Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

आन्तरिक मूल्यांकनमा दलहरू: चार दलले यस्तो निकाले चुनावी हिसाब

\"\"काठमाडाैं । नेकपा एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् । चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साथै राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धन निर्वाचन प्रचारको समयावधि सकिनै लाग्दा आ–आफ्नै जोडघटाउ र दाबीमा रहेका हुन् । अाजको राजधानीमा खबर छ-केन्द्रीय सरकारसँगै प्रदेश सरकार पनि आफ्नै नेतृत्वमा रहने दाबी लोकतान्त्रिक एवं वाम गठबन्धन दुवैले गरेका छन् । मधेसवादी गठबन्धनले भने केन्द्रीय सरकार निर्माणमा महŒवपूर्ण भूमिका रहने र प्रदेश २ मा आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने दाबी गरेको छ । कांग्रेस नेता गोपालमान श्रेष्ठले देशैभरि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनप्रति जनलहर राम्रो भएकाले केन्द्रीय सरकारका साथै सातवटै प्रदेशमा लोकतान्त्रिक गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभातर्फको १ सय ६५ सिट र प्रदेशसभातर्फको ३ सय २० सिटमा ५५ प्रतिशत सिटसहित स्पष्ट बहुमत ल्याउने र आफ्नै नेतृत्वमा केन्द्रीय सरकारसहित सातवटै प्रदेशमा प्रदेश सरकार गठन गर्ने दाबी गरे । ‘कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनप्रति जनलहर राम्रो छ, आक्रमणकारीले समेत कांग्रेसलाई नै टार्गेट गरिरहेका छन् तर कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा बलियो छ,’ श्रेष्ठले भने, ‘लोकतान्त्रिक गठबन्धनले स्पष्ट बहुमतसहित ५५ प्रतिशतभन्दा बढी सिट जितेर आफ्नै नेतृत्वमा सरकार बनाउँछ ।’ प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको स्पष्ट बहुमत आउने निश्चित भइसकेको दाबी गर्दै उनले केन्द्रका साथै सातवटै प्रदेशमा प्रदेश सरकार पनि गठन हुने बताए । केन्द्र एवं प्रदेशमा मधेसवादी दलको समेत सहयोगमा कांग्रेस नेतृत्वमै सरकार गठन हुने विश्लेषण श्रेष्ठको छ । कांग्रेसले स्पष्ट बहुमतसहित आफ्नै नेतृत्वमा केन्द्र एवं प्रदेश सरकार गठन गर्ने दाबी गर्दैगर्दा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका नेताहरूले दुई तिहाइभन्दा बढी सिट जितेर केन्द्र र सातवटै प्रदेशमा वाम गठबन्धनको सरकार निर्माण हुने दाबी गरेका छन् । कांग्रेस नेता रामहरि खतिवडा भने कांग्रेस एक्लैले प्रतिनिधिसभातर्फ ६५ सिट जित्ने दाबी गर्छन् । उनले गठबन्धन गरेका अन्य दलका नेतासमेतको जित जोड्दा कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा ७० सिटभन्दा बढी आउने आन्तरिक आँकलन रहेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार ललितपुरमा आयोजित चुनावी सभामा वाम गठबन्धनले दुई तिहाइ सिट जित्ने दाबी गरे । ‘केपी ओलीजी र म बसेर पहिलो चरण निर्वाचन भएका ३२ जिल्लाको समीक्षा गर्दा दुई तिहाइ बढी सिट जित्ने आँकलन भएको छ, दोस्रो चरणमा पनि यो क्रम जारी रहने विश्लेषण छ,’ उनले भने । एमाले महासचिव ईश्वर पोखरेलले स्थिर सरकार एवं समृद्धिको चाहना राख्ने नेपाली जनता वाम गठबन्धनका पक्षमा रहेको बताए । राष्ट्रिय राजनीतिको नेतृत्व, देश र जनताको समृद्धिको चाहना वाम गठबन्धनले नै पूरा गर्ने भएकाले दुई तिहाइभन्दा बढी सिट जित्ने दाबी उनले गरेका छन् । पोखरेलले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय २० सिटमा वाम गठबन्धनले ८० देखि ८५ प्रतिशत सिट जित्ने दाबी गरे । यस्तो छ आँकलन वाम गठबन्धन :  दुई तिहाइ लोकतान्त्रिक गठबन्धन :  स्पष्ट बहुमत मधेसवादी दल : केन्द्रमा बलियो उपस्थिति एमाले र माओवादीको चुनावी तालमेल, साझा घोषणापत्रको घोषणासँगै निर्वाचनपश्चात् पार्टी नै एकीकरण हुने भएकाले वाम गठबन्धनले दुई तिहाइभन्दा बढी सिट संख्या जित्नेमा कुनै शंका नभएको दाबी उनले गरेका छन् । ‘नेपाली जनताले स्थिर सरकार र समृद्धिको चाहना राखेका छन्, जनताको यो चाहना एमाले र माओवादीको वाम गठबन्धनले मात्रै पूरा गर्न सक्छ,’ पोखरेलले भने, ‘हामीले दुई तिहाइभन्दा बढी सिट संख्या जितेर केन्द्रीय सरकारका साथै सातवटै प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार पनि गठन गर्छौं ।’ संविधानको निर्माणसँगै घोषणाको महŒवपूर्ण जिम्मेवारी हाम्रै नेतृत्व एवं पहलकदमीमा भएको बताउँदै उनले संविधानको कार्यान्वयनसँगै जनताको स्थिर सरकार निर्माण तथा समृद्ध देश निर्माणको चाहना वाम गठबन्धनल नै पूरा गर्ने बताए । माओवादी केन्द्रका नेता भरत साहले देशैभरि वाम गठबन्धनको पक्षमा जनता रहेको बताउँदै दुई तिहाइभन्दा बढी सिट जित्नेमा कुनै शंका नरहेको बताए । उता, राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनका नेताहरूले केन्द्रीय सरकार गठनका लागि मधेसवादी दलको सहयोग आवश्यक पर्ने र त्यो शक्तिसहितको सिट संख्या आफूहरूले जित्ने दाबी गरेका छन् । फोरम नेपालका महासचिव रामसहाय यादवले मधेसवादी गठबन्धनसँग संविधान संशोधन एवं केन्द्रीय सरकार गठनका लागि हस्तक्षेपकारी भूमिका हुनेगरी प्रतिनिधिसभामा सिट जित्ने दाबी गरे । यसका साथै प्रदेश २ मा दुई तिहाइभन्दा बढी सिट जितेर प्रदेश सरकार गठन गर्ने निश्चित भएको उनले बताए । ‘संविधान संशोधन एवं केन्द्रीय सरकार गठनका लागि मधेसवादी गठबन्धनसँग हस्तक्षेपकारी भूमिका हुनेगरी प्रतिनिधिसभामा सिटको संख्या आउँछ,’ यादवले भने, ‘प्रदेश २ मा मधेसवादीको प्रदेश सरकार गठन हुने निश्चित नै भइसकेको छ ।’ राजपा नेपालका महासचिव अजय गुप्ताले मधेसवादी गठबन्धनले प्रतिनिधिसभातर्फ ५० भन्दा बढी सिट जित्ने दाबी गरेका छन् । प्रदेश २ मा दुई तिहाइभन्दा बढी सिट ल्याएर प्रदेश सरकार गठन गरिने उनले बताए । यसैगरी आफ्नो गठबन्धनको अन्य प्रदेशमा पनि सम्मानजनक सिट संख्या आउने गुप्ताले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE