Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त

\"\"काठमाडाैं । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश शभा निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतपश्पर्धा हुने आजको नयाँ  पत्रिकामा खबर छ । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुरामा वाम गठबन्धनबाट माओवादी उम्मेदवार खगराज भट्टले चुनौती दिँदै छन् । ०६४ मा झिनो मतले पराजित भट्ट त्यसयता लगातार देउवासँग भिड्दै छन् । उनलाई भोट माग्न एमाले अध्यक्ष केपी ओली पनि डडेल्धुराको आमसभामा पुगेका थिए । चितवन–३ माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको चितवन ३ पनि निकै चर्चामा छ । उनलाई एमालेको साथ छ । राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेलाई कांग्रेसले समर्थन गरेपछि प्रतिस्पर्धा रोचक बनेको छ । प्रचण्डको प्रचारमा एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपाल पनि चितवन पुगेका छन् । तनहुँ–१ कांग्रेस नेता रामचन्द्र पौडेल र वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठबीच पनि रोचक प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगमा उजुरी दिएर कांग्रेसकै विद्रोही गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरे पनि पौडेल ‘रिस्क जोन’मै छन् । स्थानीय निर्वाचनको मत पनि वाम गठबन्धनको बढी छ । झापा–३ झापा ३ मा कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन भिड्दै छन् । देशभर कांग्रेस र राप्रपाबीच गठबन्धन बने पनि यस क्षेत्रमा एमाले, माओवादी र राप्रपाले सिटौलाविरुद्ध मोर्चाबन्दी कसेपछि भिडन्त पेचिलो बनेको छ । लिङ्देन ०७० मा सिटौलाबाटै पराजित भएका थिए । मोरङ–६ मोरङ ६ मा कांग्रेसका डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डित उम्मेदवार छन् । प्रतिस्पर्धा निकै पेचिलो छ । सामान्य प्रशासनमन्त्री हुँदा डिभी र पिआरधारी कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेपछि पण्डितको लोकप्रियता बढेको छ । कोइराला यही क्षेत्रबाट यसअघि सांसद भएका थिए । काठमाडौं–४ चर्चित युवा नेता गगन थापा र राजन भट्टराईको प्रतिस्पर्धाले काठमाडौं ४ पनि चर्चामा छ । ०७० मा यही क्षेत्रबाट निर्वाचित थापा स्वास्थ्यमन्त्री भएपछि थप चर्चामा आए । भट्टराई परराष्ट्र क्षेत्रमा चर्चित तथा प्रबुद्ध समूहका सदस्यसमेत हुन । यो क्षेत्रको चुनावी समीकरण आकलन गर्न नसकिने बनेको छ । काठमाडौं–१ कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मालाई विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले चुनौती दिएपछि काठमाडौं १ को प्रतिस्पर्धा रोचक बन्दै छ । ०६४ र ०७० मा सिंह यही क्षेत्रबाट निर्वाचित भएका थिए । नयाँ पार्टी खोलेर पूर्वपत्रकार मिश्र चुनावी मैदानमा आएपछि चर्चा थप चुलिएको हो । धनुषा–३ कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोको प्रतिस्पर्धाले धनुषा ३ चर्चामा छ । मधेसका केही क्षेत्रमा कांग्रेस र राजपाबीच चुनावी तालमेल भए पनि यो क्षेत्रमा भने तालमेल हुन सकेन । प्रदेश २ को राजधानी जनकपुर हुने भएकाले पनि दुवै नेताले आफ्नो जितलाई प्रतिष्ठाको विषय बनाएका छन् । झापा–१ प्रतिनिधिसभा निर्वाचनमा झापा १ बाट उम्मेदवार बनेका कांग्रेसका विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट माओवादीका सुरेन्द्र कार्कीबीचको प्रतिस्पर्धा पनि रोचक देखिएको छ । दुवै उम्मेदवार बौद्धिक नेताका रूपमा परिचित छन् । सद्भावपूर्ण निर्वाचन प्रचार अभियानले पनि उनीहरू चर्चामा छन् । रुपन्देही–३ एमालेका नेता घनश्याम भुसाल रुपन्देही ३ मा राप्रपा (प्रजातान्त्रिक) का नेता तथा बहालवाला स्वास्थ्यमन्त्री दीपक बोहरासँग प्रतिस्पर्धा गर्दै छन् । ०७० को निर्वाचनमा कांग्रेसका बालकृष्ण खाणसँग ३२ मतले पराजित भुसाल वाम गठबन्धनको साझा उम्मेदवार हुन् । बोहरालाई कांग्रेसको समर्थन छ । गुल्मी–१ एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका नेता चन्द्र भण्डारीबीचको प्रतिस्पर्धाले गुल्मी १ पनि तातेको छ । ०७० को निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका थिए । ज्ञवाली अहिले वाम गठबन्धनका साझा उम्मेदवार हुन् । दुवै शालीन र बौद्धिक नेताका रूपमा परिचित छन् । कैलाली–१ प्रमुख दलबाट महिला उम्मेदवार आमनेसामने भएको एक मात्र क्षेत्र कैलाली १ चर्चामा छ । यहाँ कांग्रेसकी ईश्वरी न्यौपाने र एमालेकी गरिमा शाह भिड्दै छन् । स्थानीय तह निर्वाचनको मतपरिणाम पनि कांग्रेस र वाम गठबन्धनको हाराहारी छ । यो क्षेत्रमा कसले जित हात पार्छ भन्ने अनुमान गर्न गाह्रो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE