीतिले क्रान्तिको रक्षा नहुने तर्क गरे।
यसअघि बुधबार प्रचण्डले भने विप्लवलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरेका थिए। नेपाली कम्युनिस्ट पार्टी नै ‘वास्तविक घर’ भएको दाबी गर्दै यताउता भौँतारिएर केही नहुने उनको भनाइ थियो। आत्मसमीक्षा गरेर एकताको प्रक्रियामा आए स्वागत गर्न तयार रहेको प्रचण्डको सन्देश थियो।
तर प्रचण्डको उक्त आह्वानलाई विप्लवले शुक्रबार कडा शब्दमा अस्वीकार गरे। माओवादी विचारलाई भत्काएर एउटा सिट जित्न विरोधीहरूसँग ‘घाँटी जोड्ने’ प्रवृत्तिले क्रान्ति जोगिन नसक्ने उनको भनाइ थियो। विचलनकारीहरूले एकताको अपिल गर्नु नसुहाउने भन्दै जनतासँग सम्पूर्ण रूपमा जोडिएको शक्तिलाई मात्र त्यसको नैतिक अधिकार हुने उनले बताए।
माओवादी आन्दोलनलाई बिसर्जन गर्ने खालको कुनै पनि एकतामा आफूहरू सहभागी नहुने स्पष्ट पारेका विप्लवले सत्य तथ्य विचार र आफ्ना एजेण्डासहित जनतामाझ जाने बाटो रोज्ने बताए। उनले प्रचण्डलाई अनुशासनविहीन र ‘दलदलमा फस्दै विकृतितर्फ हुइँकिएको’ नेताका रूपमा चित्रित गर्दै वर्तमान अवस्थामा दुवैबीच एकता सम्भव नरहेको संकेत गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...
माघ १७ गते, २०८२ - २०:३६
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...
माघ १७ गते, २०८२ - १९:०५
सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...
माघ १७ गते, २०८२ - १९:०२
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...
माघ १७ गते, २०८२ - १९:००
काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...
माघ १७ गते, २०८२ - १८:५२
सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...
माघ १७ गते, २०८२ - १८:४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...




प्रतिकृया लेख्नुहोस्: