Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

बाँदरमुढे विस्फोट सम्झेर भावुक बने प्रचण्ड, प्रचण्डलाई साथ दिन ओली पनि माडी पुगे

\"\"काठमाडाैं । १३ वर्षअघि सशस्त्र द्वन्द्वको समयमा भएको चितवनको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको माडीमा आइतबार भएको सभामा उनले सो घटनामा ठूलो गल्ती भएको बताए । सभामा प्रचण्डले भने, ‘यता बाँदरमुढेमा अकल्पनीय र दुःखद घटना हुँदा म परिवारसहित रोल्पाबाट दाङ झर्दै थिएँ, घटना सुन्नेबित्तिकै मैले ठूलो गल्ती भयो भन्ने महसुस गरेको थिएँ ।’ अाजको नयाँ पत्रिकामा खबर छ-घटना सुनेको साँझ खाना नखाएको र राति सुत्न पनि नसकेको उनले बताए । ‘अब सबै पुराना कुरा बिर्सेर परिवर्तनमा होमिनुपर्छ,’ प्रचण्डले भने, ‘बाँदरमुढे घटना अब माडी परिवर्तनको केन्द्रबिन्दु भएको छ ।’ माडीलाई सबैखाले विकासको पूर्वाधारयुक्त बनाउने प्रचण्डले बताए । सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले चितवन र माडी क्षेत्रको विकासको सपना प्रचण्डले देखेबमोजिम आफूले पूर्ण सहयोग गर्ने बताए । ओलीले नाकाबन्दीको समयमा ठोरी नाका र माडीवासीले देशलाई गुन लगाएको बताए । उनले वाम गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्दै मतदानमा हुन सक्ने धाँधलीबाट सतर्क हुन कार्यकर्तालाई आग्रह गरे ।   बाँदरमुढे पीडितसँग सम्झौता माओवादी र बाँदरमुढे घटनाका पीडितबीच तीनबुँदे सम्झौता भएको छ । आइतबार पीडित परिवारका २९ जना र माओवादी अध्यक्ष प्रचण्डले सम्झौता गरेका हुन् । मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै, घाइतेका लागि औषधोपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार, नसक्नेलाई जीवनवृत्तिको व्यवस्था रहेको छ । बाँदरमुढे घटनास्थलमा मृतकको सम्झनामा १० बिघा जग्गामा स्मारक, चिडियाखाना, नमुना संग्रहालय बनाउने लिखित सहमति भएको छ । पीडित परिवारको आर्थिक क्षति, उपचार खर्च र बालबालिकाको शिक्षा खर्चका विषयमा माग सम्बोधनका लागि घटना पीडित परिवारबाट तीनजना, माओवादीबाट तीनजना र एकजना नगरपालिकाको प्रतिनिधि रहने गरी समिति बनाइने भएको छ । यसअघि बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई भव्य स्वागत गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending