Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

मुगुमा ज्वरोले १२ को मृत्यु: स्वास्थ्य संस्थामै छैन औषधि, सिडिअोको गैरजिम्मेवार जवाफ 'जन्म/मृत्यु भइराख्छ'

\"\"-भाइरल ज्वरोले मुगुमा कम्तीमा १२ को मृत्यु भएको छ । जिल्लाका खत्याड, रोरु, गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत गाउँमा ज्वरोको प्रकोप महामारीका रूपमा फैलिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रिघा गाउँका बिउरासर पाण्डे, विष्णु जैसी, ऋषिसन्न उपाध्याय, सुकाढिककी पूर्वा कार्की, सेरी साटबाडका सिंहबहादुर बुढा, खमाले कवाकी, मागी रोकाया, पैखुगाउँका धनसिंह थापा, दलसुर थापा, छायानाथ राराका लालशोभा बुढा, धर्मकला शाही र एक वर्षीय बालकको मृत्यु भएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-जिल्ला अस्पतालकी डा. मीना काफ्ले चौलागाईंले भाइरलकै कारण बिरामीको मृत्यु भएको बताइन् । निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले पनि गाउँमा भाइरल फैलिएको बताए । औषधिसहित अहेव ज्ञानसिंह बुढाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बिहीबार प्रभावित क्षेत्रतर्फ पठाइएको उनले बताए । -करिब डेढ सय घरधुरी रहेको रिघा गाउँमा भाइरलले बालकदेखि वृद्धसम्म थला परेका छन् । ‘बिरामी कुर्ने मान्छे छैनन्, सारा ज्वरोले पल्टिएका छन्,’ रिघा गाउँकी कुसुमकली हमालले भनिन्, ‘औषधि किन्ने पैसा छैन, अरू कसैले औषधि ल्याइदिँदैनन् । हामी गरिबलाई ज्यान बचाउन मुस्किल भयो ।’ -कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिँगटा लाग्ने, बान्ता आउने, आँखा दुख्ने, खाना नरुच्नेलगायत लक्षण बिरामीमा देखिएका छन् । -जनस्वास्थ्य कार्यालयसँग औषधि किन्ने बजेट नभएको शर्माले बताए । रातापानीमा प्राथमिक स्वास्थ्य केन्द्र र गम्था, सेरी र खमाले गाउँमा स्वास्थ्य चौकी भए पनि सिटामोलसमेत नहुँदा बिरामी बचाउन कठिन भएको उनले बताए । \"\" तर, सिडिओका कुरा– जन्म/मृत्यु भइराख्छ ! प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मुगुमा भाइरल फैलियो भन्ने खबर निराधार भएको प्रतिक्रिया दिए । ‘दमरोगी बुढापाका मरेका छन्, जन्म र मृत्यु भइरहने कुरा हो । हामी एकदमै हाइअलर्टमै छौँ, औषधि र स्वास्थ्यर्मीको व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई प्रभावित भनिएको क्षेत्रमै पठाएका छौँ, त्यस्तो देखिएको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending