Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

चर्चामा सिटौला-लिङ्देन भिडन्त, सिटौलालाई ५० हजार मतान्तरले हराउँछु: लिङ्देन

\"\"काठमाडाैं । प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर–३ चर्चाको शिखरमा छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनका तर्फबाट राप्रपा महामन्त्री राजेन्द्र लिङदेन यस क्षेत्रबाट चुनाव लड्दैछन् । एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएसँगै कांग्रेसले पनि राप्रपासँग गठबन्धन ग¥यो । तर, त्यो गठबन्धन झापामा टिक्न सकेन । त्यसको प्रमुख कारक थिए, कांग्रेस नेता सिटौला । राप्रपा र कांग्रेसबिच गठबन्धन भएसँगै झापाको क्षेत्र नम्बर ३ मा राप्रपा महामन्त्री लिङदेन उम्मेदवार बन्ने सहमति भएको थियो । आजको नयाँ पत्रिकामा खबर छ-यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका सिटौलालाई यसपटक समानुपातिक सूचीमा राखेका थिए, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि । तर, सिटौलाले समानुपातिकमा बस्न रुचाएनन् । उनले जसरी पनि प्रत्यक्षमै चुनाव लड्ने अडान कसेपछि झापामा कांग्रेस र राप्रपाबिचको लोकतान्त्रिक गठबन्धन भत्किएको हो । लगत्तै एमाले र माओवादी केन्द्रले राप्रपालाई झापा–३ मा सघाउने निर्णय ग¥यो । राप्रपाले पनि मेची अञ्चलभर उम्मेदवार उठाएन । र, वाम गठबन्धनलाई सघाउने निर्णय ग¥यो । झापामा बनेको यो गठबन्धनलाई राप्रपा उम्मेदवार लिङदेन ‘वामपन्थी, देशभक्त, राष्ट्रवादीहरुको गठबन्धन’ भन्न रुचाउँछन् । लिङ्देन यसअघि पनि सोही क्षेत्रबाट कांग्रेस नेता सिटौलासँगै पराजित उम्मेदवार हुन् । पराजित भए पनि उनले कहिल्यै आफ्नो क्षेत्र भने छाडेनन् । लगातार जनताको सेवामा जुटिरहे । कांग्रेस नेता सिटौलालाई पराजित गर्ने उनको पुरानो धोको हो । कांग्रेससँग गठबन्धन भत्किएपछि सिटौलालाई ‘धुलो चटाउँछु’ भन्दै कम्मर कसेका लिङ्देनलाई त्यति नै बेला वाम गठबन्धनले साथ दियो । र, उनी सिटौलालाई ५० हजार मतान्तरले हराउने दर्विलो आत्मविश्वासका साथ चुनावी मैदानमा छन् । ‘मान्छेले २ वटा कुरामा एकदमै ध्यान पु¥याउनुपर्ने रहेछ,’ लिङ्देन भन्छन्, ‘छोरी दिँदा सय पटक, भोट दिँदा हजार पटक सोचिएन भने दुःख पाइन्छ ।’ पटक–पटक सिटौलाले यस क्षेत्रबाट चुनाव जिते पनि केही विकास निर्माणका काम गर्न नसकेको लिङ्देन बताउँछन् । पछिल्लो २५ वर्षमा सिटौलाले गर्न नसकेको काम आफू निर्वाचित भएको ५ वर्षमा गरेर देखाउने लिङ्देनको दाबी छ । ‘म यहीँको धुलो, माटोमा हुर्केको, खेलेको सामान्य परिवारको मान्छे हुँ, मैले यहाँका बासिन्दाको दुःख राम्ररी बुझेको छु,’ उनी भन्छन्, ‘पटक–पटक चुनाव जितेर पनि कांग्रेसले यहाँ धेरै चकचक ग¥यो, धेरै मात्तियो, त्यसैले हामीले वामपन्थी, देशभक्त, राष्ट्रवादीहरुको गठबन्धन नै बनाउनुप¥यो ।’ देशका बलिया दुई पार्टीको समर्थन पाएकाले सिटौलालाई पराजित गर्ने आफ्नो सपना साकार हुनेमा विश्वस्त देखिन्छन्, लिङ्देन । कांग्रेसले २५ वर्षमा नगरेको काम आफू विजयी भएको ५ वर्षभित्रमा गर्न नसकेमा फेरि भोट माग्दै नहिँड्ने उनी बताउँछन् । आफूसँग काम गर्ने क्षमता, सपना र योजना प्रशस्तै रहेको उनले सुनाए । ‘चुनाव नजित्दा त सिटौलाले भन्दा बढी सेवा गरेर बसेको छु, जितेपछि कहाँ चुप लागेर बस्छु र ?,’ लिङदेनले भने । चुनावी अभियानका क्रममा सिटौला भने लिङ्देनलाई विभिन्न आरोप लगाइरहन्छन् । लिङ्देन चाहिँ कसले कति काम गरेको छ भन्ने जान्नका लागि आफूसँगै भोट माग्दै हिँड्न सिटौलालाई चनौती दिन्छन् । ‘आमाको दूध खाएको बाबुको छोरा हो भने सिटौलालाई मेरो आह्वान छ, सँगै भोट मागेर हिँडौँ जनतासँग, क–कसले कति–कति काम गरेको हो, शास्त्रार्थ गर्न तयार छु,’ लिङ्देन भन्छन्, ‘उहाँले गरेको काम बेसी देखिएछ भने आजै उम्मेदवारी त्यागेर उहाँको झोला बोकेर हिँड्न तयार छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending