Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलबाट को को ?

\"\"काठमाडाैं । पार्टीको केन्द्रीय राजनीति त्याग गर्दै मुख्यमन्त्री बन्ने लोभमा केही नेता प्रदेशसभाको निर्वाचनमा होमिएका छन् । पूर्वमन्त्री, पूर्वसांसदसमेत भइसकेका र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने ती नेताहरू आफूलाई मुख्यमन्त्रीको दाबीसहित मत मागिरहेका छन् । प्रदेशसभाको उम्मेदवार बनेका नेताहरू अब केन्द्रीय राजनीति नभई प्रदेशकै राजनीतिको नेतृत्व गर्नेगरी प्रदेशतर्फ फर्केका हुन् । आजको राजधानीमा खबर छ-सर्वसाधारण जनताका बीचमा पुगिरहेका उनीहरूले आफू प्रदेशसभाका उम्मेदवार मात्रै नभई भावी मुख्यमन्त्रीको उम्मेदवारसमेत रहेको दाबी गर्दै आफैंलाई मतदान गरी विजयी बनाउन आग्रह गरिरहेका छन् । यद्यपि अहिलेसम्म कुनै पनि पार्टीले मुख्यमन्त्रीको आधिकारिक निर्णय गरेका छैन। निर्वाचनपछि पार्टीको हैसियत एवं अन्य पार्टीसँग हुने तालमेलका आधारमा प्रदेश सरकार निर्माण हुने भएकाले निर्वाचनबाट आउने परिणामपछि नै मुख्यमन्त्रीको निर्णय गरिने नेताहरू बताउँछन् । एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट मुख्यमन्त्री बन्नेको होडबाजी नै छ। कांग्रेसभन्दा बढी मुख्यमन्त्रीका दाबेदार वाम गठबन्धनबाट बढी छन्। सर्वसाधारणसँग मत माग्दै प्रचारप्रसारमा रहेका उनीहरूले आफू भावी मुख्यमन्त्रीको उम्मेदवार रहेकाले आफ्नो पक्षमा मतदान गरिदिन आग्रह गरिरहेका छन् । पूर्वपर्यटनमन्त्री तथा दुईपटक सांसद भइसकेका एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार हुन्। मुख्यमन्त्री बन्नैका लागि उनी सुनसरी–२ को प्रदेशसभा (ख) बाट उम्मेदवार छन् । प्रदेश १ मा आचार्यसँग भोजपुर–१९ख० बाट प्रदेशसभाको उम्मेदवार बनेका एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश १ का उपप्रमुख शेरधन राईले पनि भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरे। उनको क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ । माओवादी केन्द्रका नेता टंक आम्बुहाङले पनि मुख्यमन्त्रीको दाबी गर्दै मत मागे। उनको क्षेत्र ताप्लेजुङ १ (ख) मा निर्वाचन भइसकेको छ । प्रदेश १ मा वाम गठबन्धनको प्रदेशसभातर्फ बहुमत आउने पूर्वअनुमानका साथ यहाँ मुख्यमन्त्रीका दाबेदारको संख्या बढी भएको छ । कसका दाबेदार कति ? कांग्रेस–६ एमाले–१४ माओवादी केन्द्र–५ राजपा नेपाल–७ फोरम नेपाल–३ प्रदेश २ मा मुख्यमन्त्रीको दौडमा वाम गठबन्धनका तर्फबाट तीन जना नेता छन्। एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डल, पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरी, माओवादी केन्द्रका नेता भरत साह वाम गठबन्धनबाट भावी मुख्यमन्त्रीका दाबेदारका छन् । प्रदेश २ मा कांग्रेसको तर्फबाट पूर्वराष्ट्रपतिका छोरासमेत रहेका नेता डा चन्द्रमोहन यादव र प्रेमकिशोरप्रसाद साहले मुख्यमन्त्रीको दाबीसहित चुनावी प्रचारप्रसारमा छन् । यादव धनुषा ४ (क) र साह धनुषा १ (क) बाट प्रदेशसभाका लागि चुनावी प्रतिस्पर्धामा छन् । राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनले बहुमत ल्याए आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने दाबी गर्दै आएका छन् । आफ्नो बहुमत आउने पूर्वअनुमानका गर्दै मधेसवादी गठबन्धनबाट भावी मुख्यमन्त्रीका लागि दाबेदार अन्य पार्टीभन्दा बढी छन् । मधेसवादी गठबन्धनबाट मुख्यमन्त्रीमा राजपा नेपालबाट राजकुमार लेखी, मनीष सुमन, परमेश्वर साह, सुरिता साह, रानी तिवारी, उपेन्द्र महतो र जितेन्द्रप्रसाद सोनारको छ । लेखी सप्तरी–१ (क), सुमन सप्तरी–२ (ख), साह धनुषा–३ (ख), सुरिता महोतरी–२ (ख), तिवारी महोत्तरी–३ (ख), महतो सर्लाही–१ (क) र सोनार बारा–४ (ख) बाट प्रतिस्पर्धामा छन् । यसैगरी फोरम नेपालबाट पार्टीका उपाध्यक्ष लालबाबु राउतका साथै पारसप्रसाद साह, शैलेन्द्र साह पनि भावी मुख्यमन्त्रीको दाबेदार छन् । राउत पर्सा–१ (ख), पारस बारा–३ (ख) र शैलेन्द्र सप्तरी–२ (क) बाट उम्मेदवार छन् । प्रदेश ३ मा एमाले उपाध्यक्ष एवं प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यत्रय राजेन्द्र पाण्डे, अरुण नेपाल, पशुपति चौलागाईं, माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल र कांग्रेसबाट इन्द्र बानियाँले भावी मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । प्रदेश ४ को मुख्यमन्त्रीका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ प्रतिस्पर्धामा छन् । पार्टीको प्रदेश प्रमुख, पूर्ववनमन्त्री एवं पूर्वसांसद रहेका किरणले आफूलाई मुख्यमन्त्री बनाउन भन्दै पार्टीमा लबिङसमेत थालेका छन् । पूर्वपर्यटनमन्त्री एवं पूर्वसांसद पृथ्वीसुब्बाले आफू पार्टीको सचिव एवं संगठन विभाग प्रमुखसमेत भएकाले आफू नै भावी मुख्यमन्त्री बन्नुपर्ने दाबी गरिरहेका छन् । किरण तनहुँ–२ (ख) र पृथ्वीसुब्बा लमजुङ–१ (ख) बाट प्रदेशसभाका उम्मेदवार छन्। दुवैको क्षेत्रमा निर्वाचन भइसकेको छ । माओवादी केन्द्रबाट प्रदेश ४, ५ र ७ मा कसैले पनि मुख्यमन्त्रीको दाबी गरेका छैनन् । कांग्रेसबाट प्रदेश ४ मा ध्रुव वाग्लेले दाबी गरेका छन् । तनहुँ–२ (ख) बाट प्रदेशसभाका उम्मेदवार वाग्ले तनहुँका पूर्वपार्टी सभापति र पूर्वसांसदसमेत हुन् । प्रदेश ५ मा वाम गठबन्धनबाट भावी मुख्यमन्त्रीका एक मात्र उम्मेदवारका रूपमा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल छन्। एमाले र माओवादीका शीर्ष नेताले भावी मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी दाङ–२ (क) बाट उम्मेदवार छन् । प्रदेश ५ मा भावी मुख्यमन्त्रीका लागि कांग्रेसबाट अहिलेसम्म खुलेर कसैले दाबी गरेका छैनन् । यसैगरी प्रदेश ६ मा एमाले पोलिटब्युरो सदस्यद्वय यमलाल कँडेल र प्रकाश ज्वालाको दाबी छ । माओवादीबाट प्रदेश ६ को भावी मुख्यमन्त्रीका लागि महेन्द्रबहादुर शाही र नरेश भण्डारी दाबीमा छन् । प्रदेश ६ मै कांग्रेसबाट भावी मुख्यमन्त्रीको दाबी गर्ने पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही छन्। सुदूरपश्चिमको प्रदेश ७ मा एमालेबाट मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा कर्णबहादुर थापा छन् । पार्टीको पोलिटब्युरो सदस्य एवं पूर्वउद्योगमन्त्री रहेका थापा समानुपातिकतर्फको प्रदेशसभा उम्मेदवार छन् । यसैगरी कांग्रेसबाट बहादुरसिंह थापाले भावी मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । कञ्चनपुर २ (ख) बाट उम्मेदवार बनेका थापा पूर्वसांसद हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending